ट्वाइलेट होइन, यो हो कुनै बेला छुकछुक गर्दै कुद्ने जनकपुरको रेल (फोटोफिचर)

कार्तिक २६  |   बिजु महर्जन

जनकपुर – विश्वका कयौँ देशमा रेल यातायात प्रमुख साधनको रुपमा प्रयोग हुँदै आएको छ । कुनै समय छोटो दूरीमा नेपालमा पनि रेल नकुदेको होइन । तर नेपाल अहिले रेलविहीन मुलुकका रूपमा परिचित छ । मुलुकभरिमा वीरगन्जको सिर्सियामा ८ सय मिटर रेल्वे लिकमात्र छ, जसमा यात्रु होइन, कलकत्ताबाट कन्टेनर बोकेको मालबाहक रेलमात्र आउँछ । रेलका डिब्बाभित्र रहेका सिटहरु चोरी भैसकेका छन्, रेलका इन्जिनहरु पनि काम नलाग्ने भैसकेका छन् ।
janakpur-railway-12सन् १९२७ मा रक्सौल अमलेखगन्ज (४७ किमि) र सन् १९३७ मा जयनगर–जनकपुर विजलपुरा (५२ किमि) न्यारो गेजको लिकमा रेल सञ्चालन गरिएको थियो । सीमापारिका अंग्रेज शासकले उता निर्माण गरिरहेको रेल्वे ट्रयाकका लागि आवश्यक पर्ने काठ ढुवानीका लागि नेपालमा ती रेल कुदाएका थिए ।
janakpur-railway-11सन् १९७० मा रक्सौल अमलेखगन्ज रेल सेवा बन्द हुनुअघि पूर्वदेखि पश्चिम तराईका मानिसहरुले आवत–जावतका लागि रेल प्रयोग गर्थे । त्यतिबेला मानिसहरु भारतीय बाटो हुँदै रक्सौल आएर त्यहाँबाट रेलमा अमलेखगन्ज आइपुग्थे । त्यहाँबाट बसमा भीमफेदी र त्यसपछि पैदल काठमाडौं आउँथे । जनकपुरमा केही वर्ष अगाडिसम्म धुकुर–धुकुर कुद्दै गरेको रेल पनि चार वर्षयता ठप्प भयो । यद्यपि विभिन्न सरकारले रेलको ’सपना’ देखाउन थालेको दशकौं भइसक्यो । तर त्यो ’आकाशको फल’जस्तो मात्र भइरहेको छ ।
janakpur-railway-10भारतमा राज गर्दै गरेका ब्रिटिशहरूले सन् १९२७ मा भारतको जयनगरदेखि जनकपुर हुँदै महोत्तरी जिल्लाको बिजलपुरासम्म ३९ किलोमिटर लामो रेल्वे स्थापना गरेका थिए ।
ब्रिटिशहरूले बिहारतिर रेल्वे विस्तार गर्ने क्रममा लिकमा ओछ्याउन आवश्यक काठ नेपालबाट ओसार्नको लागि राणाहरूसँग कुरा मिलाएर बनाएको त्यो रेल मार्गलाई भारत स्वतन्त्र हुँदाहुँदै सहयोग गरेर नेपाल–भारत रेलमार्ग बनाएको बताइन्छ ।
janakpur-railway-9स्थापनाको इतिहास र त्योभित्रको स्वार्थ जे जस्तो भए पनि रेलवेले धनुषा, महोत्तरी र सिरहावासीलाई निकै सहयोग पुग्यो । नेपालको बजार व्यवस्थित नभइसकेको बेला त्यसले मध्य तराईलाई दक्षिणको ठूलो बजारसँग जोड्यो । जनकपुरलाई शिक्षाको केन्द्र बनायो र अञ्चलकै समृद्धि बढायो ।
janakpur-railway-8जनकपुर रेल आफैंमा पर्यटकीय आकर्षण थियो । राष्ट्रकै एक्लो रेल सेवा भनेर जनकपुर घुम्न आउने नेपाली धेरै थिए । तर, अब न त्यो रेल छ न छ कुनै रौनक । सरकारले जनकपुर रेल सेवालाई नेपाल रेल बनाउँदा नाम परिवर्तनसँगै ठूलो उत्साह छाएको थियो, अब झन् ठूलो हुन्छ भन्ने भएको थियो । तर सत्ता परिवर्तनसँगै नेपाल रेलका कर्मचारी संगठनहरूले आफ्नो लाभ मात्र हेर्न थालेपछि रेलको अस्तित्व नै गुम्यो । कुनै बेला जनकपुरको सान बनेर छुकछुक गर्दै कुद्ने रेल ट्वाइलेटमा परिवर्तन भएको छ ।
janakpur-railway-6अब फेरि नेपाल रेल ठूलो रूप लिएर फर्किने केवल सम्भावनामा सीमित छ । जनकपुर–जयनगर रेलवे सेवा बन्द भएकै कारण अहिले जनकपुरको व्यापार व्यवसायमा पनि ठूलो प्रभाव परेको छ । रेल बन्द भएपछि स्थानिय उद्योग व्यापारीको दबाब तथा दुई देशीय पहलमा भारतको जठीपिठनमा कस्टमको व्यवस्था गरिएपछि केही सहज भएको थियो । यद्यपि मधेश आन्देलनले त्यसलाई पनि प्रभावित पारेको थियो र त्यस क्षेत्रको व्यापारिक दृष्टिकोण अस्तव्यस्त बनेको छ ।
janakpur-railway-5janakpur-railway-1


सम्बन्धित समाचार

, , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस