माओवादी अर्घाखाँचीद्धारा जिल्लाका समस्यालाई लिएर संघर्ष गर्ने चेतावनी
शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची । नेकपा माओवादी बिप्लव अर्घाखाँचीले जिल्लाका समस्यालाई लिएर संघर्ष गर्ने भएको छ । माओवादीले राष्ट्रिय तथा जिल्ला स्तरका समस्या लाई लिएर पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि सुनुवाई नभएको भन्दै जनअधिकार प्राप्तीको निम्ति संघर्षको विकल्प नभएको जनाएको छ ।

माओवादी द्धारा सदरमुकाम सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनमा खाँचीकोटमा जनईच्छा बिपरीत चुनढुङ्गा उत्खनन् गरीएको , नरपानीमा र मैदानको मसीना लगायतमा चुनढुङ्गा उत्खनन् गर्नको लागि षडयन्त्र गरीएको,दक्षीणी इलाकामा बन विनास भएको, बिकासका नाममा बजेट दुरुपयोग गरीएको, एन.जि.ओ, आई एन.जि.ओ.माध्यम बाट जनता माथी शोषण गरीएको, खेती योग्य भूमि पलटिङ्गगरीएको, सार्वजनिक जग्गा अतिक्रमण गरीएको, काला बजारी मौलाएको , उपभोग्य सामाग्रीको मुल्यमा व्यापक बृद्धि गरीएको भन्दै चरण बद्ध रुपमा आन्दोलन गर्ने चेतावनी दिईएको छ ।
यसैगरी माओवादीले केन्द्रिय संघर्षका कार्यक्रम अनुसार कार्तीक २५ गते १ घण्टा चक्काजाम गर्ने, कार्तीक २६ गते मोटर साईकल जुलुस गर्ने, कार्तीक २७ साँझ मसाल जुलुस गर्ने र कार्तीक २८ गते नेपाल बन्द गर्ने जनाईएको ।
पत्रकार सम्मेलनमा नेकपा माओवादीका जिल्ला सेक्रटरी सुमन,कार्यालय सदस्य प्रदिप शर्मा,योगेन्द्र चौहान,खेम घर्ती लगायतले मन्तव्य राखेका थिए ।

0 comments
तपाइको प्रतिक्रिया दिनुहोस