नबिल बैंक छत्रगन्ज शाखाको साक्षरता कार्यक्रम सम्पन्न
दिपेन्द्र श्रेष्ठ-९ चैत्र बिहिवार , नबिल बैंक छत्रगन्ज शाखाद्वारा Global money week २०२३ को अवसरमा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न भयो ।
छत्रदेव गाउँपालिका वार्ड नम्बर ४ स्थित श्री महेन्द्र विद्यावोध माध्यमिक विद्यालय, केरुङ्गा बल्कोटका कक्षा १२ मा अध्यनरत करिब ७५ जना छात्र छात्राहरुलाइ वित्तीय साक्षरता प्रदान गरिएको थियो । उक्त कार्यक्रमको सहजीकरण नबिल बैंक छत्रगन्जका शाखा प्रबन्धक जिवन खनाल र कर्मचारी गौरव भट्टले गर्नु भएको थियो ।
0 comments
तपाइको प्रतिक्रिया दिनुहोस