घरेलु तथा साना उद्योग विकास समिति अर्घाखाँचीको आयोजनामा समीक्षा गोष्ठी

हिम लेकाली
२०७६  बैशाख २३
  घरेलु तथा साना उद्योग विकास समिति अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा समीक्षा गोष्ठी सम्पन्न भएको छ । जिल्ला समन्वय समिति प्रमुख पिताम्बर शर्माको अध्यक्षतामा सम्पन्न  गोष्ठीमा चालू आर्थिक बर्ष ०७५÷०७६को  वर्ष भरि गरियका कामको समीक्षा गरियको छ ।उक्त गोष्ठीमा वरिष्ठ उद्योग अधिकृत ईन्दिरा भुसाले  आगामी आर्थिक वर्ष २०७६÷०७७को प्रस्तावित अनुमानित बजेट बिवरण  समेत प्रस्तुत गर्नु भएको थियो ।
Image may contain: 4 people, people sitting and indoor
उक्त प्रस्तावित बजेट कार्यान्वयन का लागि सम्बन्धित निकायमा सिफारिस गर्ने समेत गोष्ठी  तथा बैठकले निर्णय गरेको छ । उक्त कार्यक्रममा गरिबी निवारणका लागि लघु उद्धम विकास कार्यक्रम  अन्तरगत घरेलु कार्यालय को मातहतमा रहि अर्घाखाँचीका सितगंगा नगरपालिका ,पाणिनि र छत्रदेव गाउँपालिका मा काम गर्दै  आयको शसक्तीकरण नेपाल पाल्पा का सचिव सागर पोख्रेल ले आफ्नो संस्थाको प्रगति बिवरण प्रस्तुत गर्नु भएको थियो । यसै  गरि सहयोगी संस्था नेपाल ललितपुर ले पनि अर्घाखाँची मा आफुले गरेका कार्यक्रमहरूको प्रगति बिवरण प्रस्तुत गरेको छ।   संस्थाको त्रफ बाट कार्यक्रम  संयोजक उमासीं ठकुरि ले  सन्धिखर्क नगरपालिका , भूमिकास्थान, र मालारानी गाउँपालिका मा गरेका कामहरूको प्रगति बिवरण प्रस्तुत गर्नु भएको थियो ।   यी  दुबै   संस्थाहरूले  नयाँ उद्धमी श्रृजना र पुराना उद्धमीहरूको स्तर उन्नतिका लागि विभिन्न कार्यक्रम हरू सन्चालन गर्दै  आयका छन् । 
Image may contain: 3 people, people smiling, people sitting, table and indoor
घरेलु तथा सना उद्योग विकास समितिका नायव सुब्बा हुम बि क को सन्चालनमा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगरपालिका उप प्रमुख ठाकुर कुमार बि क किशोर ,नेपाल घरेलु तथा  साना  उद्योग महासंघ का अध्यक्ष तथा मालारानि गाउँ पालिका अध्यक्ष  बालकृष्ण आचार्य ,सहायक प्रमुख जिल्ला  अधिकारी बिष्णु बेल्वासे,कोष नियन्त्रक राम बहादुर के.सि., जिल्ला समन्वय अधिकृत शंकर भुसाल ,कृषि बिकास बैक शाखा प्रमु ख चिन्जीवि वस्याल, गैसस महासंघ का ठाकुर अधिकारी,वन डिभिजन कार्यालयका हरि बहादुर थापा  पत्रकार महासंघका जिल्ला अध्यक्ष हिम बहादुर जिसी लेकालि  लगायतको उपस्थिति  रहेको थियो ।
Image may contain: 1 person, sitting

, ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस