नेकपा मार्क्सवादीका अध्यक्ष ज्ञवालीको निधन



 नेकपा मार्क्सवादीका अध्यक्ष माधव ज्ञवालीको निधन भएको छ ।
मृगौला र मुटु रोगको समस्याबाट लामो समयदेखि पीडित हुँदै आएका ८१ वर्षीय ज्ञवालीको गएराति उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेजमा निधन भएको हो । उनको शनिबार नै राप्ती नदीमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
ज्ञवाली वामपन्थी आन्दोलनमा लामो समयदेखि सक्रिय थिए । २०४९ सालमा माले र मार्क्सवादीको एकीकरणपछि असन्तुष्ट उनीलगायतले नेकपा मार्क्सवादी पुनर्गठन गरेका थिए ।

, ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस