एमाले डिभर्नामा बिशाल ¥याली सम्पन्न, दुई तिहाइ बहुमत देखाइदिने मेयर प्रत्यासी श्रेष्ठको दाबी

बसन्त श्रेष्ठ ‘छापेली’, सागर परियार
बुलन्द, ३० जेष्ठ, अर्घाखाँची
नजिएको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले सन्धिखर्क नगरपालिका १२ र ११ नम्बर वार्ड कमिटिले डिभर्नामा बृहत ¥याली निकालेको छ । आगामी असार १४ गते हुन लागको दोस्रो चरणको निर्वाचनलाई लक्षित गर्दै एमालेले झण्डै ३ सयको संख्यामा मोटरसाइकल दर्जनौ गाडी सहितको शक्ति प्रदर्शन गरेको हो । सन्धिखर्ककोबाट सुरु भएको बृहत ¥याली बिहार, कबिरा, डिभर्नाको आफ्र, डाडा, झेडी, सल्लिकोट, टाकुरा, हुँदै गायत्रीटोला, जिमुरथुम हुँदै पुन झेडी हुँदै छापको ठुलापोखरा सम्म पुगेको थियो । 
Image may contain: 12 people, people standing
कोण सभामा नेकपा एमाले केन्द्रिय स्कूल बिभाग सदस्य बुद्धि बहादुर रायमाझीको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा बोल्दै नेता रायमाझीले एमालेको राष्ट्रियताको भावनाले गर्दा पहिलो चरणको निर्वाचनमा पहिलो पाटी बनेको भन्दै दोस्रो चरणमा निर्वाचनमा त्यसको तुलनामा अझ बढि मत आउने बताउनुभयो । नेकपा एमाले जिल्ला कमिटि सचिव रामबहादुर चौहानले एमालेको पछिल्लो नतिजाले कतिपय दलहरु अत्तालिएको बताउनुभयो । चौहानले पहिलो चरणको निर्वाचनमा एमालेको परिणाम राम्रो आएपछि बिभिन्न तत्व निर्वाचन सार्ने खेलमा लागको समेत बताउनुभयो । 
Image may contain: 7 people, people smiling, crowd
अब दुइ तिहाइ बहुतम ल्याउन तयारीमाः श्रेष्ठ
सोही ¥यालीमा नेकपा एमाले  सन्धिखर्क नगरपालिका मेयर पदका प्रत्यासी कृष्णप्रसाद श्रेष्ठले असार १४ गते हुने स्थनीय तहको निर्वाचनमा एमालेलेको बिजयी पक्का भैसकेको भन्दै अब दुइ तिहाइ बहुतम ल्याउन तयारीमा जुटेको बताउनुुभएको छ । डिभर्नाका बिभिन्न स्थानमा भएको बिशाल कोणसभा तथा ¥यालीलाई सम्बोधन गर्दै नेता श्रेष्ठले सन्धिखर्क नगरपालिकालाई स्मार्ट सिटीको रुपमा विकास गर्ने बताउनुुभयो । आफ्नो पक्षमा जित सुनिश्चित भैसकेको भन्दै तथा उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य समेत रहेको युवा नेता श्रेष्ठले सबैलाई सूर्य चिन्हमा मतदान गरेर सहयोग गर्न आग्रह गर्नुभयो । श्रेष्ठले सन्धिखर्क नगरपालिकालाई मुलुककै नमुना नगरपालिकाको रुपमा विकास गर्न योजना निर्माण भैसकेको जानकारी गराउँदै सबैमा पक्षको चाहाना पुरा गर्दै युवा स्वरोजगारी, एक घर एक रोजगारी, कृषि क्षेत्रको पकेट क्षेत्र निर्धारण बताउनुुभयो । उहाँले मेयर पदमा निर्वाचित भए लगत्तै बृद्ध भत्ता तथा अपाङ्ग भत्तामा ५ सय रुपैया थप गर्ने, निशुल्क एक घर एक स्वास्थ्य बिमा लागु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
उपमेयर पदका प्रयासी नेत्री इश्वरा पोख्रेलले एमाले लम्पसार बादका बिरुद्धमा दोस्रो चरणको निर्वाचनमा प्रतिष्प्रर्धा गर्ने बताउनुभयो । क्षेत्री नगर क्षेत्रको विकासमा कुनै कसुर बाँकी नराख्ने भन्दै सूर्य चिन्हमा मतदान गरी नगरक्षेत्रको विकास सुश्चित गर्न सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा एमाले सन्धिखर्क बिशेष नगर समन्वय कमिटि संयोजक युवराज श्रेष्ठ, सचिव श्रीकृष्ण भुसाल, जिल्ला परिषद सदस्य दुर्गा प्रसाद श्रेष्ठ लगायतले मन्तब्य राख्द एमालेको लालकिल्लामा अन्य कसैले जित्ने सपना नदेन आग्रह गर्नुभएको थियो । 
Image may contain: 12 people, people smiling, crowd and outdoor
विकास बिरोधीले मुन्टो उठाउनुको अर्थ छैनः नारायण प्रसाद श्रेष्ठ
कार्यक्रममा १२ नम्बर वडा अध्यक्ष पदका उमेद्वा नारायण प्रसाद श्रेष्ठले २०४३ साल देखि हाल सम्म कुनै खोट नराखी डिभर्नाको विकास र सम्बृद्धिमा लागेको भन्दै अब पनि कुनै कसुर बाकी नराख्ने प्रतिबद्धता जनाउनुभयो । डिभर्नामा शालिन तथा लोकप्रिय नेताको रुपमा रहेको श्रेष्ठले समाजमा कहिल्यै नदेखिने कतिपय यतिवेला झुट्टा आवश्वासन बाड्नै समाजमा आउने गरेको भन्दै विकास बिरोधीले मुन्टो उठाउनुको कुनै अर्थ नरहेको चेतावनी दिनुभयो । उहाँले एमालेको प्रयासमा आएका बजेट रकमान्तर गर्न र फ्रिज गर्न तम्सनेहरुले अहिले झिना आश्वसन बाढेर जनतालाई भ्रममा पार्नहरुलाई समाजबाटै तिरस्कार गर्नुपर्ने बताउनुभयो । उहाँले डिभर्नाको सम्बृद्धतको निम्ती आफ्नो सम्पूर्ण समय लगाउदै आएको भन्दै फेरी पनि एमालेलाई जिताउन कार्यकर्तालाई आग्रह गर्नुभयो । 
Image may contain: 10 people, people smiling
Image may contain: 14 people, people smiling, people standing and outdoor
नेकपा एमाले ११ नम्बर वडा अध्यक्ष पदका उमेद्वार धुर्बराज आचार्यले समग्र डिभर्नाकोको सम्बृद्धताको निम्ती एमाले प्रतिबाद्ध रहेको बताउनुभयो । नेकपा एमालेले १२ नम्बर वडामा महिला सदस्यमा पार्वता श्रेष्ठ, दलित महिला सदस्यमा माया नेपाली र खुल्ला सदस्यमा मधुकुमार श्रेष्ठ र नारायण बस्याललाई उमेद्वार उठाएको छ । ११ नम्बर वडा भने महिला सदस्यमा नुमा राना, दलित महिला सदस्यमा पार्वता बिक, खुल्ला सदस्यमा बुद्धि कुवँर र नरेन्द्र आचार्यलाई उमेद्वार बनाएको छ । 
Image may contain: 19 people, people smiling, crowd and outdoor
कार्यक्रममा अर्घाखाँची काठमाण्डौ सम्पर्क मञ्चका बुद्धिजिबी बिभाग प्रमुख मित्र श्रेष्ठले स्थानीय समस्याको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रम ११ नम्बर वडा कमिटि अध्यक्ष तेज प्रसाद बस्यालको अध्यक्षता, १२ नम्बर वडाअध्यक्ष मधु कुमार श्रेष्ठको स्वागत मन्तब्य र बसन्त श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो । साबिकको डिभर्ना गाविस एमालेको पकडको रुपमा रहेको क्षेत्र हो । 
Image may contain: 8 people, outdoor
Image may contain: 5 people, people smiling, crowdImage may contain: 10 people, people smiling

, , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस