छत्रदबको भगवतिमा स्थानीय सभा

बुलन्द संबाददता
असोज २४, अर्घाखँची

     एकीकृत ग्रामीण विकास समाज सन्धिखर्कको आयोजनामा छत्रदेब गाउँपालिका ७ भगवतिमा स्थानीय सभा सम्पन्न भएको छ । पारस्परिक जवाफदेहिता परियोजना अर्घाखाँची अन्र्तगत भगवतिमा भएको स्थानीय सभाको बैठकमा वडा स्तरमा भएका शिक्षा, स्वास्थ्य र कृषिको सेवा प्रबाहको अवस्था, समस्या,  शुसाशन र जवाफदेहिताको क्षेत्रमा भएका गतिबिधीको बारेमा छलफल भएको थियो ।

कार्यक्रममा बोल्दै बक्ताहरुले शुशासन र जवाफदेहिता अभिबृद्धिका लागि सबै आफ्नो स्थानबाट लाग्नुपर्नेमा सरोकारवालाले जोड दिएका थिए । कार्यक्रममा बोल्दै एकीकृत ग्रामीण विकास समाजका कार्यकारी निर्देशक गणेष श्रीपालीले शुशासन र जवाफदेहि मुलुक बनाउन स–साना कुराहरुबाटै सुरुवात गर्नुपर्ने बताउनुभयो । श्रीपालीले जवाफदेहि र पारदर्शी बन्न अरुलाई मात्रै प्रेरित नगरी स्वायम आ–आफ्नो क्षेत्रबाट लागे सम्भव हुने उल्लेख गर्नुभयो । उहाँले अहिले सम्बन्धित क्षेत्रमा गुनासो नगरी अन्यत्रै कुरा काट्ने प्रबृति मौलाउदै गएको भन्दै कुनै कार्यालयको बारे गुनासा जिज्ञासा भए सोही कार्यालयको गुनासो पेटिकामा गुनासो गर्ने बानीको विकास गर्न सुझाव दिनुभयो । ‘अहिले गनासो सुनवाई गर्ने ठाउँमा माकुराले जालो लाग्ने गरेका छन्, ‘श्रीपालीले भन्नुभयो, ‘हामीले कुनै कार्यालय वा निकायाको बारेमा सुझाव दिन परे सोही कार्यालयको गुनसो पेटिकामा उजुरी दिने बानी बसालौ, समाज त्यसरी बन्छ ।’

      स्थानीय सभा अध्यक्ष तथा छत्रदेब गाउँपालिका वडा नम्बर ७ भगवतिका वडाध्यक्ष शोभाखर पाण्डेले पारस्परिक जवाफदेहिता परियोजनाले शिक्षा, स्वास्थ्य र कृषिमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । पाण्डेले सभामा समय समयमा हुने छपलफल, बहश र अन्र्तक्रियाले सेवा प्रदायक निकायले प्रदान गर्ने सेवामा भएगरेका कमि कमजोरीलाई सच्याउने अवसर प्राप्त भएको बताउनुभयो । उहाँले सेवा प्रबाहको बारेमा जानकारी नै नभएका नागरीकलाई सेवा प्रवाह तथा सुधार गर्नेपर्ने पक्षको बारेमा दिएको सुझाव उपयुक्त हुने बताउनुभयो । 
      संस्थाका जिल्ला अध्यक्ष हृदय कुमार भुसालले सुशासन र जवाफदेहिता अभिबृद्धि गर्न सबै पक्ष सचेत र सकारात्मक बन्नुपर्ने बताउनुभयो । भुसालले शुशासन आफैमा जटिल पक्ष भएको भन्दै उहाँले भ्रष्टाचार मुक्त र सभ्य समाज निर्माण गर्न बिधीको शासनलाई आत्मसाथ गर्नुपर्ने बताउनुभयो । वडा सचिव टोपलाल घर्तीले पारस्परिक र जवाफदेहि अरुलाई मात्रै नभई आफु समेत बन्नु जवाफदेहिता रहेको बताउनुभयो ।
वडास्तरमा शिक्षाको अवस्थाको बारेमा जानकारी गराउँदै सरस्वति माबि भुस्खातका प्रध्यानध्यापक ठाकुर प्रसाद पाण्डे तथा जनकल्याण माबि तारुवाका प्रधानध्यापक कबिराम अधिकारीले शिक्षामा पछिल्लो समय समस्या थपिदै गएको बताउनुभएको थियो । शिक्षा क्षेत्रमा बिद्यार्थी संख्या घट्दै जानुका साथै अपेक्षित उपलब्धी हासिल गर्न कठिन हुने गरेको उहाँहरुको भनाई थियो ।
Displaying SAM_2237.JPG
      भगवति वडा स्वास्थ्य चौकी इन्चार्ज कमल प्रसाद पाण्डे, कृषि प्राबिधिक प्रकाश घिमिरेले स्वास्थ्य र कृषिको सेवा प्रवाहको अवस्था तथा गतिबिधीको बारेमा जानकारी गराउनुभएको थियो । स्थानीय सभामा स्वास्थ्य चौकी तथा बिद्यालयमा गुनासो पेटिका राख्ने, बिद्यालयमा छात्राबृत्ति पाउने बिद्यार्थीको बिवरण सूचना पार्टीमा टास्ने निर्माणधिन भवनमा होर्डिंग बोर्ड राख्ने सहमति भएको थियो । कार्यक्रमको बिषयवस्तु तथा परियोजनको बारेमा जानकारी गराउँदै कार्यक्रम संयोजक हिरा कुवँरले  सभामा उठेका बिषयलाई जिल्ला स्तरीय सरकारी नीजि कार्य समुहमा छलफल गरिने जानकारी गराउनुभयो । सुशासन र जवाफदेहिताको क्षेत्रमा काम गर्ने पारस्परिक जवाफदेहिता परियोजना गुल्मी र अर्घाखाँची जिल्लामा सञ्चालनमा रहेको जिल्ला परियोजना अधिकृत बसन्त श्रेष्ठको भनाई छ । कार्यक्रम स्थानीय सभा अध्यक्ष शोभाखर पाण्डेको अध्यक्षता र बसन्त श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो
 ।

, , , , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस