संबिधान संशोधनको बिरोधमा आज सन्ध्खिर्कमा मसाल जुलुस प्रर्दशन (यस्तो थियो मसाल जुलुस भिडियो सहित)

बिशाल जनप्रर्दशन हुने जिल्ला बन्दको घोषणा

बसन्त श्रेष्ठ ‘छापेली’
मंसिर २९ गते, अर्घाखाँची
संबिधान संशोधन प्रस्तावको बिपक्षमा बुधवार पनि सन्धिखर्कमा बिरोध प्रर्दशन गरिएको छ । संयुक्त संघर्ष समिति अर्घाखाँची आयोजनामा बुधवार सन्धिखर्कमा बिशाल मसाल जुलुस निकालिएको थियो । सन्धिखर्ककको वेलबाटिकाबाट सुरु भएको बिशाल मसाल जुलुस बाँगीखोला, मिडियाचोक हुँदै  शान्ति बगैँचामा पुगी कोण सभामा परिणत भएको थियो । सभामा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य चन्द्रबहादुर खड्का उज्वलले सम्बोधन गर्नुभएको थियो । सभालाई सम्बोधन गर्दै नेता खड्काले पाँच नम्बर प्रदेशका राजनीतिक दलहरु एउटै पार्टीको रुपमा अखण्ड पाँच नम्बरको मुद्धालाई अगाडि सारेको बताउनुभयो । 

यस्तो थियो मसाल जुलुस भिडियो सहित

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि उपाध्यक्ष जीवनारायण कोइरालाले बिहिवार हुने बिशाल जनसभामा गाऊ गाऊबाट अनिवार्य रुपमा उपस्थिती जनाउन आग्रह गर्नुभएको थियो । ५ नम्बर प्रदेश टुक्रयाउने गरी सरकारले संसदमा प्रस्ताव दर्ता विरुद्द अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा बिहिवार विशाल विरोध सभा तथा जनप्रदर्शन कार्यक्रम हुँदैछ ।  विशाल विरोध सभा तथा जनप्रदर्शन कार्यक्रमका लागि संघ संस्था, राजनीतिक दलहरु लगायतले आआफ्नै तवरले तयारी गरिरहेका छन् । उक्त विशाल विरोधसभामा माओबादी केन्द्रका नेता तथा सांसद टोप बहादुर रायमाझी, नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सांसद चन्द्र भण्डारी, नेकपा एमालेका नेता दल बहादुर राना, राष्ट्रिय जनमोर्चाका नेता तथा सांसद दुर्गा पौडेल लगायतबाट सम्बोधन गर्ने कार्यक्रम रहेकोे संयुक्त संघर्ष समितिका संयोजक बिष्णु प्रसाद खनाल मुस्कानले जानकारी दिनुभयो ।  

बिहान देखि बजार, पसल, उद्योग धन्दा भने बन्द हुने छन् । बिहान १२ बजे देखि ४ बजे सम्म यातायातको साधनहरु समेत बन्द हुने र बिद्यालय भने सञ्चालन हुन दिने संघर्ष समितिले जानकारी दिएको छ । 


, , , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस