चालकसहित कालीगण्डकीमा बेपत्ता जीप खोज्दै सशस्त्रको टोली


म्याग्दी, मंसिर ११ – चार दिनदेखि बेनी–जोमसोम सडकखण्ड अन्तर्गत कालीगण्डकी नदीमा हराएको बोलेरो जीपको खोजीका लागि सशस्त्र प्रहरीको टोली परिचालन भएको छ । मंगलबार रातिदेखि बेपत्ता भएको ग २ प ३६६० नम्बरको जीप र चालक रमेश खड्काको अवस्था बुझ्न सशस्त्र प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।
बेनी–जोमसोम सडकखण्ड अन्तर्गत भगवती–२ बैंसरीस्थित सडकखण्डबाट बोलेरो जीप कालीगण्डकी नदीमा खसेको प्रहरीले पुष्टि गरेको छ । शुक्रबारदेखि सशस्त्र प्रहरीको ३० जनाको टोलीले खोजी गरिहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले बताउनुभयो । सशस्त्र प्रहरी, नेपाली सेना र प्रहरीले खोजी गर्दा समेत बेपत्ता जीप र चालकको अवस्था पत्ता नलागेपछि पोखराबाट पौडी खेल्न सक्ने थप सशस्त्रको टोली बोलाइएको उहाँले जानकारी दिनुभयो । 

, ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस