गुल्मीमा पनि हिन्दु जागरण युवा संघ गठन धर्म परिवर्तन बिरुद्धको महाअभियान तिब्र गतिमा प्रभावकारी बन्दै
गुल्मी १८ –बैशाख
आयातित धर्म बहिस्कार गरौ सनातन धर्म रक्षा गरौ धर्म परिवर्तन गर्ने र गराउने विरुद्ध एक जुट बनौ धर्मको रक्षा हाम्रो अभियान अखण्ड नेपाल हाम्रो पहिचान भन्ने मूल नाराका साथ देशैभर एकै साथ चलिरहेको हिन्दु जागरण अभियान अन्तर्गत हिजो गुल्मीमा पनि हिन्दु जागरण युवा संघ गठन भइ आज केन्द्रिय कार्यालय काठमाडौँमा दर्ता भएको छ । धर्म परिवर्तन बिरुद्धको यस महाअभियान तथा धर्म द्वारा समाजको रुपान्तरण ,सेवा मुलक र धार्मिक जनचेतनामुलक कार्यक्रम र समाजमा बिध्यमान सामाजीक असमानता र छुवाछुत जस्ता कुसस्कारहरुको अन्त्य गर्ने मूल योजना बनाउदै गुल्मीमा पनि मुल कार्य समिति गठन भएको हो ।
गुल्मी घर भइ प्रवाशमा छरिएर बस्ने र हिन्दु धर्ममा चिन्तन राख्ने नेपालियुवाहरुको साथ् ,सहयोग,समर्थन र जिल्लमै भएका युवाहरुको जागरुपतामा छिटो र सरलताका लागि अनलाइन तथा सामाजिक संजालहरुको प्रयोगबाट सद्स्येता बढाउदै जादा हिजो पहिको चरण अन्तर्गत हिन्दुत्व संरक्षण तथा धर्म परिवर्तन बिरुद्द्को महा अभियान चलाई रहेका बाचन पण्डित शिरोमणि गुरुदेव रामकृष्ण उपाध्याय नेतृवको हिन्दु जागरण नेपाल अभियान र उक्त संस्थाको भातृ संगठनयुवा हिन्दू जागरण नेपालका अधक्ष्य पदम कुँवर नेतृवको अभियान अन्तर्गत हिजो गुल्मीमा पनि कार्य समिति गठन भएको छ ।
महेस गैरेको अध्यक्षता र प्रेम सुनारको सम्यजक्त्वमा उपाध्यक्ष नारायण प्रभात मरासिनी सहउपाध्यक्ष सम्पुर्ण खनाल महासचिव राजन घिमिरे सचिव राम प्रसाद ज्ञवाली सहसचिव सागर न्योपाने कोषाध्यक्ष दुर्गाहरि घिमिरे उपकोषाध्यक्ष बिशाल गिरि सह कोषाध्यक्ष अनिता पाण्डे प्रचारप्रसार बिभागमा मनु सुनार, नारायण पन्थी वरिष्ठ सल्लाहकारमा राम गोपाल भण्डारी, जयप्रकाश भट्टराई , नारायण बराल , लोकनाथ भण्डारी , श्री केन्द्रिय सचिव मिलन चुडाल,बिध्या कार्की लगायतको टिमको मूल कार्य समिति दर्ता भएको छ । हिन्दू जागरण युवा संघ नेपाल का सस्थापक केन्द्रीय अध्यक्ष श्री पदम कुँवर का अनुसार हिन्दुत्त संरक्षण तथा धर्म परिवर्तन बिरुद्ध को हाम्रो महाअभियान सुरु भै सकेको ले सम्पूर्ण धार्मिक आस्था प्रति विस्वास गर्ने सम्पूर्ण सनातन मित्र हरुले सम्पर्क गर्न सक्ने र यस महाअभियान भित्रको एजेण्डाहरू हिन्दुत्त संरक्षण तथा धर्म परिवर्तन मुक्त नेपाल नयाँ हिन्दू राष्ट्र स्थापना शीक्षा बिकाश निकाश र रोजगार युक्त नेपाल जातीय छुवाछुत मुक्त जातीय समानता युक्त विश्वमाँ एक मात्र सनातन हिन्दू धर्म सासन युक्त नेपाल जस भित्र सम्पूर्ण धर्मालम्बीहरु आफ्नो रीतिरिवाज भीत्र रहेर मनाऊंन पाउने तर धर्म को ब्यापार गर्न नपाइने बताउनु भयो्र यसै क्रम मा नभ गठित कार्य समितिका अध्यक्ष महेश गैरेका अनुशार गुल्मीमा पनि पेशाको लालच देखाई धर्म परिवर्तन तथा इशाई करण गर्ने र गराउने काम बढिरहेको देखिएको हुदा यस कार्य लाइ रोक लगाउन आफुले कुनै पनि कशर बाकि नराख्ने बताउनु भयो्र त्यसै गरि उक्त समितिले गुल्मीमा हजार भन्दा बडी सदस्य बनाइसकेको छ । गैरेका अनुसार यतिबेला पधाधिकारीहरुले सद्स्येहरुको फोटो सहितको लोगो बनाउने ,आर्थिक रकम संग्कलन ,प्रचार प्रचार लगाएतका काममा तिब्र रुपले अगाडी बढेको बताउनु भएको छ ्रआउदा दिनहरुमा ,युवा जनजागरण भेला तथा प्रशिक्षण कार्यक्रम ,पोस्टर ,पर्चा ब्यानर बितरण ,जिल्ला र्याली लगाएतका कार्यक्रमको तयारि भैरहेको गैरेले बताउनुभयो ।




0 comments
तपाइको प्रतिक्रिया दिनुहोस