बुलन्द राष्ट्रिय साप्ताहिकको माघ २३ गतेको अंक
बुलन्द राष्ट्रिय साप्ताहिकको माघ २३ गतेको अंक
बिबादकाबीच अनेरास्वबियुु अर्घाखाँचीको २१ औँ जिल्ला अधिवेशन सम्पन्न
अध्यक्षमा पाण्डे सर्वसम्मत
बुलन्द, अर्घाखाँची
अनेरास्वबियुु जिल्ला कमिटि अर्घाखाँचीको २१ औँ जिल्ला सम्मेलन साँत बर्ष पछि सम्पन्न भएको छ । ७ बर्ष पछाडि भएको अधिबेशन पनि बिबादका बिच सम्पन्न भएको हो । उद्घाटन शत्र सम्पन्न भइ बन्द शत्रमा निर्वाचन मण्डलको नामावली हलमा प्रस्ताव गर्दा बहुमत प्रतिनीधीद्धारा अस्वीकार गरेपछि केही बेर हलमा होहल्ला मच्चिएको थियो । निर्बाचन प्रकृयामा गए पनि जित नहुने देखेपछि अधिबेशन स्थगीत गरेको घोषणा गरेर प्रस्ताव गरिएको निर्बाचन मण्डल र केही आयोजक अधिबेशन हलबाट बाहिरिएको एक पक्षको आरोप छ । तर बहुुमत प्रतिनिधीले अधिवेशन स्थगीत नगरी बन्द शत्र सुरु गर्न माग गरेपछि अधिवेशनको बन्द शत्र चलेको थियो । अधिबेशनमा १ सय २६ प्रतिनिधि र आयोजक १४ जना गरि जम्मा १ सय ४० जना रहेकोमा ९० जना प्रतिनिधिको हस्ताक्षर गरि कमिटि निर्माण भएको अनेरास्वबियुु राष्ट्रिय परिषद् सदस्य नारायण शर्माले बताउनुुभयो ।
बहुमत प्रतिनिधीकोबीचबाट जिल्ला कमिटि गठन
बन्द शत्रले कृष्ण पाण्डेको अध्यक्षतामा ३५ सदस्यीय अनेरास्वबियु जिल्ला कमिटिको सर्वसम्मत रुपमा गठन गरेको छ । जसको उपाध्यक्षमा नबीन केसी, सचिवमा बसन्त श्रेष्ठ, सहसचिवमा कृष्ण भुसाल, बिष्णु ठकुरी र पुष्पा चौहान रहनुुभएको छ । त्यस्तै कोषाध्यक्षमा प्रदिप भुसाल रहनुभएको छ ।
अधिवेशनको नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष चेतनारायण आचार्यले उद्घाटन गर्नुभएको थियो । अधिवेशनको उद्घाटन गर्दे आचार्यले संगठनलाई जुझारु तबरले अगाढि बढाउन सक्षम नेतृत्व चयन गर्नुपर्नेमा जोड दिनुुभएको थियो । कार्यक्रममा अनेरास्वबियु केन्द्रिय सचिवालय सदस्य दिपक बिकले शुभकामना मन्तब्य राख्दै अखिलको गौरवशाली इतिहासलाई कायम राख्नुपर्नेमा जोड दिनुुभएको थियो । कार्यक्रम अनेरास्वबियु जिल्ला कमिटि अध्यक्ष प्रदिप नेपालीको अध्यक्षता, कृष्ण पाण्डेको सञ्चालन र नारायण भुसालको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सचिव रामबहादुर चौहान, उपसचिव प्रेम गैरे, अनेरास्वबियु केन्द्रिय सदस्य भरत न्यौपाने, बिद्यार्थी इन्चार्ज लिला बिक, अनेमसंघ जिल्ला अध्यक्ष बिष्णा आचार्य, राष्ट्रिय परिषद सदस्य नारायण शर्मा, पूर्व राष्ट्रिय परिषद सदस्य हृदय कुमार भुसाल, लुम्बिनी काठमाण्डौ सम्पर्क मञ्चका अध्यक्ष शुसिल भट्टराई, बिश्व बिद्यालय केन्द्रिय कमिटि सदस्य भानु खनाल लगायतको आथित्यता रहेको थियो ।
यता कमिटिको बिगठन गरेका प्रदिप नेपालीले सडकबाट घोषणा गरिएको कमिटि मान्य नहुने बिज्ञप्ती मार्फत बताएका छन् । निर्वाचन मण्डलको घोषणालाई बहुुमत सदस्यले अस्वीकार गरेपछि पटक पटक निर्वाचन मण्डल प्रस्ताव गरी अधिवेशन अगाडी बढाउने तयारी असफल भएको थियो । आफ्नो प्रयास असफल भएपछि अध्यक्षको दाबेदार प्रदिप नेपाली, उपाध्यक्षमा दाबी गरेका नारायण भुसाल लगायतको केही आयोजक र प्रतिनिधीको टोली बाहिरिएको थियो । अधिवेशनमा बिद्यार्थीको भावना बिपरित केही पक्ष चल्न खोजको भन्दै त्यसलाई अस्वीकार गरिएको नवगठित जिल्ला कमिटिका अध्यक्ष कृष्ण पाण्डेले प्रतिक्रिया दिनुुभयो । उहाँले असन्तुष्ट पक्षलाई समेत समावेश गरी अखिललाई क्रियाशील र जुुझारु अखिलको रुपमा लैजाने बताउनुुभयो । तत्कालै बार्षिक योजना सार्वजनिक गर्ने पाण्डेको भनाई छ ।
२०६७ सालमा वर्तमान केन्द्रिय सदस्य भरत न्यौपाने र पूर्व राष्ट्रिय परिषद सदस्य हृदयकुमार भुसाल बिच चुनाब भई भरत न्यौपाने अध्यक्षमा निर्बाचीत भएका थिए । न्यौपाने निर्बाचित भएको लामो समय सम्म पनि अखिलको जिल्ला अधिबेशन हुन सकेको थिएन । २०७२ साउन १६ गते जिल्ला अधिबेशन गर्ने भन्दै ४ बर्ष पछाडि नेकपा एमालेका कार्यबाहक अध्यक्ष जीबनारायण कोईराला, उप–सचिब प्रेमनारायण गैरेको आतिथ्यतामा पुन भरत न्यौपानेको संयोजकत्वमा सम्मेलन आयोजक कमिटि गठन गरिएको थियो । तर समयमै अधिबेशन गर्न नसक्दा भरत न्यौपाने संयोजकबाट बिदा भई प्रदिप नेपालीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कमिटिको गठन गर्ने निर्णय गरिएको थियो ।
नेपालीको कार्यकाल अमान्य
दाङ्गमा सम्पन्न बिधान सम्मेलन अनुसार आयोजक कमिटि पुर्न गठन गरिएको भएपनि प्रदिप नेपालीको कार्यकाल नमानिने निर्णय भएको छ । नेपाली अध्यक्ष भए पनि उनी अध्यक्ष भएको कार्यकाल भने अखिल अर्घाखाँचीको ईतिहासमा नभेटिने भएको एक बिद्यार्थी नेताले बताए । भरत न्यौपाने २० औ जिल्ला अधिवेशनबाट निर्बाचित भएर जिल्ला अधिबेशन समयमै गर्न नसकि नेपालीलाई अध्यक्ष पद दिदा २१ औँ अधिबेसन मानिने सम्भावना थियो । तर दाङ्गमा सम्पन्न बिधान सम्मेलनको निर्णय अनुसार भएको भएपनि बिधान अनुसार नेपालीको कार्यकाल नहुने भनि नेकपा एमालेका जिल्ला सदस्य तथा बिद्यार्थी ईन्चार्ज लिलबहादुर बिकले अनेरास्वबियुको बैठकमा बताएपछि सोही अनुसार सम्मेलनको मिति तोकिएको श्रोतको भनाई छ । सोही अनुसार नै २१ आँै सम्मेलन भएको र नेपालीको कार्यकाल नमानिने भएको हो । त्यसो त कमिटि पुर्नगठन गर्दा पदाधिकारी नबनाउनु र कार्यकाल नमान्दा नेपालीलाई फेरी नेतृत्वमा दोहो¥याउन सजिलो हुनेभएकाले सो कुुरा अडाडि सारिएको हुन सक्ने एक नेताले बताएका छन् ।







0 comments
तपाइको प्रतिक्रिया दिनुहोस