नेपाल आगामी चुुनाव अघिनै हिन्दुु राज्य हुुने राप्रपा नेपालका अध्यक्ष थापाको दाबी
बसन्त श्रेष्ठ ‘छापेली’
कार्तिक २५ गते, अर्घाखाँची

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले नेपाल आगानी निर्वाचन अघिनै हिन्दुु राज्य हुुने दाबी गर्नुुभएको छ । हिन्दुुत्व संरक्षण अभियानका क्रममा अर्घाखाँची आउनुुभएका अध्यक्ष थापाले रिपोर्टस क्लवले आयोजाना गरेको पत्रकार सम्मेलन तथा राप्रपा नेपाल अर्घाखाँचीले आयोजना गरेका आम सभालाई सम्बोधन गर्दै ९० प्रतिशत हिन्दुु धर्मालम्बी भएको देशमा धर्मनिरपेक्षता टिक्न नसक्ने तर्क गर्नुुभयो । नेपालको संबिधानमा धर्मनिरपेक्षता लेखिएको भएपनि उक्त बिषयमा जनमत संग्रह गरे ९० प्रतिशत जनता हिन्दुु धर्मको पक्षमा मतदान गर्ने दाबी गर्नुुभयो । धर्म परिवर्तनका नाममा नेपालको पहिचानलाई समाप्त पार्ने चलखेल बढेको बताउदै हिन्दु राष्ट्रको पहिचान कायम राख्नका लागि आफुहरु लागि परेको जिकिर गर्नु भयो । ‘अहिले मुुलुुुकमा धर्मनिरपेक्षताको आडमा संगठित रुपमै धर्म परिवर्तन गर्ने प्रबृति बढेको छ, पूूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री समेत रहेका थापाले भन्नुुभयो, ‘जसले समाजमा सास्कृतिक प्रभाव साथै खलबलिन सक्छ ।’ 

हिन्दुु धर्ममा रहेका भ्रमपूर्ण कुराहरुलाई त्याग्दै जानुुपर्नेमा जोड दिदै थापाले हिन्दुु राज्य छिट्टै हिन्दुु राज्य घोषणा हुुने जिकिर गर्नुभयो । ‘बहुसंख्यक जनता हिन्दुराष्ट्रको पक्षमा छ, जारी संविधानमा कायम हिन्दुराष्ट्र नहुनु बिडम्बना नै हो, संविधानमा धर्मनिरपेक्षता कायम भएपनि जनताको भावनालाई कदर गर्नकै लागि संविधान संशोधन वा जनमत संग्रहबाट नेपाल हिन्दु राष्ट्र कायम भएरै छाड्छ ।’ वर्तमान अबस्थामा नेपालको परराष्ट्र नीति कमजोर हँदै गएकोले बाहिरी चलखेल बढ्दै गएको प्रति आफू निकै चिन्तीत रहेको उहाँको भनाई छ ।
नेपालको आधाभन्दा बढी जनसंख्या रहेको मधेसमा आन्दोलन चलिरहँदा चुनाव हुनै नसक्ने बताउँदै उहाँले राष्ट्रिय हितलाई असर गर्ने बाहेक अन्य बिषयमा दलहरुले लचकता देखाएर मधेसको माग सम्बोधन गर्न सकिने बताउनुभयो । अंगिकृत नागरिकताका बिषयमा भने कुनैपनि हालतमा सहमति हुन नसक्ने थापाको धारणा रहेको छ । आफू सरकारमा हुँदा नै सहमति नजिक पुगेको सिमांकनको बिषय वर्तमान सरकारको काँधमा आएकोले छिट्टै कार्यान्वयनको पक्षमा अगाडी बढ्नुपर्ने र आफ्नो पार्टीसँग सल्लाह नै नगरी महाभियोग प्रस्ताव संसदमा दर्ता गरिएकोले त्यस बिषयमा आफूहरुले अध्ययन गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।

राप्रपा नेपालका अध्यक्ष थापाले सबै दलहरु एकजुट नभए मुलक गम्भीर दुर्घटनामा फस्न सक्ने खतरा रहेको बताउनुुभयो । छुुट्टा छुुुट्टै कार्यक्रममा बोल्दै अध्यक्ष थापाले २०७४ मंसिर सात गतेभित्र स्थानीय, प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन नभए मुलुकमा संबैधानिक संकट उत्पन्न हुने दाबी गर्नु भयो । उहाँले ठुलादलहरुको अहमताका कारण मुलुकमा दलिय एकता हुन नसकेको बताउदै सरकार परिवर्तनमा मात्र नेपालका दलहरु केन्द्रित भएको आरोप लगाउनुुभयो । ‘प्रचण्ड नेतृत्वको सरकार पनि आगामी चैत्रमा ढल्ने निश्चित भैसकेको छ, वर्षमा १ एउटा सरकार बन्ने नेपालको परिपाटी छ, थापाले भन्नुुभयो, ‘दलहरु सत्ता टिकाउनका लागि दलका नेताहरु विदेशी शक्तिहरु सँग शरण पर्ने परिपाटी बनेको छ ।’
थापाले मधेसको समस्या छिटो भन्दा छिटो समधान गर्न सरकार गम्भीर नदेखिएको बताउदै मधेसका मुद्दामा गम्भीर हुन सरकारलाई आग्रह गर्नुभयो ।
थापाले कुटनैतिक भेटघाट गर्दा नेपाललाई आघात हुनेखालका गतिविधि हुन नदिनका लागि सबै सचेत हुनु पर्ने बताउदै निलम्बनमा परेका अख्तियार प्रमुख लोकमान सिंह कार्कीको संसदमा दर्ता भएको महाअभियोग प्रस्तावका बारेमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले महाअभियोग लगाउनुको औचित्यता र गम्भीरता पुष्टि भएपछि मात्रै उपयुक्त निर्णयमा पुग्ने बताउनु भयो ।
थापाले आफुहरु सँग बिचार मिल्ने पाटिहरुसँग एकता प्रक्रिया अगाडि बढाएको बताउदै राष्ट्रियतालाई जोगाउनका लागि आफुहरुले संसद देखि सडक सम्म फरक बिचार राखेको बताउनुभयो । कार्यक्रम क्लबका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता र गणेस खनालको सञ्चालनमा सम्पन्न भएको थियोे ।

0 comments
तपाइको प्रतिक्रिया दिनुहोस