सुशासन र जवाफदेहितामा कुनै कसुर बाँकी नराख्ने छत्रदेव गाउँपालिकाका अध्यक्ष पोख्रेलको प्रतिवद्धता
समन्वय तथा सामाजिक जवापदेहिताका औजार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
अनिल भुसाल
बुलन्द, अर्घाखाँची
पारस्पारिक जवाफदेहिता परियोजना अन्र्तगत एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीको आयोजनामा छत्रदेव गाउँपालिकामा समन्वय बैठक सम्पन्न भएको छ । परियोजनाले सञ्चालन गरेको गतिबिधी र आगामी दिनमा सञ्चालन गर्ने कार्यक्रमहरुको बारेमा गाउँपालिकाका पदाधिकारी तथा कार्यपालिका सदस्यहरुसँग समन्वय बैठक सम्पन्न भएको हो ।
कार्यक्रममा छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले गाउँपालिकाबाट हुने सेवा प्रवाहलाई छिटो छरितो, प्रभावकारी र पारदर्शी बनाउन कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले छत्रदेव गाउँपालिकामा हुने विकास निर्माणका साथै स्वास्थ्य, शिक्षा, कृषिलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो ।
पारष्परिक जवाफदेहिता परियोजनाका जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठले सामाजिक जवाफदेहिताका औजारहरु सार्वजानिक सुनुवाई, सामाजिक परीक्षण, सार्वजनिक खर्चको सोधखोज, सूचनाको हक, सहभागिता मुलक बजेट बिश्लेषण, सामुदायिक अंक पत्र लगायतका विषयमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीका अध्यक्ष हृदय कुमार भुसालको अध्यक्षता, परियोजना अनुसन्धानकर्मी सविता आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा सम्पुर्ण गाउँ कार्यपालिकाका पदाधिकारी, सदस्यहरु सामदायिक सञ्चारकर्मी रुद्रमणि भुसाल, पत्रकार अनिल भुसाल, नबराज बन्जाडे लगायतको उपस्थिति रहेको थियो ।

0 comments
तपाइको प्रतिक्रिया दिनुहोस