एकीकृत ग्रामीण विकास समाज गुल्मीको तेस्रो संस्थागत क्षमता लेखाजोखा सुरु


एकीकृत ग्रामीण विकास समाज गुल्मीको तेस्रो संस्थागत क्षमता लेखाजोखा कार्यशाला सुरु भएको छ । पारष्परिक जवाफदेहिता परियोजना अन्र्तगत भएको संस्थागत लेखाजोखा कार्यक्रममा संस्थाका अध्यक्ष हिरा एसीले परियोजनाले समग्र, सुशासन जवाफदेहिता तथा संस्थागत क्षमता विकासमा महत्वपूर्ण भूमिका खेलको बताउनुभयो । उहाँले एकीकृत ग्रामीण विकास समाजलाई समय सापेक्ष संस्थागत विकासमा टेवा पु¥याउन परियोजनाले सघाउ पु¥याएको बताउनुभयो । 
मित्र समाज नेपालले सहजीकरण गरेको संस्थागत क्षमता लेखाजोखा कार्यशालामा एकीकृत ग्रामीण विकास समाज गुल्मीका अध्यक्ष हिरा एसी, अर्घाखाँची शाखा अध्यक्ष हृदयकुमार भुसाल, लगायतका कार्यसमितिका पदाधिकारी र कर्मचारीहरुको उपस्थिती रहेको  छ । 
सात वटा विभिन्न क्षेत्रका ३९ वटा उपखण्डमा आधारित रहि संस्थागत क्षमता विष्लेषण गरिने कार्यकारी  निर्देशक कृष्ण विश्वकर्माले बताउनुभयो । संस्थागत क्षमता विष्लेषण पश्चात सुधारका लागि एक वर्षे कार्ययोजना समेत तयार पारिने परियोजना संयोजक हीरा कुवँरको भनाई छ ।
संस्थागत क्षमता लेखाजोखामा संस्थाको सुशासन, प्रशासन, मानव संशाधन व्यवस्थापन, वित्तिय व्यवस्थापन, संस्थागत व्यवस्थापन, कार्यक्रम व्यवस्थापन र वाह्य सम्बन्धहरु लगायतमा संस्थाको अवस्था र क्षमता लगायतका पक्षको विश्लेषण गरिन्छ । कार्यक्रमको सहजीकरण मित्र समाज काठमाण्डौंका क्षमता विकास विज्ञ गोविन्दबहादुर बस्नेत र गणेशकुमार लामाले गुर्न भएको थियो ।
संस्थाले एफएचआई ३६० को प्राविधिक तथा युएसएआईडीको आर्थिक सहयोगमा सञ्चालन गर्दै आएको पारस्परिक जवाफदेहिता परियोजना गुल्मी र अर्घाखाँची जिल्लामा सञ्चालन गर्दै आाएको छ । 


,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस