संबिधान संशोधन प्रस्ताव फेल भैसकेको माओबादी केन्द्रका नेता रायमाझीको भनाई

बसन्त श्रेष्ठ ‘छापेली’
मंसिर ३० गते, अर्घाखाँची
Image may contain: 10 people, people standing
नेकपा माओबादी केन्द्रका संसदिय दलका उपनेता टोपबहादुर रायमझीले पाँच नम्बर प्रदेश कसैको इसारामा नटुक्रिने बताउनुभएको छ । संरकारले संबिधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको बिरोधमा भएको अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा संयुक्त संघर्ष समितिले आयोजना गरेको कार्यक्रममा नेता रायमाझीले सरकारले प्रस्ताव दर्ता गरेको भएपनि आवश्यक दुईतिहाइ नपुग्दा प्रस्ताव पास नहुँने बताउनुभयो । गृह जिल्ला अर्घाखाँची आइपुगेका नेता रायमाझीले नेकपा एमाले, लगायतका दलहरु बिपक्षमा उभिएको कारण संशोधन प्रस्ताव पास नहुँने भन्दै सरकार पक्षबाटै आफु र नेपाली कांग्रेसका नेताहरु समेत बिपक्षमा उभिएको बताउनुभयो । 
Image may contain: 5 people, crowd and outdoor
कार्यक्रममा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सरकारले ९० प्रतिशतको सहमतिलाई लत्याएर सिमित नेताहरुको आग्रहलाई पुरा गर्न संबिधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको आरोप लगाउनुभयो । संयुक्त संघर्ष समितिको बिशाल जनसभालाई सन्धिखर्कको टुडिखेलमा संबोधन गर्दै नेता भण्डारीले पाँच नम्बर प्रदेश टुक्र्याउने सरकारको प्रस्ताव गलत रहेकाले सरकार असफल हुने दाबी गर्नुभयो । गुल्मी जिल्लाका सांसद भण्डारीले सरकारको बिरुद्ध जनता सडकमा उत्रिएकाले प्रस्तावको कुनै अर्थ नभएको बताउनुभयो । 
कायक्रममा सांसद डा. दुनम सिंह थापाले सरकारले प्रधानमन्त्रीको पदका लागि पाँच नम्बर प्रदेशका जनतालाई धितो राखेको आरोप लगाउनुभयो । सरकाले संबिधान संशोधन प्रस्तावमा अर्घाखाँची लगायतका पहाडी जिल्लालाई पाँच नम्बर प्रदेशबाट छुटाएर प्रदेश नम्बर चारमा लैजान लागेको बिरोधमा बन्द तथा बिरोध प्रर्दशनका कार्यक्रम जारी छ । आज सन्धिखर्कको शान्ति बगैचाबाट सुरु भएको बिरोध ¥याली मिडिया चोक, हललाईन, मसाल बजार लगायतका मुख्य मुख्य चोक परिक्रमा गरी टुडिखेलमा पुगेर कोण सभामा परिणत भएको थियो । 
कायक्रममा नेकपा एमाले पोलिट ब्युरो सदस्य दलबहादुर राना, राष्ट्रिय जनमोर्चाका केन्द्रिय उपाध्यक्ष दुर्गा पौडेल, कांग्रेस नेता रेवती प्रसाद भुसाल, नेकपा एमाले केन्द्रिय सदस्य नजिर मिया, नेकपा मालेको सांसद कमला विश्वकर्मा, अर्घाखाँची क्ष्ेत्र नम्बर २ का सांसद डा. दुनम सिंह थापा लगायतले मन्तब्य राख्दै अखण्ड पाँच नम्बर प्रदेशको पक्षमा बोलेका थिए । कार्यक्रमा अर्घाखाँची क्षेत्र नम्बर २ का सांसद डा थापाले सरकारले प्रधानमन्त्रीको पदका लागि पाँच नम्बर प्रदेशका जनतालाई धितो राखेको आरोप लगाउनुभयो । थापाले मधेशी दलको असन्तुष्टी कैलाली र कञ्चनपुर लगायतका जिल्लामा भएको भन्दै बिबादनै नभएको ठाऊमा सरकारले बिबादको उत्पन्न गराएको आरोप लगाउनुभयो ।
कार्यक्रममा गुल्मी जिल्लाका दलका नेताहरुले समेत बोलेका थिए । कांग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठ, एमाले जिल्ला अध्यक्ष मधुकृष्ण पन्थ, राप्रपाका अनिल कक्षपति, राजमोका कमल अर्याल, नया शक्तिका घनश्याम पाण्डे, अन्तरपार्टी महिला  सञ्जालका बिष्णु सापकोटा, गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष दुर्गा प्रसाद पाण्डे लगायतले बोल्दै पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला हटाइए परिाणम सहि नहुने सरकारलाई चेतावनी दिएका छन्  । कार्यक्रमम कांग्रेस सभापति एवं संयुक्त संघर्ष समितिका संयोजक बिष्णु प्रसाद खनाल मुस्कानको अध्यक्षता, नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष चेतनारायण आचार्यको स्वागत मन्तब्य र नेकपा माओबादी केन्द्रका जिल्ला संयोजक छमकुमारी खनाल चिनारीको सञ्चालनमा सम्पन्न भएको थियो । 

५ नम्बर प्रदेश टुक्र्याउने सकारले गरेको निर्णयका बिरुद्ध भोलि देखि ३ गते सम्म ५ नम्बर प्रदेश भर आमहड्तालको घोषणा गरिएको छ । आमहड्तालमा उद्योग धन्दा, कलकारखाना, शिक्षण संस्था, यातायात, बजार पूर्ण रुपमा बन्द हुने सङघर्ष समितिका संयोजक तथा काङ्ग्रेस सभापति बिष्णु प्रसाद खनाल मुस्कानले जानकारी दिनु भयो । जिल्लालाई १ गते देखि मंसिर ६ गते सम्म बन्द गर्ने पनि समितिको भनाई छ ।

, , , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस