एमाले वाड नं १२ को भेला सम्पन्न
९ कार्तिक, २०७४
नेकपा एमाले सन्धिखर्क नगरपालिका १२ डिभर्नाको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा मन्तब्य राख्दै नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष चेतनारायण आचार्यले बामपन्थी शक्तिहरुका बीचको चुनावी तालमेलबाट कांग्रेस अत्तालिएको बताउनु भएको छ । दीगो शान्ति र सम्बृद्ध राष्ट्र निर्माणको लागि एमालेले सबै बामपन्थी शत्तिहरुलाई एक ढिक्का दुई तिहाइ बहुमत हासिल गर्ने योजनाका साथ अगाडि बढेको उहाँको भनाई छ । आचार्यले बिगतका कमजोरीबाट पाठ सिक्दै आसन्न निर्वाचनमा नयाँ योजना र उत्साहका साथ काममा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा मन्तब्य राख्दै एमाले जिल्ला कमिटि उपाध्यक्ष जीवनारायण कोइरालाले बाम गठबन्धन समयको माग भएको बताउनुभयो । उहाँले चुनावमा तालमेल मात्र नभई भावनात्मक एकताका साथ अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।
एमाले जिल्ला कमिटिका सचिवालय सदस्य बुद्धिराम भुसालले सम्बृद्ध जिल्ला निर्माणको लागि एमालेलाई बिजयी गराउनुको बिकल्प नभएको बताउनुभयो ।

एमाले वडा नं १२ का वडाध्यक्ष मधुकुमार श्रेष्ठको अध्यक्षता र सचिव बसन्त श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य तथा बिशेष नगर समन्वय कमिटि संयोजक युवराज श्रेष्ठ, जिल्ला कमिटि सदस्य धुर्बराज आचार्य, जिल्ला कमिटि सदस्य तथा वडा इन्चार्ज सीता श्रेष्ठ, सन्धिखर्क खानेपानी उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठ, ऋषिराम आचार्य लगायतका बक्ताले मन्तब्य राख्दै डिभर्नालाई बामपन्थी किल्लाको रुपमा बचाइ राख्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । सोही अवसरमा नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्ने पोमनारायण बस्याललाई स्वागत गरिएको थियो ।

0 comments
तपाइको प्रतिक्रिया दिनुहोस