जिल्लाको मुहार फेर्न बाम गठबन्धनः घिमिरे

हृदयकुमार भुसाल
बुलन्द, अर्घाखाँची
नेकपा एमाले पाँच नम्बर प्रदेश कमिटि सदस्य रामजी प्रसाद घिमिरेले  अर्घाखाँचीको मुहार फेर्न बाम गठबन्धन लागि परेको बताउनुभएको छ । चुनाव प्रचार प्रसार अभियानको क्रमम पाणिनी गाउँपलिको धातीबाग, पाली अडगुरीको बिभिन्न ठाउँको भेटघाट तथा चुनावी सभालाई सम्बोधन गदै बाम गठबन्ध प्रदेश सभाका साझा उमेदवार रामजी प्रसाद घिमिरेले आफु यस क्षेत्रका सबै समस्याको बारेमा जानकारी भएकोले समस्याहरुको एकिकृत योजना बनाई दुर्त गतिमा बिकास गर्ने प्रतिबद्धता जनाउनुभएको हो । नेता घिमिरेले २ बर्षमै धुम्ती पाल्पा बाटोलाई कालोपत्रे गर्ने, पाणिनी तपोभुमि देखी आकर्षक पैदल मार्ग पुराउनुको साथै,भ्युटावर निमार्ण गरि धातीबागलाई पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्दै यस क्षेत्रका धरधरमा होमस्टे बनाउने सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । घिमिरेले यी सबै कार्यहरु पुरा गर्न र नेपाली जनताको आमुल परिबर्तनको चाहानालाई पुरा गर्न दुई तिहाई मतले बिजय गराउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा एमाले केन्दिय सदस्यहरु द्धय नजिर मियाँ र बोम बहादुर बिकले प्रतिकृयाबादी हरुले गठबन्धनको बिरुद्धमा गलत प्रचार गरेको भन्दै दुवै दलको नेता कार्यकर्ताहरु एक भएर निर्वाचन गठबन्धनका उमेदवारलाई दुई तिहाई मतले बिजय गराउन एक भएर लाग्नु पर्ने बताउनु भएको छ । अभियानमा एमाले जिल्ला कमिटीका उपाध्क्ष जिवनारायण कोईराला  माओवादी केन्दका जिल्ला सयोजक ठाकुर कुमार बिक, एमाले जिल्ला कमिटी उपसचिव प्रेमनारायण गैरे, एमाले प्रदेश सभाका समानुपातिक तर्फ उमेदवार, जाल्पा भुसाल, पाणेनी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी गौतम,माओवादी केन्दका बिधान रायमाझी लगाएतले मनतब्य राख्नुभएको थियो ।
चुनावी अभियान साबिकको धातीबाङ्घमा थानेश्वर पौडेलको अध्यक्षता, मोहनमोहन थापाको सञ्चालन कमल बहादुर रास्कोटीको स्वागत मनतब्य रहेको थियो । त्यस्तै, साबिकको अडगुरी गाबिसमा शकर अधिकारीको अध्यक्षता, गुनाखर अधिकारीको सञ्चालन र साबिकाको पाली गाबिसमा कसर अलिको अध्यक्षता,डिआर बसन्त लालुको सञ्चालन र रोम बहादुर पाण्डेको स्वागत मनतब्यमा सम्पन्न भएको थियो ।

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस