जंगलमा लागेको आगो गाऊ पस्दा २० लाख वरावरको क्षती
आगो अझै पनि नियन्त्रण बाहिर
अर्घाखाँची
बुलन्द संवाददाता
आगो निभाउने क्रममा धातिवाङ्गमा एक महिलाको ज्यान भएको छ ।
धातिवाङ्गम गाविस वडा नं. ९ स्थित दहको जगंलमा आईतवार दिउसोवाट लागेको आगो निभाउने क्रममा अन्दाजी ३२ वर्षकी मखमली विश्वकर्माको जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलले वताउनुभयो ।
आगो वस्तीमा पस्दा ४ घरगोठ जलेर नष्ट भएका छन् । आग्लागीबाट तुलवहादुर सारु, वालसिंह सारु, विष्णु रोका मगर र गोविन्द सुर्यवंशीको घर जलेर नष्ट भएको हो । आग्लागीबाट आधा दर्जन भन्दा वढी गोठ समेत जलेका छन् । आगो अहिले नियन्त्रण वाहिर रहेको स्थानीय वुद्धिबहादुर विकले बताउनुुभयो । तुलवहादुर सारुको नगद ७२ हजार, र ५ लाखको घरगोठ, वालसिंह सारुको एक लाख तिस हजार नगद र ६ लाखको घरगोठ, विष्णु रोका मगरको २ लाखको घरगोठ र गोविन्द सुर्यवंशीको १ लाखको घरगोठ विमल सारुको २ लाख वरावरको घरगोठ साथै २२ वटा विजुलीका पोल र पाईप जलेर नष्ट भएको स्थानीय हिमलाल पौडेलले जानकारी दिनुुभयो । 
धातिवाङ्ग वडा नं. ७ वाट लागेको आगोले ७ वडाको ६० रेक्टर र ९ वडाको १५० रेक्टर जंगल नष्ट भईसकेको भए पनि यो समाचार तयार पार्दा सम्म नियन्त्रणमा आउन सकेको छैन् । तीब्र हावा हुरीका कारण आईतवार राती ९ बजे आगो गाउँमा पसेको हो । आगोले जगंलमा सङ्कलन गरेर राखेको खोटो डड्दा आगो नियन्त्रण गर्न कठिनाई भएको छ । खोटोको कारणले आगो नियन्त्रण गर्न कठिन भएकोे प्रहरी चौकी पालीका हवल्दार प्रविन्दमणी त्रिपाठीले वताउनुभयो ।

0 comments
तपाइको प्रतिक्रिया दिनुहोस