बुलन्द राष्ट्रिय साप्ताहिकको असोज २२ गतेको अंक
मालारानीको खनहदमा बस पल्टिदा दुईको घट्नास्थलमै मृत्यु
बसन्त श्रेष्ठ ‘छापेली’
बुलन्द, अर्घाखाँची
घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिदै ः तस्बिर बुलन्द
जिल्लाको मालारामी गाउँपालिका वडा नं. ३ खनदह सावडाँडामा वस दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । शुुक्रवार बिहान अर्घातोषको डाँडाकेटरीबाट वुटवलका लागि छुटेको लु १ ख ७५१८ नम्वरको वस दुर्घटना हुँदा मालारानी ३ खनहदका ९ वर्षिय अभियान आचार्य र गुल्मी धुरकोट १ की ३५ वर्षिया सुन्तली विकको निधन भएको हो । घट्नामा करिव ४० जना घाइते भएका छन् ।
घाइते मध्ये १० को अवस्था गम्भीर छ । गम्भिर घाइते हुनेमा मालारानी २ का २१ वर्षिय उमेश कुवँर, मालारानी २ कै भानुभक्त आचार्य, मालारमनी ३ की ३४ वर्षिया इन्दिरा आचार्य, रुपन्देही शंकर नगरकी ६७ वर्षिया भद्रकला भट्टराई, मालारानी २ का २० वर्षिय कृष्ण कुवँर, सन्धिखर्क ११ का ५० वर्षिया गोमा वस्याल, सन्धिखर्क ११ कै ५२ वर्षिया शान्ता भुसाल, गुल्मी पुर्कोटदहका सोभे सार्की र मालारानी गाउँपालिकाका ३८ वर्षिय यमकला भुसाल रहेको प्रहरीले जनाएको छ । गाडी चालक गोकुल विक भने सकुशल रहेका छन् । बसमा क्षमताभन्दा बढि यात्रु भएको र बाटो भासिदाँ दुर्घटना भएको हुन सक्ने प्रारम्भीक अनुमान गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीरक्षक आरबी शर्माले बताउनुुभयो >
३५ सिट क्षमता भएको बसमा ७० जना यात्रु सवार रहेका थिए । गाडी समथर ठाउँमा दुर्घटना भएको हो । गम्भीर घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि काठमाडौंको लगिएको छ । अत्याधिक यात्रुको चाप र चालकको लापरवाहीका कारण दुर्घटना भएको गाडीमा सवार यात्रुहरुको भनाइ छ । सामान्य घाइते ३५ जनालाई वुटवल रिफर गरिएको छ । वसमा सवार केही यात्रु सकुसल छन् भने केहीको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ । गाडी सडकबाट करिब एक सय मिटर तल खसेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले साँघुरो सडक र सडकको छेउको भाग कमजोर रहेकाले सडक भासिएर दुर्घटना भएको बताउनुुभयो ।
टाउकोमा चोट लागेका घाइतेलाई नेपाली सेनाको हेलिकप्टर मार्फत टिचिङ्ग हस्पिटलमा रिफर गरिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनुुभयो । उहाँले भन्नुुभयो ‘गम्भिर खालका घाइतेहरुलाई थप उपचारको लागी हेलिकप्टर मार्फत काठमाण्डौ पठाएका छौ, घटना भएको तत्काल सबै जना उद्धारमा लाग्यौ स्थानीय , नेपाल प्रहरी, नेपाली सेना तथा विभिन्न समितिका गाडिहरु परिचालन गरेर जतिसक्दो छिटो घाइतेलाई उपचारको व्यवस्था मिलाएका थियौ ।’ बस दुर्घटनाका ३७ जना घाइतेको लुम्बिनी अञ्चल अस्पताल बुटवल र २ जना सामान्य उपचारपछि घर फर्केका छन ।
बुलन्द राष्ट्रिय साप्ताहिकको असोज २२ गतेको अंक







0 comments
तपाइको प्रतिक्रिया दिनुहोस