बाम गठबन्धको बिस्तारित बैठक भुमिकास्थानको खिल्जीमा सम्पन्न
हृदय कुमार भुसाल
बुलन्द, अर्घाखाँची
कार्तिक २८ अर्घाखाँची
भुमिकास्थान नगरपालिका वाड नम्वर ६ साबिकको खिल्जी गाबिसमा सयुतm बाम गठबन्धनको चुनाबी प्रचार तथा बिस्तारित बैठक सम्पन्न भएको छ । आगामी मसिर २१ गते हुन लागेको प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा निर्वाचन को लागी वाम गठबन्धन अर्घाखाँची ले आफनो प्रचार अभियान लाई तिब्रता दिएको प्रचार समितीले जनाएको छ ।


प्रचार अभियान साबिकको खिल्जी गाबिसमा भएको बिस्तारित बैठकलाई सम्बोधन गर्दे कार्यक्रमका प्रमुख अतिथी एवम एमाले प्रतिनिधी सभा समानुपातिक तर्फका उमेदवार बुद्धि बहादुर रायमाझी ले यो गठबन्धन को निर्वानको अभियानलाई उत्साहका साथ स्वागत गरेको भन्दै नेता रायमाझीले नेपालको कम्युनिष्ट आन्दोलन र यसले बिकास र सबृद्धिको वारेमा गरेको भुमिकाको बारेमा ब्याख्या गर्दै समानुपातिक तर्फका समेत उमेदवार रहेका उनले यो चुनाव ऐतिहासिक भएको हुदा निर्वाचनमा एक भएर लाग्न आग्रह गर्नु भएको थियो । उतm बिस्तारितबैठक लाई एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा भुमिकास्थान निर्वाचन परिचालन सयोजक खगेस्वर पन्थी सबै एक भएर निर्वाचन लाग्न आग्रह गर्दै निर्वाच पछि मुलुक सबृद्दिको दिशा जाने बताउनु भयो ।
बैठकमा माओवादी केन्दका जिल्ला सचिवाय सदस्य तथा परिचालन समिती सहसयोज राजेन्द आचार्य, भुमिकास्थान नगरपालिका का नगर प्रमुख रेशम थापा, एमाले जिल्ला कमिटी सदस्य जनक गैरे सुनिता बेल्वासे एमाले नगर सचिव मणि पौडेल, पे्रश चतारी जिल्ला उपाध्यक्ष हृदय कुमार भुसाल, एमाले नेता प्रेम नारायण बेल्वासे लगाएले निर्देशनात्मक भनाई राख्नभु भएको थियो ।
बैठकले निर्वाचन परिचालनको लागी बिभिन्न समितीहरु निमार्ण गरेको छ । दामोदर बेल्वासे सयोजक र ठाकुर प्रसाद गैरे सहसयोजक निर्वाचन परिचालन समिती राम प्रसाद गैरे सयोजक सहयोज र गोपाल बेल्वासे सहसयोजक रर्हेको निर्वाचन प्रचार प्रसार समिती प्रेमनारायण बेल्वासे सयोजक र गैरे पुनारामसहसयोजक रहेका आर्थिक समिती,त्यस्तो राम बहादुर बस्नेत सयोजक र पारस बस्नेत र सहसयोजक रहेको युवा परिचालन समिती राधिका गैरे सयोजक र कृष्ण कुमारी घम सहसयोजक रहेको महिला परिचालन समिती निमार्ण गरिएको छ ।
बैठक एमाले वाड अध्यक्ष दामोदर बेल्वासेको अध्यक्षता र माओदी केन्दका ठाकुर प्रसाद बेल्वासेको सञ्चालन र माओवादी केन्दका राम प्रसाद गैरेको स्वागत मनतब्यमा सम्पन्न भएको छ । भेलामा स्थानिय नेताहरु एमाले नगर कमिटी सदस्यहरु, गोपाल बेल्वासे, र राम बहादुर बस्नेत रुद्द गैरे, माओवादीका योगेन्द सिह सुनार,चेतनारायण दमासे , मुकुन्द बेल्वासे लगाएतको नेताहरुको आथित्यता रहेको थियो ।

0 comments
तपाइको प्रतिक्रिया दिनुहोस