मिसन ग्रासरुट आफ्र भद्राचौर र डाडा ठुटेपिपलमा सम्पन्न

नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरूट कार्यक्रम अन्तर्गत पार्टी सुदृढीकरण तथा विस्तार अभियाने सन्धिखर्क १२ डाडा ठुटेपिपल तथा आफ्र भद्राचौरमा सम्पन्न भएको छ ।  नेकपा एमाले केन्द्रीय कमिटिले सञ्चालन गरेको मिसन ग्रास रुट अभियान अन्र्तगत २ महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियानको सन्धिखर्क १२ टोल स्तरीय भेला तथा प्रशिक्षणको सम्पन्न भएको छ । 

 अभियान अन्र्तगत वडाभित्रका सबै टोल टोलमा कार्यकर्ता भेटघाट तथा पार्टी सदस्यता बिस्तार, नबीकरण, पार्टी प्रवेश र पार्टीले गरेका कार्यहरु जनताको बिचमा पुराउने लक्ष्यका साथ अभियान सञ्चालन गरिएको हो । कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला कमिटि सदस्य कृष्ण प्रसाद श्रेष्ठले गाउ टोल टोलमा पुगेर जनताको जनजिविकामा परिवर्तन ल्याउने लक्षका साथ सुरु गरिएको बताउनुभयो । श्रेष्ठले  नेकपा एमालेम स्वागत गर्ने, पार्टी सदस्यता बिस्तार गर्दै विकासको बाटोमा सबै जनातालाई डोहोराउनुपर्ने बताउनुभयो । सन्धिखर्क नगर प्रमुख समेत रहेका श्रेष्ठले टोल टोलमा योजना संकलन गर्दै जनताका सुख दुखमा पार्टी साथमा रहेको स्मरण गराउनुभयो । 

नेकपा एमाले जिल्ला कमिटि सदस्य धुर्वराज आचार्यले पार्टीले एमालेको गरेका राष्ट्रियता सम्बन्धी कामलाई जनतामाझ पुराई आगमी निर्वाचनमा दुई तिहाइ ल्याउने ध्येयका साथ अभियान सञ्चालन गरिएको बताउनुभयो । कार्यक्रममा नेकपा एमाले जिल्ला सल्लाहकार परिषद सदस्य नारायण प्रसाद श्रेष्ठ, बेक बहादुर श्रेष्ठ, नगर कमिटि सदस्य तथा वडा इन्चार्ज मधुकुमार श्रेष्ठ, नगर कमिटि सदस्यहरु कृष्ण बहादुर नेपाली, डार्बिन बस्याल, ललिता कुवँर, वडा कमिटिका अध्यक्ष प्रकास श्रेष्ठ, उपाध्यक्ष नगेन्द्र खनाल, सचिव बसन्त श्रेष्ठ, उप सचिव हरी श्रेष्ठ लगायतले मन्तब्य राख्नुभएको थियो । भद्राचौर टोल कमिटिका अध्यक्ष कमिटिका वालकृष्ण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा वडा कमिटिका सचिव बसन्त श्रेष्ठको सञ्चालन रहेको थियो । 

मिसन ग्रासरुट अन्र्तगत चैत्र २ गते सल्लिकोट परालीखर्क, टाकुरा चिलियाथुम र बस्यालटोलको टोलस्तरीय भेलाको आयोजना हुनेछ भने ३ गते कुञ्जरे गायत्रीटोल, झेडी छाप तथा कल्लाबोट टोलको टोलस्तरीय भेला तथा संगठन बिस्तार कार्यक्रमको आयोजना गरिएको वडा कमिटि अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिनभुयो । 














, , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस