त्रिबि निर्णय अनुसार स्वबियु निर्वाचन गर्न माग गर्दै क्याम्पस प्रमुखलाई ध्यानकर्षण पत्र
बिष्णुु ठकुुरी
अनेरास्वबियु पाणिनि बहुमुुखी क्याम्पस कमिटि सन्धिखर्कको बिस्तारित बैठक बिहिवार सम्पन्न भएको छ । बैठकले आसन्न स्वबियु निर्वाचन तोकिएको मितिमा गर्नका लागि क्याम्पस प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
क्याम्पस कमिटि सहसंयोजक सागर परियारको अध्यक्षता, सदस्य रामचन्द्र श्रेष्ठको सञ्चालन रहेको कार्यक्रममा अनेरास्वबियु जिल्ला कमिटि उपाध्यक्ष नबिन केसीको प्रमुुख आथित्यता रहेको थियो । त्यस्तै अनेरास्वबियु जिल्ला कमिटि सचिव बसन्त श्रेष्ठ, सहसचिव बिष्णुु ठकुरी लगायतको आथित्यता रहेको थियो । कार्यक्रममा बोल्दै अनेरास्वबियु जिल्ला कमिटि उपाध्यक्ष नबिन केसीले नेपाली विद्यार्थीको हकहित र अधिकारका लागि शैक्षिक आन्दोलनको अगुवाई गर्दै लोकतन्त्र, शान्तिपूर्ण समावेशी राजनीति, गणतन्त्र, न्याय, समानता र सामाजिक सुरक्षाका लागि ऐतिहासिक स्वबियुु निर्वाचन बिगत ८ वर्ष देखि स्वतन्त्र बिद्यार्थी युुनियनको चुुनाव नहुुुँनु निक्कै दुखद अवस्था भएकाले निर्धारित मितिमै स्वबियु निर्वाचन गर्नुपर्ने बताउनुभयो । जिल्ला कमिटि सचिव बसन्त श्रेष्ठले पञ्चायती शासकलाई घुँडा टेकाएर प्राप्त भएको नेपाली विद्यार्थी आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धिको रुपमा रहेको स्वबियु निर्वाचन रहेको भन्दै त्रिबि सिनेटले सार्वजनिक गरेको कार्यतालिका अनुसार गर्नुुपर्ने अनेरास्वबियुको माग रहेको बताउनुुभयो ।




ध्यानाकर्षण पत्र बुुझाउँदै क्याम्पस कमिटि सहसंयोजक सागर परियारले त्रिबि सिनेटको कार्यतालिका अनुुसार निर्वाचन गर्नुपर्ने बताउनुुभयो । उहाँले तत्कालै स्वबियु निर्वाचनको तयारीमा लाग्न क्याम्पस प्रमुखको ध्यानाकर्षण गराउनुुभयो । ‘त्रिबि सिनेट बैठकले सार्वजनकि गरेको कार्यतालिका अनुसार तयारीमा लाग्नुुको सट्टा क्याम्पस प्रशासनले स्वबियु निर्वाचन सन्दर्भमा कुुनै चासो नदिएको प्रति अनेरास्वबियु घोर भ्रत्सना व्यक्त गर्दछ, ‘उक्त ध्यानाकर्षण पत्रमा भनिएको छ ।
अनेरास्वबियुले अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा प्रतक्ष निर्वाचन प्रणाली र अन्य पदमा समानुुपातिक निर्वाचन प्रणालीको माग समेत गरेको छ । अनेरास्वबियुुले १० प्रतिशत थ्रेस होल्ड अनिवार्य रुपमा लागु गर्नुपर्नेमा समेत जोड दिएको छ । निर्धारित मिति र प्रणालीमा स्वबियु निर्वाचन नभए जस्तोसुकै आन्दोलन र संघर्षमा जान तयार रहेको उक्त पत्रमा उल्लेख छ ।


ध्यानकर्षण पत्र बुझ्दै क्याम्पस प्रमुुख ज्ञानबहादुर क्षेत्रीले शुुक्रवार क्याम्पस सञ्चालक समितिको बैठक बस्ने भन्दै बैठकमा बिद्यार्थीहको मागबारे जानकारी गराउने बताउनुुभयो । उहाँले बिद्यार्थीले चुुनावमा जान तयारी रहे निर्वाचन हुने भन्दै बिद्यार्थीहरु त्यसका लागि तयार रहनुपर्ने बताउनुुभयो । अनेरास्वबियुले माघ २९ गते बिद्यार्थी नेताहरुको भेटघाट तथा भेला एवं वनभोज कार्यक्रमको आयोजना गरेको छ । अनेरास्वबियुले स्वबियु निर्वाचन नजिएसँगै बिभिन्न प्रचार प्रसारात्मक कार्यक्रम एवं भेला तथा प्रशिक्षणलाई तिब्रता दिएको छ । पाणिनि क्याम्पसमा भएका हाल सम्मका स्वबियु निर्वाचनमा अनेरास्वबियु पहिलो शक्तिको रुपमा देखिदै आएको छ ।





0 comments
तपाइको प्रतिक्रिया दिनुहोस