भोलि र पर्सिका सँगै ३० गते देखि पुष ६ गते सम्म लगातार जिल्ला बन्द हने

संघर्ष समितिद्धारा अर्घाखाँची बन्द हड्ताल सहितका कार्यक्रम सार्वजनिक
बसन्तश्रेष्ठ ‘छापेली’
मंसिर २४ गते, अर्घाखाँची
सरकारले संबिधान संशोधन बिद्येयक संसदमा दर्ता गरे लगत्तै सुरु भएको पश्चिम नेपालका पहाडी जिल्लाको अवरोध झनै चर्कने भएको  छ । सरकारले बिबादनै नभएको ठाऊमा संबिधान संशोधनको प्रयास गरेर आपसमा मिलेर बसेको तराई र पहाडको समुदायलाई तर्साउन खोजेको भन्दै अर्घाखाँचीमा गठित संयुक्त संघर्ष समितिले बन्द सहितका बिरोध प्रदर्शनलाई कडाइका साथ लैजाने भएको हो । 
आज साँझ बसेको सयुक्त संघर्ष समितिले बैठकले भोलि मंसिर २५ र पर्सि २६ गते देखि कडा भन्दा कडा बन्द हड्ताल सहितका कार्यक्रम सार्वजनिक गरेको आज साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । जस अनुसार भोलि पर्सि बिहान ८ बजे देखि साँझ पाँच बजे सम्म जिल्ला बन्द हुने छ । 
त्यस्तै भोलि दिउसो १ बजे युवाहरुले सिट्टी जुलुस निकाल्ने र पर्सि महिलाहरुको व्यापक सहभागितामा थाल ठटाएर सडकमा उत्रने भएका छन् । आगामी २७, २८ र २९ गते भने बन्दका कार्यक्रम नरहेको संघर्ष समितिका संयोजक एवं नेपाली कांग्रेस जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कानले पत्रकारहरुलाई जानकारी गराउनुुभयो । समितिले २९ गते साँझ ५ बजे मसाल जुलुस गर्ने र मंसिर ३० गते देखि पुष ६ गते सम्म जिल्ला पूर्ण रुपमा बन्द गरिने भएको छ । 

       यद्दपि बन्दको समयमा पनि जिल्लाभरका शिक्षण संस्था भने निर्वाद रुपमा खुल्न दिने संघर्ष समितिले बताएको  छ । समितिले ३० गते देखि पौष ६ गते सम्म हुने बन्दमा सबै दलका केन्द्रिय तहका नेताहरुको समेत उपस्थिती गराइने समेत संयोजक मुस्कानले बताउनुभयो । उक्त समयमा राजमार्ग ठप्पा पार्ने सम्मका कार्यक्रम हुने मुस्कानको भनाई छ । मंसिर १५ गतेदेखि सुरु भएको आन्दोलनलाई अर्घाखाँची बासीहरुले निरन्तर साथ दिदै आईरहेका छन् ।
सम्बन्धित फोटोहरु 


, , , , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस