एमालेलाई कमजोर बनाउन खोज्ने आफै कमजोर : घिमीरे
बसन्त श्रेष्ठ छापेली
नेकपा एमाले सन्धिखर्क नगर कमिटिको प्रथम पूर्ण बैठक मदन आश्रित स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै प्रमुख अथिति समेत रहनुभएका नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सचिवालय सदस्य रामजीप्रसाद घिमीरेले पार्टीलार्ई कमजोर बनाउने सपना देखेकाहरु स्वयम् आफै कमजोर साबित भएको बताउनुभएको छ । सन्धिखर्क नगरकमिटिको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य समेत रहनुभएका नेता घिमीले पदलोलुपहरुको चुइटाइले नेकपा एमाले झनै शसक्त बनेकोले फेरी चुनाबी मैदानबाट सत्ताको बागडोर सम्हाल्ने बताउनुभयो ।
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य केबी भुसालले संगठन बिरोधीहरुसँगको विभाजले पार्टी झनै मजबुद बनेको बताउनुभयो । बिभाजनले नेकपा एमालेमा सर्वसम्मत नेतृत्व चयन सम्भब भएको भन्दै नेता भुसालले पार्टीमा एक मना एकता कायम रहेको दाबी गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य तथा सन्धिखर्क नगर कमिटि इन्चार्ज युवराज श्रेष्ठ, जिल्ला कमिटि सचिवालय सदस्य तथा सह इन्चार्ज शम्भु पोख्रेल, जिल्ला कमिटि सचिवालय सदस्यहरु रामचन्द्र पोख्रेल, इश्वरा पोख्रेल, भोज बहादुर गन्दर्भ, सरोज भुसाल, मोतिजंग रायमाझी, नारायण आर्याल, सहिदिन मिया, सुस्मा श्रेष्ठ, मिश्रा आचार्य, पुष्पा भुसाल लगायतले बैठकको सफलताको शभकामना मन्तय राख्नुभएको थियो ।
नगर कमिटिको पहिलो बैठकले १२ वटै वडामा वडा कमिटि इन्चार्ज चयन गरेको छ । बैठकले वडा नं १ मा बाबुराम पन्थी, २ मा टोपलाल खनाल, ३ मा बाबु खड्का, ४ मा कृष्ण प्रसाद बञ्जाडे, ५ मा कृष्ण बहादुर अधिकारी, ६ मा प्रितम केसी, ७ मा लक्ष्मण कण्डेल, ८ मा धर्मपराजुली, ९ मा मेखबहादुर कार्की १० मा लक्ष्मीनारायण चुदाली, ११ मा हुमबहादुर कुवँर र १२ मा मुधुकुमार श्रेष्ठलाई वडा कमिटिको इन्चार्ज चयन गरिएको नगरकमिटि अध्यक्ष श्रीकृष्ण भुसालले जानकारी दिनुभयो ।
बैठकले २८ सदस्यीय सचिवालयको समेत गठन गरेको छ । जसमा नगर कमिटिका पदाधीकारी सहित, युवराज बञ्जाडे, लेखनाल भुसाल, पदम भुसाल, बलबहादुर रायमाझी भरत न्यौपाने, रामजी मरासिनी, नारायण श्रेष्ठ, सिता रायमाझी, पार्वती भुसाल, ढुण्डीराज अधिकारी, आशा परियार र १२ वटै वडाका वडा इन्चार्ज रहनुभएको नगर कमिटि उपसचिव तथा प्रचार बिभाग प्रमुख लक्ष्मण पराजलीले जानकारी दिनुभयो ।
बैठकमा नगर कमिटि अध्यक्ष श्रीकृष्ण भुसालको अध्यक्षता, सचिव कुशल भुसालको सञ्चालन र नगर कमिटि उपाध्यक्ष शिब अधिकारीको स्वागत मन्तब्य रहेको थियो । बैठकले पाटी गतिबिधीलाई चुस्त राख्न बिभागीय जिम्मेवारी समेत बाडफाड गरेको छ । जस अन्र्तगत स्कूल बिभागमा नगर कमिटि अध्यक्ष श्रीकृष्ण भुसाल, आर्थिक बिभागमा उपाध्यक्ष शिव अधिकारी, संगठन बिभागमा सचिव कुशल भुसाल र प्रचार बिभागमा उपसचिव लक्ष्मण पराजुलीलाई जिम्मेवारी निर्धारण समेत गरेको छ ।
दिपेन्द्र श्रेष्ठ ,अर्घाखाँची
छत्रदेव।
बुलन्द,बैशाख ३१ बुधबार - अर्घाखाँची
जिल्लाको छत्रदेव गाउँपालिका वडा नं ४ बलकोटको महेन्द्र बिद्धाबोध माबिमा रहेको
क्वारेनटाइनमा रहेका सात जनाको कोरोना रोपोर्ट नेगेटिभ आएको छ |
क्वारेनटाइनमा रहेका सात जनाको स्वाबको
नमुना संकलन गरी छत्रदेव गाउँपालिकाको पहलमा पीसीआर परिक्षणको लागि गत आइतबार प्रदेश
जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको थियो ।
छत्रदेव गाउँपालिकाको क्वारेनटाइनमा
रहेका उनीहरुको कोरोना रिपोर्ट बुधबार बिहान नेगेटिभ आएसंगै उनीहरुलाई दिउसो होम
क्वारेनटाइनमा बस्ने गरि घर घरमा पठाइएको छत्रदेव
गाउँपालिकाका प्रबक्ता तथा वडा नं ५ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठले
बताउनुभयो ।
क्वारेनटाईनमा रहेका सात जना मध्ये ४
जना भारत बाट १७ दिन अघि र नेपालगंजबाट छ
दिन सम्म कठिन पैदलयात्रा गरेर आएका ३ जना १२दिन अघिदेखि उक्त क्वारेनटाइनमा रहेका
थिय ।
"हामीहरुलाई क्वारेनटाइनमा
ब्याबस्थित तरिकाले राखी हामिहरुलाइ छत्रदेव
गाउँपालिकाले निभाएको जिम्मेबारी प्रति हामीहरु आभारी छौ क्वारेनटाइनमा बस्दाका
दिनहरु बितेको पत्तै भएन पालिकाका जनप्रतिनिधि
संगको दैनिकी भेटघाटले घरमै बसेजस्तो अनुभूति दिलाएकोमा सिङ्गो छत्रदेव गाउँपालिकाका
जनप्रतिनिधिहरुको टिमलाई बिशेष आभार प्रकट गर्न चाहन्छु आज हामीहरु घर जादैछौ अबका
दिनहरुमा पनि पालिकाको नियम र नीतिमै रहेर घरमा होम क्वारेनटाइनमै बस्छौ "
क्वारेनटाइनमा बसेर हर्षोल्लासका साथ् घर
जादै गरेका प्रकाश भुसालले बताए ।
क्वारेनटाइनमा रहेका उनीहरुमा कुनै पनि
लक्षण देखिएको थियन तैपनि पालिकाले निभाउनुपर्ने जिम्मेबारी पुरा गर्न हामीले PCR प्रबिधि
नै भरपर्दो हुनेहुदा उहाँहरुको स्वाबको नमुना संकलन गरि परिक्षणको लागि आइतबार
प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाएका थियौ ।
उहाहरुको रिपोर्ट आज बिहान नेगेटिभ
आइसकेको हुदा उहारुलाई होम क्वारेनटाइनमा बस्न आग्रह गर्दै घर पठायका छौ ।
क्वारेनटाइनमा बसेकाहरुले गाउँपालिकाको
नीति र नियम मर्म अनुरुप गाउपालिकाले तोकेको क्वारेनटाइनमा सहर्ष बसेर गाउँपालिकाको
कोरोना न्यूनीकरण कार्यमा सहयोग पुराएको भन्दै छत्रदेव गाउँपालिकाका प्रमुख लेखनाथ
पोख्रेलले उनीहरुप्रति आभार प्रकट गर्नुभएको थियो ।
काठमाण्डाै । सरकारले इन्टरनेट सेवाप्रदायक कम्पनीहरुको दवावमा सेवाग्राहीमाथि मर्मत शुल्क लिनसक्ने बाटो खुला गरेको छ ।
कारोबार दैनिकका अनुसार चालू वर्षको आर्थिक विद्येयकमा ल्याइएको इन्टरनेट सेवामा १३ प्रतिशत अतिरिक्त दूरसञ्चार सेवा शुल्क (टीएससी) को विरोधमा उत्रिएका सेवा प्रदायकको आन्दोलनपछि सरकारले यस्तो बाटो खोलिदिएको हो ।
व्यवसायीले लामो समयदेखि यस्तो शीर्षकमा शुल्क लिँदै आए पनि सरकारले कारबाही गर्न सकेको थिएन ।
तर, हालै मन्त्रिपरिषद् बैठकले व्यवसायीको अवैध क्रियाकलापको पक्षपोषण गर्दै मर्मतसम्भार शुल्क लिन पाउने व्यवस्था गरेको हो । सेवा शुल्कबाट उपभोक्तालाई
मूल्यवृद्धि हुने भएकाले सरकारले व्यवसायीले यो छुट दिएको हो । मर्मतसम्भार शुल्कलाई बैधता दिँदा उपभोक्ता भने प्रत्यक्ष मारमा परेका छन् । कारोबार दैनिकमा सरस्वती ढकालले लेखेकी छिन् ।
सुवास गाैतम
साउन ५ पाणिनी, अर्घाखाँची
पाणिनी गाउपालिकाकाे अायाेजनामा श्राेत केन्द्र स्थापना कार्यक्रम तथा उन्नत जातका बाेयर बाख्रा कृषक समुहलाइ हस्तान्तरण कार्यक्रम पाणिनी गाउपालिकाकाे दुर्गाफाटमा सम्पन्न भएकाे छ ।



पाणिनी गाउपालिकाकाे अायाेजनामा साे कार्यक्रम सम्पन्न भएकाे हाे। साेहि कार्यक्रममा मन्तव्य राख्दै पाणिनि गाउपालिका अध्यक्ष तथा साेहि कार्यक्रमका अध्यक्ष समेत रहेका पाणिनी गाउपालिका अध्यक्ष अच्युत गाैतमले पालिकाकाे अार्थिक बिकास तथा सम्बृद्विकाे लागि अष्ट्रेलिया बाट बाेयर जातकाे बाख्रा यस पालिकामा ल्याएकाे बताए धेरै लामाे प्रयास पछि बाख्रा ल्याउन सफल भएकाे र बाख्रा ल्याउने कार्यमा सहयाेग गर्ने सबै पक्षलाइ धन्यवाद दिए। उनले भने बाेयर बाख्रा अाएसगै पाणिनीकाे अार्थिक बिकासकाे लागि नया खम्बा तयार भएकाे बताए।



उनले भने पाणिनी गाउपालिकाका प्रत्येक कृषकहरूकाे घर घरहरूमा २/४ बर्षमा बाेयर जातकाे बाख्रा हुने र कृषकहरूकाे अार्थिक पक्षमा सुधार हुने बताए। साेहि कार्यक्रममा बाेल्दै पाणिनी गाउपालिका उपाध्यक्ष लक्ष्मी गाैतमले गाउपालिकामा अष्ट्रेलियन बाेयर जातकाे बाख्रा भित्रीएकाेले बिदेशमा बस्ने नेपाली युवायुवती हरूलाइ स्वदेशमा फर्कन अावान गरिन। उनले भनिन यस कार्यक्रमले युवायुवतीहरू बिदेशिनु नपर्ने र अाफ्नै स्वदेशमा बसि स्वराेजगार हुँदै अार्थिक पक्ष सुधार्नुपर्ने बताइन। साेहि कार्यक्रममा बाेल्दै पाणिनि गाउपालिका का प्रमुख प्रसासकिय अधिकृत जनकराज पन्थीले बाेयर जातकाे बाख्रा बितरण कार्यक्रमले नेपालमै पाणिनि गा पा ले एक उदाहरणीय कार्य गरेकाे बताए।

उनले भने याे कार्यक्रम काे प्रमुख उद्वेश्य श्राेत केन्द्र स्थापना गर्ने र ३/४ बर्षमा पाणिनी गाउपालिकाका प्रत्येक कृषकहरूका घरमा बाेयर जातकाे बाख्रा हुनेर अार्थिक पक्ष सबल गराउने तर्फ पाणिनी गाउपालिका लागि परेकाे बताए। साेहि कार्यक्रम पाणिनि गा.पा. अध्यक्ष अच्युत गाैतमकाे अध्यक्षता र कृषि प्राविधिक दधिराम घिमिरेकाे सन्चालनमा सम्पन्न भएकाे हाे ।

साेहि कार्यक्रममा ३ वटा श्राेत केन्द्र लाइ ६/६ वटाका दरले र श्राेत केन्द्र स्थापना नभएका वडालाइ एकएक वटाका दरले बाेयर जातकाे बाेका बितरण गरिएकाे थियाे।
सागर परियार
२३ माघ २०७५
छत्रदेब गाउँपालिकाका प्रत्येक वडाको चौमासिक सार्वजनिक सुनुवाई गर्न गाउँपालिकालाई अनुरोध गरिने भएको छ । वडा तहमा सार्वजनिक सुनुवाई नुहँदा सामाजिक जवाफदेहितामा कमी आएकोे साथै जनगुनासो सुनुवाई र सम्बोधनको अवस्था फितलो भएको भन्दै गाउँपालिका भित्रका सबै वडाको चौमासिक सार्वजनिक सुनुवाई गर्ने व्यवस्था गर्न गाउँपालिकामा ध्यानाकर्षण गराइने भएको हो ।

एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीको आयोजना तथा वडा कार्यालयको समन्वयमा पारष्परिक जवापफदेहिता परियोजना अन्र्तगत भएको सामाजिक जवाफदेहिताका औजार सम्बन्धी अभिमुखीकरण कार्यक्रममा गाउँपालिकालाई सुशासन नीति बनाएर सामाजिक जवाफदेहिताका औजारहरु सामाजिक परीक्षण, सार्वजनिक सुनुवाई, सार्वजनिक परीक्षण लगायतका औजारहरुको प्रयोगमा ध्यानाकर्षण गराउने निर्णय भएको छ । त्यस्तै निर्माण व्यवसायी मार्फत सम्पन्न हुने हरेक योजनामा उपभोत्ता समिति र वडा कार्यालयको सिफारिसमा मात्र सम्पन्न गर्ने व्यवस्था मिलाउन गाउँपालिकामा अनुरोध गर्ने निर्णय भएको हो ।

अभिमुखीकरण कार्यक्रममा एकीकृत ग्रामीण विकास समाज प्रधान कार्यालय गुल्मीका अध्यक्ष हिरा एसी, कार्यकारी निर्देशक कृष्ण विश्वकर्मा लगायतले समाजिक जवाफदेहिताका औजार सम्बन्धी सहजीकरण गर्नुभएको थियो । संस्थाका जिल्ला अध्यक्ष हृदयकुमार भुसालको अध्यक्षता रहेको कार्यक्रममा वडाध्यक्ष शोभाखर पाण्डेको प्रमुख आथित्यता रहेको थियो ।
वडा सदस्य गोपालप्रसाद मरासिनी, सचिव होमनाथ न्यौपाने, सरस्वति मा.वि का प्राचार्य ठाकुरप्रसाद पाण्डे, जनकल्याण मा.वि का प्राचार्य कविराम अधिकारी, स्वास्थ्य चौकी इन्चार्ज कमल प्रसाद पाण्डे, कृषि प्राविधिक प्रकाश घिमिले, नेपाल पत्रकार महासंघका प्रदेश पार्सद तथा रेडियो मालारानीका स्टेशन म्यानेजर नबीन केसी लगायतको आथित्यता रहेको कार्यक्रममा संस्थाका बसन्त श्रेष्ठको सञ्चालन रहेको थियो । 

इमान्दार, कर्तव्यनिष्ट, स्वच्छ छविका र नागरिक प्रति जवाफदेही कर्मचारीहरु मध्येबाट उत्कृष्ट एकजना छनौट गर्ने क्रममा कूल ८३२ प्रतिस्पर्धीबाट छनौट भै उत्कृष्ट पाँच भित्र पर्नुभएको छ >
अर्घाखाँची जुकेना स्थायी घर भै हाल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा भूकम्प पश्चातको पुनर्निर्माणमा सार्वजनिक बिदा तथा दिनरात नभनी खटिरहनु भएका डा. भीष्मकुमार भूसाल। भ्रष्टाचार बिरुध्दका अभियन्ता समेत रहनुभएका उहाँले सो को लागि २०१३ मा हेम सरिता अन्तर्राष्ट्रिय साहित्य पुरस्कार समेत प्राप्त गर्नुभएको छ।
![]() |
| http://www.integrityidol.org/countries/nepal/bhot for bhisma kumar bhusal |
भ्रष्टाचार विरुध्द ''वाचा गर्छु'' शीर्षकमा र पुनर्निर्माणमा जुट्न आव्हान गर्दै ''अब उठ जाग'' तथा ''यो प्रण यो समर्पण'' नामक म्यूजिक भिडियो समेत बनाउनु भएका उहाँको पेशा प्रतिको निष्ठा र समर्पण प्रशंसनीय छ। यस्ता राष्ट्रसेवकलाई प्रोत्साहित गर्नु हामी सबैको कर्तव्य पनि हो। उहाँलाई जिताउनको लागि मोबाइलबाट एसएमएस भोटिङ्ग गर्न तथा अनलाइन भोटिङ्ग समेत गर्न सकिन्छ।
मोबाइलबाट भोटिङ्गका लागि IIN 01 (आइआइएन लेखेर स्पेश दिने अनि शून्य एक टाइप गर्ने) टाइप गरेर 34001 मा पठाउनु पर्छ भने अनलाइन भोटिङ्ग गर्न http://www.integrityidol.org/countries/nepal/ मा क्लिक गरी उहाँको नामसँगै लेखिएको Vote भन्ने शब्दमा क्लिक गर्नुपर्छ। उहाँलाई भोट गरी देशमा सुशासनलाई प्रोत्साहन गरौ।
दोहोरीको रमाइलोदेखि धर्ती छाड्ने मान्यतासम्म
२४ असोज, काठमाडौं । दशैंको अवसरमा पिङ तीन प्रकारका देख्न पाइन्छन् । पहिलो हो-लिंगे पिङ, दोस्रो रोटे पिङ र तेस्रो, घरघरमा केटाकेटीका लागि बनाइएका स-साना पिङ खेल्ने ठाउँहरु । जे भए पनि दशैंमा पिङको धेरै नै महत्व छ ।
केटाकेटीहरु रमाइलोका लागि पिङमा झुत्तिन्छन् । बूढापाकाहरुले पनि टीकाको दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यताका आधारमा एकपटक पिङ खेल्नुपर्छ भन्ने मान्यता छ । गाउँघरमा वयस्क युवायुवतीहरु एउटै लठारोमा चढेर पिङ मच्चाउँछन्, जसलाई दोहोरी खेलेको भन्ने गरिन्छ ।
गाउँघरमा बाबियोबाट बनाइएको लठारोको प्रयोग गरेर दशैंका बेला लिंगे पिङ हाल्ने चलन छ । तराईमा सनपाटको लठारो बनाउने चलन भए पनि सनपाट खेती मासिँदै गएकाले पहिलेजस्तो पिङ बनाउन समस्या छ । तैपनि काठमाडौं उपत्यका र बाहिरी जिल्लाहरुमा दशैंमा पिङ लगाउने प्रचलन अद्यावधि छँदैछ । यहाँ हामीले काठमाडौं उपत्यकामा पिङमा वालवालिकाहरु रमाइरहेका केही तस्वीर पस्केका छौं –
गाउँघरमा बाबियोबाट बनाइएको लठारोको प्रयोग गरेर दशैंका बेला लिंगे पिङ हाल्ने चलन छ । तराईमा सनपाटको लठारो बनाउने चलन भए पनि सनपाट खेती मासिँदै गएकाले पहिलेजस्तो पिङ बनाउन समस्या छ । तैपनि काठमाडौं उपत्यका र बाहिरी जिल्लाहरुमा दशैंमा पिङ लगाउने प्रचलन अद्यावधि छँदैछ । यहाँ हामीले काठमाडौं उपत्यकामा पिङमा वालवालिकाहरु रमाइरहेका केही तस्वीर पस्केका छौं –
फाइल तस्वीर
२० साउन, सुर्खेत । मकालु एयरको विमान बिहीबार दिउँसो हुम्लामा दुर्घटना भएको छ । हुम्ला सदरमुकाम सिमिकोटबाट सुर्खेतका लागि उडेको नाइन एन एएलडी कलसाइनको विमान सिमिकोटको एक खोला नजिकै दुर्घटना भएको हो ।
पर्यटन मन्त्रालयका सहसचिव घनश्याम शर्माका अनुसार विमानमा पाइलट सांगे लामा र कोपाइलट प्रशान्त शाह मात्रै थिए । उनीहरु घाइते भएका छन् । उनीहरुलाई सिम्रिक एयरको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
विमानको इन्जिनमा खराबी आएपछि फोर्स ल्याण्डिङ गराउने क्रममा दुर्घटना भएको हो ।
बुलन्द न्यूज डेक्स अर्घाखाँची साउन १३ ।
अर्घाखाँचीमा दुई नगरपालिका सहित ४ गाऊ पालिका बन्ने लगभग निश्चित भएको छ । जिल्लामा दुई नगरपालिका र ४ गाउँपालिका सहित ६ ओटा स्थानीय सरकारको खाका तयार भएको हो
बिहिबार कांग्रेस पार्टी कार्यालयमा बसेको सर्बदलिय वैठकले स्थानीय सरकारको खाका तयार गरेको निर्णय गरेको हो । एक नगरपालिका र ३५ गाविस रहेकोमा दुइ नगरपालिका र ४ गाउँपालिका गरि छ स्थानीय सरकार बन्ने भएका छन् । वैठकले नगरपालिका र गाउँपालिकाको नामांकन गर्नुका साथै केन्द्रको पनि टुङ्गो लगाएको छ । धार्मिक तथा पर्यटकीय स्थलको नामबाट गाउँपालिका र नगरपालिकाको नामकरण गरिएको छ । ०७१ वैशाख २५ गते सात गाविसहरु सन्धिखर्क, किमडाँडा, वाङ्गला, खाँचीकोट, नरपानी डिभर्ना, अर्घा गाविस नगरपालिकामा परिणत भएका थिए । नयाँ पुर्नसंरचना अन्तर्गत डमरुदह नगरपालिका भएको छ ।
ठाडा, जुकेना, जलुके, सिद्धारा, सिमलपानी, सितापुर र सुर्वणखनाल गाविसलाई समायोजन गरि डमरुदह नगरपालिका निर्माण गरिएको छ । यस्को केन्द्र ठाडा गाविसको सुकादहमा बनाइने भएको छ । पणेना, खिदिम, पोखराथोक, पटौटी, मैदान, धातिवाङ्ग पाली अडगुरी गाविसलाई समायोजन गरि पाणिनि गाउँपालिका भएको छ । यस्को केन्द्र दुर्गाफाँटमा राखिने छ । धनचौर, नुवाकोट, खिल्जी, असुरकोट, धारपानी र ढाकावाङ्ग गाविसलाई मिलाएर भूमेकास्थान गाउँपालिका बनाइएको छ । यस्को केन्द्र स्थलगत अध्ययन गरेर तय गरिने भएको छ । गोखुङ्गा, हंसपुर वाँगी, खन, खनदह, मरेङ्ग, अर्घातोष गाविसलाई समयोजन गरेर मालारानी गाउँपालिका बनाइएको छ । यस्को केन्द्र खनदह गाविसको गिद्धेपोखरी रहने भएको छ । यस्तै चिदिका, बल्कोट, केरुङ्गा छत्रगञ्ज, भगवति, ठूलापोखरा, अर्घातोष गाविस गाभिएर छत्रेश्वर गाउँपालिका बनेको छ । यस गाउँपालिकाको केन्द्र छत्रगञ्जमा राखिने भएको छ । यस्तै ढिकुरा गाविस र पाली गाविसको वडा नं. ९ बलेबाङ्ग सन्धिखर्क नगरपालिकामा गाभिएको छ । यस्तै चिदिका गाविसको वडा नं. ९ मधुलेखलाई पाणिनि गाउँपालिकामा गाभ्नुका साथै अर्घातोष र मरेङ्ग गाविसको पायक पर्ने वडाहरुलाई छत्रेश्वर गाउँपालिकामा समायोजन गर्ने निर्णय भएको छ ।

गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना आयोगले अर्घाखाँचीमा छ ओटा स्थानीय सरकार आवश्यक रहेको निष्कर्ष निकालेको थियो । आयोगले दिएको निर्देशनको आधारमा जिल्लालाई पुर्नसंरचना गरिएको हो । स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिका संयोजक तथा स्थानीय विकास अधिकारी लक्ष्मी पाण्डे गौतमले सबैको सहमतिमा स्थानीय सरकार गठन भएकाले निर्णय आयोगमा पठाउने तयारी भएको जानकारी दिनुुभयो । उहाँले एक दुइ तिन भित्रै वडाको पनि टुंगो लगाउने बताउनुुभयो । ’अन्य जिल्लाको तुलनामा हामी छिट्टै सहमतिमा पुगेका छौं’ उहाँले भन्नुु, ’वैज्ञानिक ढंगले गाउँपालिका नगरपालिका निर्माण गरेका छौं ।’ उहाँले जिल्लाका राजनीतक दलहरुको प्रभावकारी समन्वयका कारण छिट्टै टुंगोमा पुग्न सकिएको बताउनुभयो । पहाडी जिल्लाको हकमा गाउँपालिकाका लागि २५ हजार जनसंख्या आवश्यक पर्छ । यस्तै सदरमुकाम बाहिरको नगरपालिकाका लागि ३५ हजार र सदरमुकामको नगरपालिकाका लागि ४५ हजार जनसंख्या आवश्यक पर्ने उहाँले बताउनुभयो ।
.jpg)
गाउँपालिकाको वडाको लागि ३७ सय र नरपालिकाको वडाका लागि ४ हजार जनसंख्या अनिवार्य हुनुपर्ने प्रावधान रहेको छ । जनसंख्या कम भएपछि सन्धिखर्क नगरपालिकाका अधिकांश वडाहरु समेत गाभिने भएका छन् । गाउँपालिकामा ५ देखि १२ र नगरपालिकामा ९ देखि १४ वडाहरु कायम गरिनुपर्ने व्यवस्था छ । नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु खनाल मुस्कानले निर्विवाधित रुपमा छिट्टै जिल्लाको पुर्नसंरचना गरिएको बताउनुुभयो । ’हामीले गरेको निर्णयमा कसैले प्रश्न उठाउने ठाउँ छैन्’ उहाँले भन्नुभयो, समग्र जिल्लाको हितमा आधार भएर पुर्नसंरचना गरेका छौं ।’ नेकपा एमालेका जिल्ला जिल्ला कमिटी कार्यवहाक अध्यक्ष जीवनारायण कोइरालाले सबैलाई पायक पर्ने ढंगले जिल्लाको पुर्नसंरचना गरिएको बताउनुभयो । उहाँले दलहरुबीचमा कुनै पनि विवाद नभएको बताउनुुभयो । ’राजनीतिक स्वार्थबाट माथि उठेर निर्णय गरेका छौं’ उहाले भन्नुभयो, यो निकै राम्रो काम भएको छ ।’ नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष चन्द्र बहादुर खड्का उज्वलले गाउँपालिका र नगरपालिका निर्माण गर्दा कुनै पनि दलले राजनीतिक स्वार्थ नराखेको बताउनुुभयो । ’ भोलीका सन्ततीको भविश्यलाई ख्यालमा राखेर स्थानीय सरकार बनाएका छौं’ उज्वलले भन्नुभयोे, ’भूगोल र जनसंख्यालाई प्रमुख आधार मान्यौं ।
कस्लाई के हुँदै छ र कहाँ के हुन्छ त भोलिको सुर्य ग्रहणले
सुर्य ग्रहणको स्पर्श भोली बुधबार बिहान ५ बजेर ५१ मिनेटमा, मध्य ६ बजेर २५ मिनेटमा र मोक्ष ७ बजेर १ मिनेटमा हुने छ । ग्रहणको परम ग्रास २२ प्रतिशत रहनेछ । यो ग्रहण ३२० वर्ष पछि प्रञ्चग्रही योगमा पर्न आएको छ। यो ग्रहणले धेरै स्थान, देस र बिभिन्न कुरा हरुमा नकारात्मक असर पार्ने छ, जस्तै:- भुकम्प, सुनामी, जीवनउपयोगी बस्तुहरु महंगो हुने, प्रसिद्ध व्यक्तीको हत्या एवम मृत्यु समेत हुने छ।।
धार्मिकमान्यता अनुसार ग्रहणको समयमा सम्भोग र जलपान तथा भोजन गर्नु हुँदैन। यो समयमा सुत्नु हुँदैन र गर्भवती महिला बाहिर निस्कनु हुँदैन।
धार्मिकमान्यता अनुसार ग्रहणको समयमा सम्भोग र जलपान तथा भोजन गर्नु हुँदैन। यो समयमा सुत्नु हुँदैन र गर्भवती महिला बाहिर निस्कनु हुँदैन।
यो समय कुन राशीमा कस्तो प्रभाव पर्छ त?
मेष– लाभ
वृष– सुख
मिथुन– भय, अपमान
कर्क– मृत्यु तुल्य कष्ट
सिंह– दाम्पत्य जीवनमा बाधा
कन्या– सुख समृद्धिमा लाभ
तुला– चिन्तामा बृद्धि
वृश्चिक– शारीरिक कष्ट
धनु– धन लाभ
मकर– धन हानी
कुम्भ– दुर्घटनाको आशंका
मीन– कार्यक्षेत्रमा बाधा, सहयोगि बाट सतर्क र सावधान बस्नुस्
ज्योतिष आनन्द सुबेदी ९८४१२३३२९२
मेष– लाभ
वृष– सुख
मिथुन– भय, अपमान
कर्क– मृत्यु तुल्य कष्ट
सिंह– दाम्पत्य जीवनमा बाधा
कन्या– सुख समृद्धिमा लाभ
तुला– चिन्तामा बृद्धि
वृश्चिक– शारीरिक कष्ट
धनु– धन लाभ
मकर– धन हानी
कुम्भ– दुर्घटनाको आशंका
मीन– कार्यक्षेत्रमा बाधा, सहयोगि बाट सतर्क र सावधान बस्नुस्
ज्योतिष आनन्द सुबेदी ९८४१२३३२९२
एक अमेरिकी डलरमा आइफोन सिक्स र सिक्स एस
पुस ५ – समान्यतया एप्पलको आइफोनका मूल्य ६० हजार भन्दै धेरै नेपाली रुपैयाँ पर्छ । तर आइफोन एक अमेरिकी डलर अर्थात झण्डै एक सय नेपाली रुपैयाँमा पाइन्छ भन्दा पत्याउन गाह्रो हुन्छ ।
तर अनलाइन स्टोर वेष्ट बाइले एक अमेरिकी डलरमा १६ जिबी क्षमताको आइफोन सिक्स र सिक्स एसको बिक्री गरिहेको छ । शुक्रबारदेखि सुरु भएको तीन दिने योजना अन्तर्गत एक अमेरिकी डलरको दुई वर्षे किस्तामा आइफोन सिक्स र सिक्स एस बिक्रीका लागि अनलाइन बुकिङ गरिहेको छ ।
अनलाइन बुकिङ आइतबार सकिने छ । यसरी एक डलरको दुई वर्षे किस्तामा आइफोन किन्दा झण्डै एक सय ९८ अमेरिकी डलर बचत हुने वेष्ट बाइले दाबी गरेको छ । आफोन सिक्स एस सिल्भर, गोल्डेन, स्पेस ग्रे र रोज गोल्ड गरी चार रंगमा उपलब्ध गराएको छ । यस्तै आइफोन सिक्स स्पेस ग्रे रंगमा उपलब्ध रहेको वेष्ट बाइले जनाएको छ । यी सबै आइफोन दुई वर्षको किस्तामा किन्ता दुई सय अमेरिकी डलर मात्रै पर्नेछ । – एजेन्सीको सहयोगमा
पुस ४ - सामाजिक सञ्जालको विकाससँगै मानिसले धेरै सुविधा पाएको छ भने कतिपय अवस्थमा समस्यामा पनि पर्ने गरेको छ । सामाजिक सञ्जाल मार्फत आफूले पठाएको म्यासेजले केही समयपछि आफैलाई समस्या पार्ने पनि हुन सक्छ ।
तर एन्ड्रोइड तथा आइओएस फोन चलाउनेहरुले पोस्ट गरेको केही समयपछि आफै म्यासेज आफै डिलिट हुने एप प्रयोग गरेर समस्याबाट बच्न सक्छन् । यसका लागि यस्तो एप मार्फत समाजिक सञ्जालमा म्यासेज पोस्ट गर्नुपर्छ । एन्ड्रोइड तथा एप्पल फोनमा धेरै यस्ता एप भेटिन्छन् जसबाट आफै डिलिट हुने खालका म्यासेज पठाउन मिल्छ ।
यस्तै मध्येको एक एप हो काबुम । यो एन्ड्रोइड तथा एप्पल फोनमा राख्न मल्छि । यो एपको सहयोगले स्मार्टफोनको म्यासेजमा कति समयपछि डिलिट हुने भनेर टाइमर राख्न सकिन्छ । त्यसपछि सामाजिक सञ्जालमा म्यासेज शेयर गर्न सकिन्छ ।
यसका माध्यबाट कति पटक हेरेपछि त्यो म्यासेज डिलिट हुने भनेर पनि राख्न सकिन्छ । यस्तै अर्को एप हो विकर । यसको प्रक्रिया पनि काबुमको जस्तै हो तर यसबाट क्लाउडमा स्टोर गरेको फाइल पनि शेयर गर्न मिल्छ । तर यस्तो एप प्रयोग गरेपछि स्क्रिनशट लिन पने सकिँदैन ।
अंसा म्यासेन्जर प्रयोग गरियो भने म्यासेज पठाएको केही दिनपछि हटाउन मिल्छ । गेट कनफिड, ११ बिप तथा टाइगर टेक्स्ट यस्तै खालका एप हुन् । यदी आफ्नो तस्बिर यस्तै गरी डिलिट गर्न चाहेमा इन्स्टाग्रामको बोल्ट प्रयोग गर्न सकिन्छ । इमेलमा यस्तै सेवा चाहिएको छ भने डिमेल प्रयोग गर्न सकिन्छ ।
यसका माध्यबाट कति पटक हेरेपछि त्यो म्यासेज डिलिट हुने भनेर पनि राख्न सकिन्छ । यस्तै अर्को एप हो विकर । यसको प्रक्रिया पनि काबुमको जस्तै हो तर यसबाट क्लाउडमा स्टोर गरेको फाइल पनि शेयर गर्न मिल्छ । तर यस्तो एप प्रयोग गरेपछि स्क्रिनशट लिन पने सकिँदैन ।
अंसा म्यासेन्जर प्रयोग गरियो भने म्यासेज पठाएको केही दिनपछि हटाउन मिल्छ । गेट कनफिड, ११ बिप तथा टाइगर टेक्स्ट यस्तै खालका एप हुन् । यदी आफ्नो तस्बिर यस्तै गरी डिलिट गर्न चाहेमा इन्स्टाग्रामको बोल्ट प्रयोग गर्न सकिन्छ । इमेलमा यस्तै सेवा चाहिएको छ भने डिमेल प्रयोग गर्न सकिन्छ । 

















