ज्ञानप्रकाश मा.बि डिभर्नामा शैक्षिक सामाग्री हस्तान्तरण, वडा सदस्य बस्यालद्वारा कक्षा १ का बिद्याथीलाइ शैक्षिक सामग्री
दिपक खनाल अर्घाखाँची,
ज्ञान प्रकाश मा.वि. स.न.पा. १२ सल्लिकोटमा स.न.पा. १२ वडा कार्यलयको चालू आ.व. २०७५/०७६ को स्वीकृत कार्यक्रम अनुसार स.न.पा. १२ का सामुदायिक विधालयहरुमा अध्ययनरत एकल विपन्न र गरिब तथा जेहेन्दार बालवालिकहरुका लागि शैक्षिक सामाग्री तथा पोशाक हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

वि.व्या.स. का अध्यक्ष श्री काशीराम वस्यालको अध्यक्षता, सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसालको प्रमुख आतिथ्यता, सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालिको विशेष अथित्यता र वडाका जनप्रतिनिधि सहितको उपस्थितिमा सम्पन्न भएको कार्यक्रम शिक्षक श्री शिक्षक दिनामिण बेलवासेको सन्चालन र प्र.अ. सुर्य बहादुर खनालको स्वागत मन्तव्यमा भएको थियो । उक्त कार्यक्रममा स.न.पा. १२ का वडा अध्यक्ष नारायण खडकाले आफ्नो व्यतिगत प्रयासमा ज्ञान प्रकाश मा.वि. लाई खेलकुद सामाग्री अन्तर्गत भलिबल, नेट, पम्प हस्तान्तरण गर्नुभएको थियो ।
वडा सदस्य नारायणा बस्यालद्धारा बिद्यार्थीहरुलाई पाठ्यपुस्तक हस्तान्तरण
सन्धिखर्क नगरपालिका १२ नम्बर वडाका वडा सदस्य नारायणा बस्यालद्धारा वडाभरका चार सामुदायिक बिद्यालयको कक्षा १ मा अध्ययनरत बिद्यार्थीहरुलाई पाठ्यपुस्तक हस्तान्तरण गर्नुभएकाे छ ।
वडा सदस्य नारायणा बस्यालद्धारा बिद्यार्थीहरुलाई पाठ्यपुस्तक हस्तान्तरण
सन्धिखर्क नगरपालिका १२ नम्बर वडाका वडा सदस्य नारायणा बस्यालद्धारा वडाभरका चार सामुदायिक बिद्यालयको कक्षा १ मा अध्ययनरत बिद्यार्थीहरुलाई पाठ्यपुस्तक हस्तान्तरण गर्नुभएकाे छ ।



वडा सदस्य नारायण बस्यालले स.न.पा.१२ का बालबिकास र कक्षा १ का बालवालिकालाइ अंग्रेज़ी माध्यमको पाठयपुस्तक कापी, पेन्सिल र इलेजर समेत हस्तान्तरण गर्नुहुदै दुबै प्रतिनिधीले समुदायिक विधालयको गुणस्तर सुधार्नमा आफुहरु निरन्तर लागि पर्ने प्रतिबद्धता व्यत्त गर्नु भएको थियो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि कमल प्रसाद भुसालले नगरको शैक्षिक विकासका लागि नगरपालिकाले आफ्नो निजि तथा कार्यक्रम बनाएका सामुदायिक विधालयको गुणस्तर सुधारका लागि लागिपर्ने धारणा व्यत्त गर्नुभयको थियो । प्रमुख प्रसाकिय अधिकृत जीवन ज्ञवालिले कार्यक्रम राखेकोमा वडा कार्यक्रमलाई धन्यवाद दिदै दुबै जनप्रतिनिधिहरुलाइ विधार्थी र विधालयलाइ सहयोग गरेकोमा धन्यवाद व्यत्त गर्नुभएको थियो ।

ज्ञान प्रकाश मा.वि. का पुर्व विधार्थी हाल बुटवल मिलनचोक निवासी मधु कुमार श्रेष्ठ र आमा टप कुमारी श्रेष्ठले स्वर्गिय पिता तथा श्रीमान बेद प्रसाद श्रेष्ठको स्मृतिमा रु. एक लाख एक हजार को अक्षयकोष स्थापनाका लागि विधालयलाई नगद रकम समेत हस्तान्तरण गर्नुभएको थियो ।
0 comments
तपाइको प्रतिक्रिया दिनुहोस