मेन्टल, हेल्थ र हेलचेक्राइ गर्ने प्रवृती छ : महानायक हमाल

महानायक राजेश हमालले वर्तमान अवस्थामा मानिसले आफ्नो मानसिक स्वास्थ्यमाथि गम्भीर भएर सचेत नभएकोमा चिन्ता व्यक्त गरेका छन् । 

काठमाडौंको सोल्टिक्राउन प्लाजामा भएको मानसिक स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रममा उनले यो कुरा बताएका हुन् । सामान्यतया मानिसले आफ्नो शरीरमा चोट लाग्ने बित्तिकै उपचार गराउन तत्परता देखाए पनि मेन्टल, हेल्थ सम्बन्धी निकै कम जानकारी राख्ने र हेलचेक्राइ गर्ने प्रवृती भएको भन्दै यो समस्या विकाराल रहेको उनले बताए । मानसिक रोग सम्बन्धी आफ्नो अनुभव बाँढ्दै उनले भने ‘मेरी आमा पनि डिप्रेसनकी बिरामी थिइन् । जुन कुरा मैले थाहै पाइनँ । आमा जहिले ढिलो उठ्ने, समयमै खाना नखाने, अत्याधिक मात्रामा चुरोट पिउने र हरेक कुरालाई नकारात्मक दृष्टिकोणले हेर्ने गर्नुहुन्थ्यो । मैले उहाँलाई खाली बानी सुधार्न मात्रै सल्लाह दिएँ । तर पछि त्यही समस्याले उहाँलाई लगेर गयो ।’ जीवनको लामो समय चलचित्र क्षेत्रमा लाग्दा कहिले काँही आफूमा पनि निरासा छाएको बताउँदै आफू भने सचेत भएकै कारण मानसिक समस्या आउन नदिएको उनको भनाई छ । महानायक राजेश हमालसँग गरिएको कुराकानीको भिडियो हेर्नुहोस् । 

, , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस