सन्धिखर्क नगरपालिकामा कार्यालय प्रमुुखको मनोमानी हाबी

गणतान्त्रिक पद्धतीमा पञ्चेको शैली अपनाउदै कार्यकारी
बुुलन्द डेक्स,  अर्घाखाँची,

सन्धिखर्क नगरपालिका अर्घाखाँचीमा नगर प्रमुुखको मनोमानी हाबी भएको पाईएको छ । जिल्लालाई वैज्ञानिक, व्यवस्थित तथा दीघो विकासका लागि राज्यले नगरपालिकाको अवधारणामा समावेश गरेको भए पनि जिल्लाको एक मात्र नगरपालिका सन्धिखर्क नगरपालिकामा कार्यकारी रामजी जोशीको मनोमानी हाबी हुुने स्थलको रुपमा परिणत भएको छ । राज्यकोे सेवा गर्नु पर्ने निजामती कर्मचारीले राज्यले उपलब्ध गराएका सेवा सुुविधालाई प्रयोग गर्नु पर्ने भए पनि कार्यकारी जोशीले मनपरी खर्च विवरण पेश गर्ने देखि कर्मचारी तथा सेवाग्राहीलाई अनावश्यक दुःख दिने, क्रुर शासक बन्ने गरेको खुुलासा भएको हो । समान दर्जाका कर्मचारीलाई फरक फरक ढङ्गको सेवा सुुविधा दिने, सामाजिक परिचालकलाई पनि आफुु अनुुुकुुल हुने गरी खटाउने गरेको समेत पाईएको हो । ‘हामी सबै सामाजिक परिचालकले समान काम गर्नुपर्छ, अझ बढि पनि गर्न पर्छ, एक सामाजिक परिचालकले भनिन्, ‘हाकिमले सेवा सुुबिधा भने एउटैलाई मात्रै दिनुुहुुन्छ, यो कस्तो व्यबहार सहनुुपर्ने आफ्नै हाकीम साबबाट १’
देखाईमा गम्भिर देखिने साथै कमी मात्रामा बोल्ने कार्यकारी जोशीले कुनै एक कर्मचारीलाई बाबुुको श्राद्ध गर्दा पनि उक्त दिन विदा नदिएपछि ११ बजे कार्यालयमा आउँदा रातो लगाइदिएको समेत पनि पाईएको छ । केही समय अगाडि मात्रै संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयको वातावरण व्यवस्थापन शाखाले पोखरामा आयोजना गरेको ‘दीगो फोहोर मैला व्यवस्थापन सम्बन्धी’ दुुई दिने तालिममा जादाँ पनि नगर प्रमुख जोशीले फट्याई गरेको खुल्न आएको छ । उक्त तालिममा जादाँ कार्यकारी जोशीले सामाजिक परिचालकलाई नगरपालिकाको कर्मचारी हो भनि तालिममा सहभागी गराएको पनि खुुलेको हो । उक्त गोष्टीमा नगरपालिकाको कार्यकारी अधिकृत र वातावरण शाखा हेर्ने प्रमुख अनिवार्य रुपमा उपस्थित हुुन भनिएको थियो । तर अहिले मन्त्रालयले सो कार्यका लागि सन्धिखर्क नगरपालिकामा छुुट्टै कर्मचारीको व्यावस्था गराएको भए पनि त्यो समयमा वातावरण शाखा हेर्ने कर्मचारीलाई भने  नलगी आफुुखुुसी रुपमा सामाजिक परिचालकलाई लगेको प्रष्ट भएको छ । साथै छुट्टा होटलमा बास बसेको, कोठाभाडा तथा आते जाते गरी झण्डै दुुई लाख झ्वाम पारेको पनि खुल्न आएको छ । जबकी उक्त तालिममा सहभागीलाई ‘खाना तथा बासको व्यवस्था र आतेजाते भ्रमण खर्च नियमानुुसार केन्द्रले ब्योहोर्ने छ’ भनी मन्त्रालयको वातावरण व्यवस्थापन शाखाले २०७२ चैत्र ३ गते काटेको चलानी नम्बर ३ सय ६४ रहेको पत्र तथा मन्त्रालयको वेवसाईट राखिएको पत्रमा प्रस्ट उल्लेख छ । 
यस अघिका कार्यकारीले कर्मचारीलाई समान व्यावहार तथा शैह्य मानविय व्यवहार गरेको भए पनि अहिलेका कार्यकारी जोशीले असमान तथा अमानविय व्यबहार गरेको अध्ययनबाट खुुलेको छ । जोशीले सामाजिक परिचालकलाई दिईने पोषाक भत्ता वापत कसैलाई ७ हजार पाँच सय त कसैलाई ३ हजार पाँच सयमा पनि टपालटुुपुुल पारेको पाईएको हो । साथै उनले आकासै खसे पनि करारका कर्मचारीको म्याद नथप्ने बताउँदै वेलावेलामा कर्मचारीहरुको मनोवल समेत गिराउने गरेको पाईएको छ ।  श्रोतका अनुुसार कार्यकारी जोशी सामाजिक परिचालकहरुको तलब समेत वेला वेलामा रोक्का गर्ने, तथा कस्ले के गर्न सक्छ भनि बिभिन्न मिटिङ्गमा पनि खुुलेयाम बताउने गरेका छन् । नगरपालिकाको स्थापना भएको समय अबधिमा सन्धिखर्क नगरपालिकाको कार्यलयमा कार्यकारीको रुपमा धुर्व गिरी, कृष्ण प्रसाद सापकोटा तथा कार्यकारी नहुुँदा जिविसबाट  समेत कार्यकारीको रुपमा निरज पौडेलले काम गरेका थिए । उनीहरुको कर्मचारीहरुले हाल सम्म पनि उच्च प्रसंसा गर्दै आएका छन् । तर हाल भने नगरपालिकाका कार्यकारी रामजी जोशी तानाशाही र क्रुुर शासकको रुपमा नगरपालिकामा भित्रिएको नाम नखुुल्याउने शर्तमा एक कर्मचारीले बताएका छन् ।  ‘हाकीम साबको सामन्ती तथा तानाशाही व्यवहार छ, मिटिङ्गमा पनि कोही बोल्न सक्दैनन्, सवाल जागीर नै जाने हो की भन्ने डर, उनले थपे, ‘आफ्नै पैसाले वनभोज जादाँ पनि हाकिमलाई स्पष्टिकरण दिनुु पर्दछ ।’ मुुलुुकमा १ सय ४ वर्षे राणा शासनको अन्त्य भई गणतन्त्र स्थापना भएको लामो समय भए पनि सन्धिखर्क नगरपालिकाका कर्मचारीहरुलाई भने सामान्ती संस्कारकै व्यवहार छ । हाल नगरपालिकामा १४ जना  कर्मचारी रहेका छन् भने ७ जना सामाजिक परिचालक रहेका छन् ।
त्यसो त नगरपालिकाका कार्यकारी अधिकृतलाई भेट्न तथा नगरबासीले आफ्ना समस्या राख्न पनि कठिन हुने गरी व्यवस्थापन गरेको भनि कार्यकारी प्रति व्यापक गुुँनासो तथा आलोचनना समेत भएको थियो । सोही गुनासो केन्द्रित समाचार समेत सार्वजनिक भईसके पछि प्रमुुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अनुुगमन पछिको निर्देशनका आधारमा केही सुुधार भएको पनि प्रस्ट छ । 
जोशीले जिल्लामा क्रियाशिल राजनीतिक दलहरुलाई पनि कुुनै सल्लाह नगरी निर्णय लिने र आफुखुुसी चल्ने गरेको जिल्ला स्थित राजनीतिक दलको आरोप छ । जिल्लाकै विकास निर्माणकै सन्दर्भमा पनि जोशीले दलसँग खासै सहकार्य नगरेको पाईएको छ । जोशी हाल नगरपालिकामा नियुुुक्त गर्न लागिएको एलजसिडिपी कार्यक्रम अधिकृतमा पनि सामाजिक परिचालक कृष्णा भुुसाललाई कार्यक्रम अधिकृतमा प्रकृया मिलाई जागिर खुवाउने दौढधुुपमा लागेको पनि श्रोतले जनाएको छ । समग्रमा परीक्षामा स्वच्छ प्रतिष्प्रर्धात्मक हुुने भनिए पनि ति प्रश्न कार्यालयकै एक सामाजिक परिचालकलाई पहिले नै गोप्य रुपमा प्रश्न सार्वजनिक गराएर लेख्ने अभ्यास समेत गराउने गरेको परिचय नखुुल्याउने शर्तमा एक जना कर्मचारीले बताए । अहिलेका कार्यकारी जोशी प्रति कर्मचारी, राजनीतिक दल मात्र नभई सेवाग्राही समेत रुष्ट बनेका छन् । कार्यालयमा छिटो छरिटो सेवा प्रदान नगरेको, नागरीकलाई दुुःख दिएको, आफ्ना समस्या समेत सहजै कार्यालय प्रमुुखलाई राख्न नदिएको प्रति सेवाग्राही आक्रोशित छन् । ‘नगरपालिकाको सेवा प्रवाह व्यवस्थित छैन, नगरपालिकामा सेवा लिन जाने होईन, त्यहाँ जाने दुुःख पाउन हो, आफ्नो अनुुभव सुुनाउँदै सन्धिखर्क निवासी बिनोद गैरेले भने, ‘किनकी त्यहाँको सेवा प्रवाह नै त्यस्तै छ, आफ्ना समस्या भन्न नगरप्रमुुखलाई भेट्न पनि पाईन्न, बरु सहजै प्रसाशनमा सिडिओ साव र अदालतमा श्रीमानलाई भेट्न सकिन्छ ।’ 

यसरी जनताकै करबाट चल्ने सरकारी निकायकै कर्मचारीले सेवाग्राही र आफुु मातहतका कर्मचारीलाई उचित व्यवहार नगर्नु सबत्र्र आलोचना र निन्दाको बिषय हो । राष्ट्रको सेवा गर्ने कसम खाएका जुुनसुुकै पनि कर्मचारीले यदि देश र जनताको चाहना बिपरित काम गर्दछन् भने त्यस्ता आचारणहरु जनताले रुचाउने वाला छैनन् । एउटा राष्ट्र सेवक कर्मचारी यदि भ्रष्ट्र बन्छ भने त्यस्तालाई ठेगान लगाउँन सम्बन्धित मन्त्रालय तथा स्थानीय सेवाग्राही पनि पछि पर्नुु हुुँदैन । त्यसको ठेगान लगाउने सेवाग्राही छिटो छरिटो सेवा चाहान्छन् भने कर्मचारीहरु हाकीमहरुको सहि व्यवहार चाहान्छन् । जसले समग्र सेवा प्रवाहलाई प्रभावकारी तथा दीगो बनाउन सकोस् । जनतालाई सुुख सुुबिधा दिन स्थापना भएका स्थानीय निकायमा भएको कार्यालय प्रमुुखको मनोमानी तथा सेवाग्राही प्रतिको ज्याजती अन्त्य गर्न सरोकारवाला निकायले अबको कदम भने कसरी चाल्ने हुुन् । त्यो प्रतिक्षाको बिषय बनेको छ । बुुलन्दले यो त सामान्य अध्ययनबाट देखाएको सत्यता हो । अन्य कुुराहरु भने हेर्ने जिम्मा राज्यमा मालिक रुपी सेवाग्रही, समाज सेवी, बुुद्धिजिवी तथा सरोकारवाला निकायको हो । कुनै पनि राष्ट्र सेवक कर्मचारीले जनतालाई सेवा दिने हो तर सेवा दिने नाममा दःख दिने, राज्यको सम्पत्ती दोहन गर्ने तथा आफु मातहतका कर्मचारीप्रती अमानविय व्यवहार गर्ने अधिकार छैन् । यसमा पछिल्लो समय माछाहरुको नाम दिएर सामाजिक सुुशासन कायम गर्न अग्रणी भूमीका निभाउने अख्तियारले पनि चाँसो दिनुु अपरिहार्य छ । 

एक सामाजिक परिचालकलाई नपा कार्यालयमा कजाउँदै कार्यकारी जोशी
अन्य सामाजिक परिचालक भने आ–आफ्नै वडामा रहेर कार्य सम्पादन गर्दै आएका छन् ।
बुुलन्द राष्ट्रिय पाक्षिकको PDF फाईल 


 




, , , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस