आज महान चाड विजया दशमी, मान्यजनहरूबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ मनाइँदै

आज नेपालीहरूको महान् चाड वडा दशैको दशौँ दिन आफ्ना मान्यजनहरूबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजया दशमी मनाइँदैछ।
Image result for आज महान चाड विजया दशमी यो वर्षको विजयादशमीको टीकाको साइत मंगलबार बिहान ८ बजेर ४५ मिनेट जाँदा उत्तम रहेको ज्योतिषहरुले बताएका छन् । नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमकाअनुसार मंगलबार बिहान ८ बजेर २५ मिनेट जाँदा दुर्गा बिसर्जन गर्ने साइत रहेको छ ।
Image result for आज महान चाड विजया दशमी
विजयादशमीका दिन आफ्ना मान्यजनबाट टिका ग्रहण गर्दा अरु फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा नै प्रयोग गरिन्छ । आज नौदिनसम्म दसैँघरमा दुर्गाभवानीको पूजा आराधना गरी राखिएको जमरासहितको टिका लगाउने प्रचलन छ । असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाइने यस पर्वअन्तर्गत नवरात्रिका उपलक्ष्यमा आजदेखि नौदिनसम्म विभिन्न शक्तिपीठ तथा दसैँघरमा प्रत्येक दिन पूजाअर्चनासहित दुर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गर्ने गरिन्छ ।
Image result for आज महान चाड विजया दशमी
पूजाकोठा तथा दसैँघरमा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवीपूजा विसर्जन गरी निकालिएपछि पूर्णघडाको जलले अभिषेक गरी आआफ्ना मान्यजनबाट नवदुर्गा भवानीको प्रसाद, टिका र जमरा लगाइन्छ ।
 
Image result for आज महान चाड विजया दशमी
आजका दिन परिवारका आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरूपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गाभवानीको टिका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि तथा दीर्घायुको आशीर्वाद लिने गरिन्छ ।

, , , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस