भोट भिष्म कुमार भुसाललाई

इमान्दार, कर्तव्यनिष्ट, स्वच्छ छविका र नागरिक प्रति जवाफदेही कर्मचारीहरु मध्येबाट उत्कृष्ट एकजना छनौट गर्ने क्रममा कूल ८३२ प्रतिस्पर्धीबाट छनौट भै उत्कृष्ट पाँच भित्र पर्नुभएको छ >


अर्घाखाँची जुकेना स्थायी घर भै हाल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा भूकम्प पश्चातको पुनर्निर्माणमा सार्वजनिक बिदा तथा दिनरात नभनी खटिरहनु भएका डा. भीष्मकुमार भूसाल। भ्रष्टाचार बिरुध्दका अभियन्ता समेत रहनुभएका उहाँले सो को लागि २०१३ मा हेम सरिता अन्तर्राष्ट्रिय साहित्य पुरस्कार समेत प्राप्त गर्नुभएको छ।
Image may contain: 1 person, close-up
http://www.integrityidol.org/countries/nepal/bhot for bhisma kumar bhusal

भ्रष्टाचार विरुध्द ''वाचा गर्छु'' शीर्षकमा र पुनर्निर्माणमा जुट्न आव्हान गर्दै ''अब उठ जाग'' तथा ''यो प्रण यो समर्पण'' नामक म्यूजिक भिडियो समेत बनाउनु भएका उहाँको पेशा प्रतिको निष्ठा र समर्पण प्रशंसनीय छ। यस्ता राष्ट्रसेवकलाई प्रोत्साहित गर्नु हामी सबैको कर्तव्य पनि हो। उहाँलाई जिताउनको लागि मोबाइलबाट एसएमएस भोटिङ्ग गर्न तथा अनलाइन भोटिङ्ग समेत गर्न सकिन्छ।


मोबाइलबाट भोटिङ्गका लागि IIN 01 (आइआइएन लेखेर स्पेश दिने अनि शून्य एक टाइप गर्ने) टाइप गरेर 34001 मा पठाउनु पर्छ भने अनलाइन भोटिङ्ग गर्न http://www.integrityidol.org/countries/nepal/ मा क्लिक गरी उहाँको नामसँगै लेखिएको Vote भन्ने शब्दमा क्लिक गर्नुपर्छ। उहाँलाई भोट गरी देशमा सुशासनलाई प्रोत्साहन गरौ।

, , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस