स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीको अधिवेशनको सम्पूर्ण तयारी पुरा
भोली हुने स्वतन्त्र पत्रकार संघ अर्घाखाँची पहिलो जिल्ला अधिबेशनको सम्पूर्ण तयारी पुरा भएको छ । स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद बास्तोलाले उद्घाठन गर्ने कार्यक्रमको सम्पूर्ण तयारी सकिएको संघका जिल्ला अध्यक्ष हरिप्रसाद भुसालले जानकारी दिनु भएको छ । प्रथम जिल्ला अधिबेशनको अवसरमा भोली विहान जिल्ला अस्पतालमा रहेका विरामीहरुलाई फलफुल वितरण गर्ने र विहानै जिल्ला अधिबेशन सम्पन्न गर्ने संघले तयारी गरेको छ । अधिबेशनमा केन्द्रीय अध्यक्ष सहित लुम्बिनी अञ्चलका विभिन्न जिल्लाका अध्यक्षहरु सहित जिल्लामा क्रियाशिल राजनीतिक दल एवं पत्रकारहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न गर्न लागिएको जिल्ला सचिव शिव बेल्वासेले जानकारी गराउनु भएको छ । जिल्ला अधिबेशन उद्घाटन गर्नको लागि केन्द्रीय अध्यक्ष लगायतका सम्पूर्ण अतिथीहरु जिल्लामा आइसकेको स्वतन्त्र पत्रकार संघका जिल्ला सदस्य डिल्लीराज घिमिमरेले जानकारी दिनु चयो । । भोली हुने अधिबेशनको देउराली रेडियो सूर्योदय, नयाँ एफ।एम।, अर्घाखाँची एफ।एम। र रेडियो बाट प्रत्यक्ष प्रशारण हुने समेत संघले जानकारी दिएको छ । कार्यक्रममा सक्रिय सहभागिताको लागि संघले जिल्लामा क्रियाशिल सम्पूर्ण पत्रकारहरुलाई अनुरोध समेत गरेको छ ।


0 comments
तपाइको प्रतिक्रिया दिनुहोस