डिभिजन वन कार्यालय अर्घाखाँचीको अनुरोध:
१) To Protect Forest is Everyone's dory .
२) वन,वन्यजन्तु तथा जैबिक बिबिधताको संरक्षण गरौं ।
३)वनमा आगो लगाउनु महापाप हो , त्यसैले वनमा आगो नलगाऔं ।
४)वन डढेलोले पानीका मुहान सुकाउंछ त्यसैले वनमा आगो नलगाऔं ।
५)वन डढेलोले सयौं बर्षका बोटबिरुवा क्षणभरमै नस्ट गर्न सक्छ , त्यसैले वनमा आगो नलगाऔं ।
६)जहाँ वन डढेलो त्यहाँ बाढिपहिरो तथा पानीको संकट ।
७)सामुदायिक वनलाइ वन डढेलो मुक्त क्षेत्र गराऔं ।
८)वन डढेलोले वन्यजन्तुको बासस्थान समेत नस्ट गर्दछ।
९)एउटा रुखबाट लाखौं सलाइका कांटी बन्न सक्छन भने एउटै कांटिको लापरबाहिले करोडौं मुल्यका वन सम्पदा र जनधनको क्षति हुन सक्दछ ।
डिभिजन वन कार्यालय, अर्घाखाँची
बसन्त श्रेष्ठ
२५ असोज २०७८
अर्घाखाँची समाज युरोपले अर्घाखाँची अस्पतालका लागि पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरेको छ । समाजले सामग्री हस्तान्तरण समितिका संयोजक बिजय फुल्लेल मार्फत अस्पताललाई सामग्री हस्तान्तरण गरिएको हो । 
स्वास्थ्य सामग्री पोर्टेवल भेन्टिलेटर ग्रहण गर्दै अस्पताल विकास समितिका अध्यक्ष श्रीकृष्ण भुसालले सहयोगदाताहरुलाई धन्यबाद ज्ञापन गर्नुभयो । भुसालले रोजगारीको शिलशिलामा विभिन्न देशमा रहनुभएका अर्घाखाँचीबासी युवाहरुले अर्घाखाँची अस्पतालका महत्वपूर्ण सहयोग प्राप्त हुदै आएको भन्दै प्राप्त सहयोगको समुचित प्रयोग हुने विश्वास दिलाउनुभयो । उहाँले अस्पताललाई ५० शैयामा पु¥याउन सफल भएको भएपनि अझ पनि श्रोत साधनमाको भौतिक श्रोत साधनको अझ पनि कमि रहेको बताउनुभयो ।

सामग्री ग्रहण गर्दै अर्घाखाँची अस्पताल प्रमुख मेडिकल सुपरीटेण्डन डाक्टर राजेन्द्र जिसीले अस्पतालमा विशेषज्ञ डाक्टरहरुको उपलब्धता बढाउदै लगिएको भन्दै पोर्टेवल भेन्टिलेटरको उपयोग बढि हुने बताउनुभयो । डाक्टर जिसीले सन्धिखर्क अस्पतालले बिभिन्न श्रोत साधनको अभावका बाबजुद पनि सेवामा प्रभावकारीता ल्याउन सफल भएको बताउनुभयो ।
कार्यक्रममा सामग्री हस्तान्तरण गर्दै अर्घाखाँची समाज युरोपका प्रतिनिधी बिजय फुल्लेलले आगामी दिनमा समेत स्वास्थ्य संस्थाको बृद्धि विकासका लागि सहयोग गर्दै लगिने बताउनुभयो । फुल्लेलले लगत्तै आवश्यकता हेरेर पालिकामा ल्याव सहितको सेवा सञ्चालनका लागि अर्घाखाँची समाज युरोप सहयोग गर्ने तयारीमा रहेको जानकारी गराउनुभयो ।
पोर्टवल भेन्टिलेटर अक्सिजन कम भएको बिरामीलाई एम्बुलेन्समा अक्सिजन लगाउदै अन्य स्थानमा पु¥याउन बढि उपयोगी हुन्छ । जसको मुल्य १५ लाख सम्म पर्छ ।
कार्यक्रममा अस्पतालका स्वास्थ्यकर्मी, पत्रकार महासंघका अध्यक्ष अशोक खनाल, पूर्व सदस्य बसन्त श्रेष्ठ लगायतका सञ्चारकर्मीको उपस्थिती रहेको थियो ।
काठमाण्डौ – लकडाउन हुनुभन्दा अघि नै मलेसियाबाट बिदामा घर आएका धादिङका रमेश कार्कीले चार महिनासम्म स्वदेशमै काम खोज्नुभयो । तर लकडाउनले धेरैको रोजगारी गुमेको बेला उहाँले खोजेजस्तो काम पाउन सक्नु भएन । त्यसपछि सरकारले खोल्नासाथ उहाँले मलेसिया जान पुनः श्रम स्वीकृति लिनुभएको छ ।
मलेसियाबाट बिदामा घर फर्कनुभएको थियो रमेश । कम्पनीले दिएको बिदा सकिनै लाग्दा कोरोनाको जोखिम बढ्यो । सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गर्यो । देशमा लकडाउन भयो । उहाँ मलेसिया फर्कन पाउनुभएन ।
बिदामा आएका रमेश लकडाउनमा घरभित्रै बन्द हुँदा उता मलेसियामा काम चलि नै रहयो ।
मलेसियाका पाहाङ राज्यमा सुपरमार्केमा काम गर्नुहुन्छ रमेश । कमाइ महिनाको ६० हजार रुपैयाँ छ । बिदामा फर्किएकाले दुई महिनाको तलब त कम्पनीबाट लिनै बाँकी छ ।
‘यहाँ अहिले काम पाइँदैन, उता त गएपछि काम र कमाइ पक्का छ, किन बस्नु त यहाँ ?’ रमेश कोरोना महामारीकै बीचमा परदेश जान खोज्नुको कारण बताउनुहुन्छ ।
रमेशले जस्तै गुल्मीका मणी ज्ञवालीले पनि पुनः श्रम स्वीकृति खुलेपछि यूएई जाने प्रक्रिया थाल्नुभएको छ । मार्च २ तारिखमा बिदामा घर आउनुभएका मणी कोरोना महामारीका कारण बिदा सकिएपछि फर्कन पाउनुभएन ।
उहाँ घरमै रोकिंदा पनि उता यूएईमा भने उहाँको काम रोकिएन । सुपरमार्केटमा काम गर्ने मणीको कम्पनी चलिरहेकै छ । झण्डै चार वर्षदेखि त्यही कम्पनीमा कार्यरत उहाँलाई सेवासुविधा र तलब पनि राम्रो दिएको छ । यहाँ यतिका महिना बस्दा पनि स्वदेशमै के काम गर्ने भनेर उहाँले मेसो पाउनुभएको छैन । उडान बन्दा हुँदा परदेशबाट कम्पनीले बोलाउँदा पनि जान पाइएन भन्नुहुन्छ मणी ।
सरकारले पुनः श्रम स्वीकृति खोलेको चार दिनको अवधिमा मणी र रमेशजस्तै एक हजार ७९ जनाले विदेश जानका लागि पुन : श्रम स्वीकृति लिएका छन् ।
‘सबै साथीहरुले काम गरिरहेका छन्, कसैलाई पनि केही भएको छैन, मैले पनि गएपछि सुरक्षा सतर्कता अपनाएरै काम गर्ने हो’ मणी भन्नुहुन्छ, ‘हुँदाखाँदाको जागिर छाडेर यहाँ के गर्नु ? न काम पाइन्छ, न अन्य केही कमाइको बाटो नै छ ।’
मणीले यूएई जानको लागि प्रक्रिया थाल्नुभएको छ । त्यसका लागि कम्पनीसँग समन्वय पनि भइरहेको छ । उताको प्रक्रिया मिल्नासाथ मणी यूएई उड्ने योजनामा हुनुहुन्छ ।
यहाँ बेरोजगार बस्नुभन्दा सुरक्षा सतर्कता अपनाएर परदेश जान परिवारले पनि अनुमति दिएका छन् । ‘परीक्षण गरेरै जाने हो, उता पनि सुरक्षाका उपायहरु अपनाइन्छ, डर छैन’ मणी भन्नुहुन्छ ।
सरकारले पुनः श्रम स्वीकृति खोलेको चार दिनको अवधिमा मणी र रमेशजस्तै एक हजार ७९ जनाले विदेश जानका लागि पुन : श्रम स्वीकृति लिएका छन् ।
यूएईका लागि पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या धेरै रहेको वैदेशिक रोजगार कार्यालय ताहाचलको तथ्याँकले देखाउँछ । यूएई जानका लागि मंगलबारसम्ममा ५०३ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । यूएई पछि कतार जाने नेपालीको सङ्ख्या पनि धेरै नै रहेको छ । पछिल्ला चार दिनमा कतार जानका लागि १०५ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।
त्यसैगरी मलेसिया जानका लागि ८० जनाले पुन: श्रम स्वीकृति लिएका छन् भने कुवेत जानका लागि पनि श्रम स्वीकृति लिनेको सङ्ख्या धेरै नै रहेको छ । ३३ जनाले कुवेत जानका लागि पुन: श्रम स्वीकृति लिएका छन् । यस्तै बहराइन जान १७ जनाले, ओमान जान १२ जनाले र माल्टा जानका लागि २९ जनाले पुन: श्रम स्वीकृति लिएका छन् । यस्तै जापान, कोरिया, युगाण्डा लगायत विभिन्न देशमा जानका लागि नेपालीले पुनः श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालयले जनाएको छ ।
थप रोजगारी सृजना भएन, युवा वैदेशिक रोजगारीमै आकर्षित भए
विदेशमा कोरोना महामारीको चपेटामा परेर धेरै जना घर फर्कंदैछन् । २० हजारभन्दा बढी त फर्किसके । फर्कन टिकट समेत काट्न नसक्ने अवस्थामा पुगेका श्रमिकको उद्धारका लागि सरकार जुटिरहेका बेलामा फेरि कतिपय युवाहरु तिनै देश जान तयार छन् । यसले देशमा रोजगारीको अवसर र वातावरण अझै छैन भन्ने पुष्टि हुन्छ ।
महामारीका बेलामा सरकारले रोजगारीलाई प्राथमिकतामा राखेर ल्याएका योजनाले आकर्षित नगरेको र पालिका स्तरमा नयाँ रोजगारी सृजना नभएको कारणले पनि युवाहरु वैदेशिक रोजगारीमै आकर्षित भएका आप्रवास विज्ञ डा. गणेश गुरुङ बताउनुहुन्छ ।
अहिले खाडीसहित विभिन्न देशबाट हजारौंको सङ्ख्यामा नेपालीहरु चार्टर्ड उडानमार्फत स्वदेश आइरहेका छन् । टिकट काट्नै नसकेर अलपत्र परेकालाई उद्धार गर्न सरकारले कार्यविधि बनाइरहेको छ । यही जोखिमका बीच युवाहरु विदेश जान तयार भएका छन् ।
नेपालमा मात्र होइन, अहिले नेपाली जाने तयारी गरिरहेका यूएई, कतार, बहराइन, कुवेत लगायतका देशमा कोरोनाको जोखिम दिनहुँ बढिरहेको छ । सङ्क्रमितको सङ्ख्या पनि त्यसैगरी बढिरहेको छ । तर यो महामारीका बीचमा पनि युवाले वैदेशिक रोजगारी नै रोज्नुको कारण देशमा उनीहरुले अवसर नै नपाएको र पाउनेलाई पनि त्यसले बाँध्न नसकेको विज्ञ डा. गुरुङको भनाइ छ ।
टिकट काट्नै नसकेर अलपत्र परेकालाई उद्धार गर्न सरकारले कार्यविधि बनाइरहेको छ । यही जोखिमका बीच युवाहरु विदेश जान तयार भएका छन् ।
‘मानिसले त आफूलाई कहाँ फाइदा छ भनेर तुलना गर्छ नि, अहिले सरकारले जुन विकल्प दिएको थियो, त्योे विकल्पभन्दा उनीहरुलाई विदेश नै ठिक लाग्यो,’ डा. गुरुङ भन्नुहुन्छ, ‘जसले जे भने पनि अहिले प्रदेश, जिल्ला र पालिकास्तरमा युवालाई तान्ने गरी रोजगारी सृजना भएका छैनन्, अवस्था पहिलेकै जस्तो छ ।’
अहिले सार्वजनिक गाडीहरु नचल्दा, लकडाउनकै अवस्थामा हुँदा र सङ्क्रमणको जोखिम दिनहुँ बढिरहँदा पनि पछिल्ला चार दिनमा झण्डै ११ सयले पुनः श्रम स्वीकृति लिनुले अवस्था केही सहज भएमा या गाडीहरु चल्न थालेमा यो सङ्ख्या ह्वात्तै बढ्ने उहाँ बताउनुहुन्छ । युवाहरु कहिले खुल्छ र वैदेशिक रोजगारीमा फर्कौंला भनेर पर्खेर बसेका छन् ।
गन्तव्य देश पनि जोखिममा
खाडीका देश र मलेसियामा मात्रै झण्डै पाँच लाख भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । साउदी, कतार, यूएई, कुवेत र बहराइनमा त्यहाँ कार्यरत नेपालीमा पनि कोरोना सङ्क्रमण बढिरहेको गैरआवसीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिको तथ्याँकले देखाउँछ ।
यी देशमा कोरोनाको कारण ज्यान गुमाउने नेपालीको सङ्ख्या पनि बढिरहेको छ । संसारमा अरु देशमा रहेका नेपालीमा कोरोना सङ्क्रमणको दर घट्दै गए पनि मध्यपूर्वका देशमा चिन्ता गर्नुपर्ने अवस्था रहेको एनआरएनएको स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटा बताउनुहुन्छ ।
कोरोनाको कारण ठप्पै भएका आर्थिक गतिविधि विस्तारै चलायमान गराउन मध्यपूर्वका देशले विभिन्न रणनीतिक योजना ल्याएका छन् । थोरै भए पनि खुल्न थालेका छन् । तर कोरोनाको प्रभाव घटेको छैन । धेरै देशहरु पर्ख र हेरकै अवस्थामा छन् । तेलको मूल्य घट्दा खाडीका देशको अर्थतन्त्र पनि घटेको छ । खाडी र इरानबीच रराजनीतिक हुण्डरी पनि चलिरहेको छ ।
अहिले पुनः श्रम स्वीकृति खोल्दा र भोलिका दिनमा यी विभिन्न कारणले जाने वातावरण नबन्दा पुनः श्रम स्वीकृति लिएका युवाले नै जुलुस निकाल्ने र जोखिमकै बीचमा व्यवसायिक उडान खोल्नुपर्ने दबाब सृजना हुनसक्ने विज्ञ डा. गुरुङ बताउनुहुन्छ ।
मंगलबारदेखि यूएई पर्यटकका लागि खुले पनि जोखिम उत्तिकै छ । खाडीका देश र मलेसियासहित विभिन्न देशमा अझै अन्तर्राष्ट्रिय उडानहरु खुलेका छैनन् । नेपालले पनि बन्दै गरेको छ ।
यही अवस्थामा सरकारले पुनः श्रम स्वीकृति खोल्नु र युवाहरुले जानका लागि खुट्टा उचाल्नु जोखिमयुक्त रहेको डा. गुरुङको भनाइ छ । अहिले पुनः श्रम स्वीकृति खोल्दा र भोलिका दिनमा यी विभिन्न कारणले जाने वातावरण नबन्दा पुनः श्रम स्वीकृति लिएका युवाले नै जुलुस निकाल्ने र जोखिमकै बीचमा व्यवसायिक उडान खोल्नुपर्ने दबाब सृजना हुनसक्ने विज्ञ डा. गुरुङ बताउनुहुन्छ ।
‘कोरोनाको कारण अवस्था देशमा मात्र होइन, विदेशमासमेत समान्य भएको छैन, यस्तो बेलामा भिडभाड गरेर कार्यालय खोलेर पुनः श्रम स्वीकृति किन दिएको हो भनेर मैले बुझेको छैन’ डा. गुरुङ भन्नुहुन्छ ।
यो बेलामा पुनः श्रम स्वीकृति खोल्दा पनि डिजिटल माध्यमबाट कार्यालयमा उपस्थित नभइ लिन सक्ने वातावरण बनाउनुपर्ने उहाँको भनाइ छ ।
जनवरी ४, टोकियो ।
अर्घाखाँची समाज जापानको तेश्रो अधिबेशनबाट बाबुराम पौडेल अध्यक्षमा चयन हुनुभएको छ । बिहीबार टोकियोमा सम्पन्न तेस्रो अधिवेशनले पौडेललाई निर्विरोध अध्यक्षमा चयन गरेको हो । अर्घाखाचीको डिभर्ना जन्मनुभएका पौडेल जापान प्रवेश संगै समाजमा आवद्ध हुनुभएको थियो । २०१५ मा कार्यसमिती सदस्यमा प्रवेश गर्नुभएका पौडेल महासचिव हुदै २०२०-०२२ का लागि अध्यक्ष बन्नुभएको हो । उहाँले आफनो कार्यकालमा जापानमा छरिएर रहेका सबै अर्घाखाचीबासीहरुलाई एकिकृत गरि अगाडी बढ्ने बताउनुभयो । जिल्लाबासीको समस्या नै आफ्नो समस्या भएकोले सबैको दु:ख र सु:खको सहयात्री बन्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै अध्ययनका लागि जापान आएका जिल्लाबासी बिद्यार्थीहरुलाई अध्ययन पश्चात स्थाई रोजगारीका लागी समेत पहल गर्ने उल्लेख गर्नुभयो । त्यसका लागी जापानी कम्पनीहरुसंग सहकार्य गर्ने जानकारी दिनुभयो । जन्मभूमीप्रति पनि समाजको उत्तिकै दायित्व भएकोले जिल्लामा आईपर्ने भैपरि समस्याका लागी पनि सिंगो कार्यसमिती नै प्रर्तिवद्ध रहेको बताउनुभयो ।

२ बर्षे कार्यकालका लागि पौडेलको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्षमा अयन बहादुर टण्डन, कृष्ण के .सी, नेत्र प्रसाद पन्थी, महासचिबमा नारायण भुसाल, सचिब संगीता थापा, बाबुराम घिमिरे, कृष्ण बहादुर आले, कोषाध्यक्ष टोप बहादुर घर्ती मगर, सह-कोषाध्यक्ष बासुदेब फुल्लेल रहनुभएको छ । त्यस्तै सदस्यहरुमा कृष्ण बहादुर आले मगर , दिल ब. श्रेष्ठ, चेतन घर्ती मगर, चेत नारायण थापा, हरी गौतम , ध्रुब बन्जाडे, अबिनास जी सी, मुना जी सी टण्डन, राजकुमारी रायमाझी, शर्मिला फुल्लेल, कमला थापा के.सी , केतकला आले चयन हुनुभएको छ ।
एभरेष्ट इन्टरनेशनल स्कुल जापानका अध्यक्ष डा. भूपालमान श्रेष्ठको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा बोल्दै समाजले जिल्लाबासीका समस्यालाई मध्यनजर गरि समाधानको बाटो खोज्नु पर्ने बताउनुभयो । उहाँले समाजका प्रतिभाशाली व्यक्तीलाई पहिचान प्रवद्धन गर्नु पर्ने र अरुभन्दा फरक तरिकाले समाज चलाउन सुझाव दिनुभयो ।
सोही कार्यक्रममा एन आर एन ए जापानका अध्यक्ष देबिलाल भण्डारी , नेपाली ब्यबसायी संघ जापानका अध्यक्ष बिजय थकाली,पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले ,समाजका संरक्षक ज्योतिष घर्ती मगर र नेत्र बिस्ट , डा. बिष्णु खनाल लगायतले बोल्दै जापानमा सबै जिल्लाका आ-आफना समाज भएकाले सबैसंग सहकार्य गर्दै अघि बढन सुझाव दिनुभएको थियो ।
समाजका उपाध्यक्ष कृष्ण केशीको स्वागत महासचिब नारायण भुसालको संचालनमा सम्पन्न कार्यक्रममा बाल गाएक प्रेमप्रकाश टण्डन र अनेसास जापानका सचिव धुर्व बन्जाडेले गित र साहित्यको माध्यमबाट उपस्थित सबैलाई मनोरन्जन दिनुभएको थियो ।
युबराज के सी
नेपाल ट्रेड युनियन सप्रोट ग्रुप बहराइनको आयोजनामा बहराइनमा कार्यरत नेपाली श्रमिकहरुको बाक्लो उपस्थितिमा मजदुर दिवस कार्यक्रम भभ्यताको साथ मनाएका छ्न।सो मजदुर दिवस कार्यक्रममा उपस्थिति मजदुर श्रमिकहरु अत्ति नै खुशी उल्लास्सा देखिन्थे ।
उक्त मजदुर दिवस कार्यक्रम सचीव राजु पहारी ज्युले सन्चालन गर्नु भएको थियो भने ब्यस्थापन ग्रुप का सहसचीव रामु काफ्ले ज्युले गर्नु भयको थियो भने कार्यक्रम नेपाल ट्रेड युनियन सप्रोट ग्रुप बहराइनका अध्यक्ष युबराज के सी ज्युको सभापतित्वमा तथा बहराइन ट्रेड युनियनका जनरल सिक्रोटी हसनको प्रमुख अतिथि तथा ट्रेड युनियन बहराइनका मिस्टर करिम असिस्टेन्ट सिक्रोटी अफ फरिकन विशेष अतिथि एन्ड मुमद मुसाइदिन एसिस्टेन्ट हेल्थ एन्ड सेफ्टि ज्युहरुको विशेष अतिथिमा मजदुर दिवस कार्यक्रम गरिएको थियो।

त्यसै गरि बहराइन ट्रेड युनियन का प्रमुख अतिथि विशेष अतिथि ज्यु हरुले नेपाल ट्रेड युनियन सप्रोट ग्रुप लाई हार्दिक शुभकामना दिनु भएको थियो भने नेपाल ट्रेड युनियन सप्रोट ग्रुप बहराइन लाई हरेक ठाउ बाट साथ समर्थन दिदै बहराइन नेपाली मजदुर हरुका समस्या समाधान गर्नमा साथ समर्थन रहने बताउनु भएको थियो।भने नेपाल ट्रेड युनियन सङ आउने मजदुर दिवस भभ्य रूपमा सयुक्त मनाउने बताउनु भएको थियो।नेपाल ट्रेड युनियन को एक्यवद्धता देख्दा आफू खुशी भएको र सम्पुर्ण नेपाली हरुको बहराइन ट्रेड युनियन आफ्नो निवास हो कुनै पनि नेपालीलाई समस्या पर्छ भने नेपाल ट्रेड युनियन का जिम्मेवारी ब्याक्ति सङ सम्पर्क गरि आफ्ना समस्या बहराइन ट्रेड युनियनमा लिइ आउनु होला हामीले हजुरहरुका समस्या समाधान गर्न पहल गर्ने छौ भन्ने बिश्वास दिलाइ आफ्ना मन्तव्य राख्नु भएको थियो । भने नेपाल ट्रेड युनियन सप्रोट ग्रुप बहराइनका सचीव ज्युले उपस्थिति सम्पुर्णलाई शुभकामना सहित मजदुर दिवस के हो भन्ने बारेमा प्रस्ट पारिदिनु भएको थियो।

नेपाल ट्रेड युनियन सप्रोट ग्रुप बहराइन अध्यक्ष युबराज केसि ज्युले नेपाल ट्रेड युनियन किन खोलियो र के को लागि बहराइनमा ट्रेड युनियन आवश्यकता छ भन्ने बारेमा ट्रेड युनियनले नेपाली का कस्ता समस्या समाधान गर्न सकिन्छ भन्ने बारेमा प्रस्ट पार्दै उपस्थिति अतिथि ज्युहरुलाइ मजदुर दिवसको शुभकामना ब्याक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गरिदिनु भएको थियो।
'जिन्दगी भगवानको अनुपम उपाहार हो ।' मैले बुझ्ने भएदेखि नै अनुभव गरेको कुरा हो यो । खुसीसाथ् जिन्दगी व्यतित गर्नुपर्छ । आफुलाई जुन कुरामा खुशीको अनुभव हुन्छ त्यही गर्नुपर्छ । हो, मैले पनि त्यही गरें । मैले प्रेम गरें, अनि मैले प्रेमबिबाह गरें । अन्तरजातीय प्रेम बिबाह एउटा बिद्रोह जस्तै हो हाम्रो समाजमा । हो, मैले आफ्नो खुशीकोलागि 'बगावत' गरें ।
समाज परिवर्तनको संघारमा थियो त्यसैले होला मेरो बिद्रोहले उग्ररुप लिएन । केही समय घर र माइतीहरुको मन दुख्यो तर मेरो भाग्य बलियो थियो र मैले रोजेको मेरो प्रेम सच्चा थियो त्यसैले हामी स्वीकारिने समय लामो भएन । भगवानले अनुपम उपहारको रुपमा छोरा र छोरी दिएर मेरो जिन्दगीलाई अझै बिशेष र परिपक्व बनाइदिनु भएको थियो । 'सुख के हो ?' भनेर कसैले सोध्यो भने 'मेरो जिन्दगि हो' भन्दिउ जस्तो लाग्ने । जिन्दगीमा सबैथोक कसैलाई पुगेको हुदैन तर मैले जे प्राप्त गरेकी थिएँ त्यो भन्दा बढी कुराको चाह मलाई कहिल्यै भएन ।
तर जिन्दगी सधै एकैनासको नहुने रहेछ । मान्छेको खुशीमा दैबको आँखा लाग्दो रहेछ । सुखी हुँदा र खुशी प्राप्त हुँदा भगवानका कृपाले पाएँ भनेर भगवानप्रति नतमस्तक हुने गरेकी म आज आफ्नो संसार उजाडिदा कसलाई दोष दिउं ? दैबले देखि सहेन मेरो खुसी । जुन भगवानले मलाई संसारका सबै खुशी प्रदान गर्यो उही भगवानले नारायणी नदीको रुपमा मेरो खुशी खोस्ने काल पठायो र मेरो संसार उजाड बनायो ।
अरुको भन्दा फरक ब्यबसाय थियो हाम्रो । राम्रोसंग चलेको थियो । स्थानीय ठाउमाभन्दा बाहिर ब्यबसाय राम्रो हुन्छ भनेर उहाले धारानमा काम सुरु गर्नुभएको थियो । हामी अलग्गिएर बसेकै थिएनौं कहिल्यै पनि । यो १-२ महिनाको टाढा टाढाको बसाईले पिरोलिरहेको थियो मलाई । वहाँ पनि भोक भोकै हुनुहुन्थ्यो, त्यो मलाइ थाहा छ । अब छिट्टै तिमीहरु धरान आउनुपर्छ – योजना बनाईरहनु भएको थियो उहाँले ।
मलाई आफु टाढा हुनु परेको भन्दापनि उहाको दैनिकी र स्वास्थ्यको धेरै चिन्ता थियो । समयमा खानुपर्छ भन्ने याद नै नगर्ने । 'पहिला स्वास्थ्य अनि मात्र काम' भनेर कति पटक सम्झाएँ तर अहँ उहाले खानपानको कहिल्यै वास्ता गर्न सक्नुभएन । तर अब त आफै जाँदै थिएँ ख्याल गरिहाल्छु कहाँ दिउला र त्यसरी घोटिएर काम गर्नलाई – योजना बनिरहेका थिए मन भित्रभित्रै ।
चाडबाड मनाउन र हामीलाई पनि उतै लैजान भन्दै उहाँ घर आउनुभएको थियो । एक बर्ष अगाडि बन्द गरिसकेका हाम्रा पसलहरू कानुनी रूपमा पनि बन्द गर्न बाँकी थिए । त्यसैले उहा गोरुसिंगेबाट सिधै कृष्णनगर जानु भएछ अनि काम पुरा गरेर बच्चाहरू, आफ्नो लागि र आमालाई केहि कपडा किनेँ भन्नु भयो फोनमा । अनि मैले जिस्किदै मलाई के छ त भनेँ ? तिमीलाई त सरप्राइज छ भन्नुभयो ।
यो पटकको बैंकक घुमाउछु नानी–बाबाले ठट्टा गरेको होला भन्ने सोचें तर ब्यागबाट टिकट निकालेर देखाउनुभयो । अहिले यता थोरै मात्र सपिंग गर, बाकि उतै गरौला बजेट छुट्याएको छु । मेरो खुशीको लागि जे पनि गर्न तयार उहाको यहि बानीले मलाई सधैं वहाको समिपमा बाधिरह्यो । मैले रहर मात्र देखाउँनुपर्छ मेरो रहरलाई कसरी पुरा गराउने भन्ने हुटहुटी वउहालाई लागिहाल्थ्यो । म खुशी थिएँ, अब चाडबाड सकिएपछि बैंककको फन्कोलाई अविष्मरणीय बनाउनुपर्छ । हामी दुबै जना कार्तिक २३ गते भ्रमणकेा लागि थाइल्यान्ड जाने योजना तय भयो ।
थाइल्याण्ड भ्रमणको तारम्य मेरा देवर बाबुले मिलाईदिनु भएको रहेछ । यो भन्दा ठूलो 'सरप्राइज' मेरो लागि केहि थिएन । धरानबाट आउँदा पनि थाइल्यान्ड जानको लागि भनेर उहाँ र मलाइ एउटै रङका कपडा ल्याउनु भएकेा थियेा ।
२०७४ साल कार्तिक २ गते ससुरा बाबाको श्राद्दको तिथि, देवघाटमा पिण्डदान गर्ने भनेर बिहानै उहाँहरु चितवन लाग्नुभएको थियो । छोरो, उहाँ र देवर अर्थात वहाको भाइ एउटा गाडिमा र परिवारका अरू सदस्यहरु अर्को गाडिमा बसेर देवघाटतिर लाग्नु भएछ । बुटवल भएका बुटवलबाट र काठमाण्डैा भएका काठमाण्डौबाट गरि सबै आठ दाजुभाइ देवघाटमा जम्मा हुनुभएको थियो । सासु आमा र मेरी देउरानी पनि देवघाट गएछन । मेरा देवर देउरानी नवबिबाहिता थिए ।
कार्तिक दुई गते बिहान ससुरा बाबाको श्राद्दको तिथि भएकोले म पनि बुहारीले गर्नुपर्ने नित्यकर्ममा ब्यस्त थिएँ । यहाँ हामी श्राद्द गर्दैछौं, अब तिमी खाना खाउ भनेर श्रीमानले म्यासेज पठाउनु भयो । प्राय फोन नै गर्नुहुन्थ्यो वहाँ किन हेाला आज फोन नगरेर म्यासेज गरेको भनेर म अचम्म परें । किन म्यासेज बाबा कल गर्नु न मैले तत्कालै फोन गरेँ। उहाँले हैन तिमि कता छेउ भनेर म्यासेज गरेकेा भन्नु भयो । खाना खायौ भन्नुभयो । मैले बनाएकै छैन् । म त चिया खाँदैछु भने ।
अनि उहाले खाना बनाएर छिटो खाउ भन्नुभयो र फोन राख्नु भयो । कोठामा गएँ, खाना बनाएर खाँए । खाना खाइसकेपछि उहाँले फोन गर्नुभयो फेरि खाना खायौ भनेर सोध्नुभयो । आफु जस्तै सोच्नुहुन्छ उहाले । आफु खानाको ध्यान दिनुहुन्न, मलाइ खा कि खा गर्नुहुन्छ । 'मैले छोरा कता छ ?' भनेर सोधें । पानीतिर जाला ख्याल गर्नु है भनेर सुझाएं । उहाले छोराको चिन्ता नगर भन्नुभयो । देवघाटमा साह्रै गर्मी छ नानी मैले फोन राखें भन्दै फोन काट्नुभयो ।
खोइ केही 'अनहोनी' हुन लागेको पुर्व सुचना थियो अथवा मेरै स्वास्थ्यमा कुनै समस्या थियो । यस्तो त कहिल्यै भएको थिएन । मलाइ एक प्रकारको चिडचिडाहट जस्तो भयो । ब्लडप्रेसर घटे जस्तो रिंगटा लागे जस्तो भयो र छाती चरक्क गर्यो । अस्पताल जाउँ कि भन्ने मनमा लाग्यो तर एकैछिन आराम गर्छु भनेर बिस्तारामा पल्टिएँ ।
आफैले लगाएका कपडा, गरगहना भारी भएको महसुस भयो । आफुलाई के भएको ठम्याउन नसक्दै म निदाएँ या बेहोस भएँ मलई अहिलेसम्म यकिन भएको छैन । केहि समयपछि व्युझिएर मोवाइल हेर्दा देउरानीहरूकेा आठ वटा मिसकल आएको रहेछ । अनि मैले देउरानिलाई फेान गरेँ । बुटवल जानु र्ने भयो दिदि अपर्झट घरबाट खवर गर्नु भएको भनेर देवारानीले सुनाईन ।
म माइत जान तयार थिएँ, मैले सुनाएँ । सबै जना भएर आउनु भन्नु भएको छ घरबाट भनेर देवारानिले भनिन । त्यसको केहि बेरमै जेठाजु दाइको फोन आयो । फोन उठाएर दाइलाइ दर्शन गरें । दाजुले आशिर्वाद भन्नुभयो । हठात् दाजुले पनि तुरुन्तै बुटवल आउ यहाँ सानो एक्सिडेन्ट भयो तर तिमि त्यस्तो आत्तिन पर्दैन भन्नुभयो ।
त्यति भनेपछि पक्कै पनि छोरालाई केहि भयो भन्ने सोचे मैले । आत्तिएको मन झन झन आत्तियो । छोरासंग बोल्न मन लाग्यो बोल्न त के भनु र उसको आवाज सुन्न मन भयो । अनि बाबुलाई फोन दिनुन दाजु भनें अनि उहाँले बुटवल आउ अनि कुरा गरौंला भन्नुभयो र फोन राख्नु भयो । त्यसपछि अर्को देवर बाबुले फोन गर्नु भयो र भाउजु बुटवल आउनुस तुरुन्तै भन्नु भयो । त्यसरी नै फोन राख्नुभयो ।
यति सुनेपछि मेरो आधा होस् उडिसकेको थियो । अरूले नभने पनि नन्दले त भन्नुहुन्छ कि के भएको भनेर नन्दलाई पनि फोन गरेँ । फोन उठाएर नन्द पनि रूनु भयो । मलाइ आकाश खसेर च्याँपेजस्तेा भयो । होस् सबै उड्यो अझैसम्म के भएको हो भन्ने यकिन भएन तर ममाथि केहि न केहि वज्रपात परेको आंकलन मैले गरें । संसार भुनभुनी घुमेजस्तो भयो । छोराको बाबालाई केहि भयो भन्नेतिर मेरो सोच गएन । हो न हो छोरालाइ नै केहि भयो भन्ने एकोहोरो शंकाले मलाई अर्धचेत बनायो ।
मोटरसाइकल पल्ट्यो कि ? पानीमा पौडी खेल्दा पानी निल्यो र आत्तियो कि ? केहि बाहिरको खानाले फुड पोइजन पो भयो कि ! कसैलाई पनि केहि नहोस है भगवान भन्दै प्रार्थना गरिरहें । मैासम एकाएक धमिलिएको महसुस भयेा । मैले श्रीमानलाई फोन लगाएँ तर उठेन । म्यासेज पठाए म्यासेज रिप्लाइ भएन । माइति घरबाट देउरानीहरू पनि आए । त्यसपछि हतपत गर्दै हामी ट्याक्सिमा बुटवलतर्फ लाग्यौं । कसैलाइ केहि नहेास है भगवान भन्दै प्राथना गर्दै अर्धचेतमा बुटवल पुगियो । आमाको मन झन् पापी हुने रहेछ, जसलाई धेरै माया गरिन्छ उसैलाई केहि भयो कि भनेर सबैभन्दा पहिला शंका गरिने रहेछ ।
बेलबासमा भएकेा घरनिर पुग्दा घरदेखि वर चोकसम्म मान्छेको लाइन थियो । मेरो होस् हवास झन पछि झन उड्दै गएको थियो । आफुले आफैलाई सम्हाल्न सकिन । त्यहाँ पुगेपछि छोरो मम्मी मम्मी भन्दै रूदै मेरो काखमा आयो ।
छोरालाई सकुशल देखेपछि म झस्किएँ कतै देवरलाई केहि भयो कि भन्ने कुरा झल्यास्स मनमा आयो । त्यतिन्जेलसम्म पनि मेरो सिउदो यति सजिलै उजाडीईसकेको होला भन्ने कल्पनासम्म गरिन । म हतास हुँदा मलाई अफ्ट्यारो पर्दा सबैभन्दा पहिले हाजिर हुने देवर अहिलेसम्म आइनपुग्दा पक्कै देवरलाई नै केहि भयो भन्ने शंकाले मनमा डेरा जमायो ।
न छोराको बाबा नै मेरो नजिक आउनुभयो न देवर नै अनि बल्ल उहाँलाइ नै केहि भएको पो रहेछ भन्ने लाग्यो । अहिलेसम्म पनि उहाले मलाइ चटक्कै छोडेर जानुभयो भन्ने कल्पना मेरो मनमा आएको थिएन तर छोराले रूदैँ सबै अँकलहरू जानुभएको थियेा बाबालाई बचाउनलाई तर बचाउन सक्नु भएन भन्यो । राज अँकल पनि हराउनु भएको छ । सबैले खोजिरहेका छन भन्यो । छाँगाबाट खसेजस्तै भएँ, मैले टेकेको धर्ति भासिए जस्तै भयो । आकाश नै ममाथि बजारिएर त्यसको भारले मलाइ थिचे जस्तो अनुभव भयो । कानबाट एकोहोरो आवाज आइरहेजस्तो भयो । म चेतना सुन्य हुँदै गएँ ।
अझै पनि कतै अफ्ठयारेामा फस्नु भएको छ होला भन्ने झिनो आशाले मलाई दुइ दिनसम्म बेहोस बनाउदै बिझाउदै गरिरह्यो तर दुर्भाग्य दुइ दिनपछि देवर बाबुको शव फेला पर्यो र ५ दिनपछि उहाँको शव भेटियो ।
म, मेरा बालबच्चा र हाम्रो परिवारलाई ठूलो बज्रपात पर्यो । दैवले कुन जन्मको बदला लियो त्यो थाहा भएन तर मेरो सर्वश्व गुम्यो । मेरो संसार अन्धकार भयो । मेरा खुसिहरुमा तुषारापात भयो । बाबु नानीको भविष्य अन्धकार सुरुंगभित्र छिरेजस्तो आफ्नो गन्तब्य हराएर म सहाराबिहिन हुन पुगें ।
शव भेटिएपछि उहाँलाई अस्पतालमा ल्याइयो र म उहालाई अन्तिम पटक हेर्न भनि गएँ । पानी खुवाइ दिएपछि खुट्टा ढोग्छु भनेर खुट्टा समाउँदा एउटा खुट्टाको पैताला मात्र भेटाएँ । देब्रे खुट्टाकेा पैतला खसिसकेकेा रहेछ । अनुहारभरि अबिर लगाइदिएका थिए । मायाले मलाइ स्पर्श गर्ने उहाँका हात छुन मन लागेर हात खोजें, हात पनि भेटाइन । एउटा हात पनि रहेनछ । कति निर्दयता =पुर्वक लागिस दैव ! हे भगवान कुन जुनीको सजाय दिईस र यसरि छिया छिया हुने गरी मृत्यु प्रदान गरिस ! म मुर्छा परें !
जे जे आइपरे पनि सहनैपर्ने रहेछ । मलाई परेको पिडा शब्दमा त कसरी उतार्न सकुँला र मैले । हरेक क्षण काँधमा काँध र साथ्मा साथ् मिलाएर सफलताका सिंढी चढ्दै गरेका संघर्षमा एक मिनेट नछुटेर सहयात्रा अनि सह संघर्ष गरेका दाजु भाइलाई आफ्ना दुई जना दाजुभाइ एकै पटक गुमाउँदा कति पिडा हुन्छ भन्ने कुरा देवर जेठाजुको आँशुमा देखिएको थियो । उहाँहरुको पिडा अन्तर्मनले बुझ्न सक्छु तर ब्यक्त गर्न सक्दिन मैले ।
आफुले जन्माएका सन्तान आफ्नै आँखा अगाडि नदिले बगाएर बेपत्ता भइ मृत भेटिदा एउटी आमालाई कति पिडा भएको होला । भाइटिका आउन दुइदिन मात्र बाकी हुदा फुलका माला बुन्ने तयारी गरेर पर्खी रहेकी बहिनिलाई त्यो सयपत्रीको माला आफ्नो दाजुको लासमाथि चढाउन पर्दा के बितेको होला त्यो बहिनीको मनमा । यिनै कुरा सम्झन्छु मर्माहत हुन्छु । घरि मुर्छा पर्छु घरि ब्युतिन्छु ।
आठ बर्षकि छोरी र एघार बर्षकेा छेारालाई आफ्नो बाबु कहिल्यै नफर्कने गरि बिदा भएकेा सुन्दा कस्तेा असर गर्छ भन्ने कुरा कुन शव्दमा लेखुँ ? आफ्नै अगाडिसँगै काखमा बसेर गएको बुबालाई नारायणीले बगाएर बेपत्ता पारेर आफु अनाथ भएको दृश्य देखेको छोराले मृत शरीर भेटिएपछि चितामा गइ दागबत्ति दिदा कति पिडा भएकेा छ भन्ने कुरा ब्यक्त गर्न कुनै शब्दले सक्ला जस्तो लाग्दैन ।
श्रीमानको मृत्यु भएको तेह्र दिनपछि निरस बेरंगी पहिरन लगाएर आफन्तसँग डाँको छोडेर रूदाँ नजिकै रहेको बालख छोराले मम्मी नरुनुस न भनेर आफै कहालिंदै मेरो काखमा अनुहार लुकाउदाको पिडा, मेरो छातीमा गाँठो परेर बसेको छ सासुको क्रन्दन, दाजुभाइको आर्तनाद र छोराछोरीको चित्कार बिचमा मेरा आँशुपरेलाका डिलमा ताल परेका छन् । भक्कानो घाँटी नजिक डल्लो परेको छ । मेरो बेहोसी र मेरो चेतनाको बिचमा बलेसी बनेर बग्छ आँशु र आर्तनाद बनेर बाहिर निस्कन्छ भक्कानो ।
मेरो छोरो बुझकी भैसकेको आभास भएको छ । मलाई ढाडस दिन्छ घरि घरि । 'मम्मी विद्यादेवी भण्डारीको संसार पनि नारायणीले नै उजाडेको हो । अहिले उहाँ देशको राष्ट्रपति हुनुहुन्छ- अब हिम्मत गर्नुस मम्मी ।' छोराले बेहोसीमा मलाई सम्झाई रहेछ अथवा उसले कतैबाट यो कुरा सिक्यो ? मैले गुमाएको श्रीमानको अंश उसको अनुहारमा झल्किएर आयो । आँसु पुछेर छोरालाइ सुम्सुम्याएँ । पिँडामा केहि मलहम लगाएको जस्तो महसुस भयेा ।बाबुको मोटरसाईकलमा बसेर स्कुल जान बानि परेका नानीबाबुहरु अरुका बाबाहरु स्कुलमा देख्दा निराश हुन्छन र घर आएर भक्कानिएर रुन्छन ।
जिन्दगीको सबैभन्दा महत्वपुर्ण संसार गुमाउनुको पीडाले विक्षिप्त भएकी म छोराछोरी बाबाको अभावमा तड्पिएको देख्दा झन् मर्माहत हुन्छु । बाबाले छोराछोरी फकाउन गरेका बाचाहरु अपुरा छन् । तिनै बाचाहरु सम्झिएर छोरी भक्कानिन्छिन । उनको भक्कानो फुटेको देखेर मलाइ हृदयघात होला जस्तो आभास हुन्छ । कसरि सामना गरौँ यो अवस्थालाई मैले । आज सम्पूर्ण रुपमा अचेतन छु म । कसरी बाँचिरहेकी छु भन्ने कुरा कुन शव्दमा लेखुँ ।
तर मलाई थाहा छ । म अब आफ्नो लागि भन्दा पनि छोराछोरीको लागि भए पनि बाच्नै पर्छ । उनीहरूलाई बुवाको कमि नहुने गरि मैले अभिभाबककेा भुमिका निर्वाह गर्नैपर्छ भन्ने पनि थाहा छ। आफन्त, इष्टमित्र र शुभचिन्तकहरूले पनि सम्हालीएर अगाडि बढन सुझाब र सल्लाह दिइरहेका छन । चोट र पिडा परेपछि सम्हालीन, कुरा बुझ्न गाह्रो हुदो रहेछ ।
खोइ किन हो सपनामा उहाँलाइ बारम्बार देखिरहन्छु । मलाइ कति तिमि नजिक आउन मन लागिरहन्छ तर तिमि खाली रोईरहन्छेउ त्यसैले म आउदिन भन्नुहुन्छ । म सपनामा झस्कन्छु । मेरो परिस्थिति फरक भएको छ अब । जीबनमा आफ्नो मान्छे गुमाएर बाँच्नुपर्दा सधै पलपल मरेर बाँचेको अभिनय मात्र गर्नु परिरहेको छ ।
छोरालाई क्रिकेटर र छोरीलाई गायीका बनाउने दिबँगत देवर बाबुको चाहाना थियो । उहाँले पनि भाईको चाहानामा समर्थन जनाउनुहुन्थ्यो । आफु पनि क्रिकेटर र व्यापारी बन्ने सपना थियेा देबरको । तर ति सपना सपनामै सिमित भए । अब उहाँको चाहाना अनुसार छोरालाई क्रिकेटर र छोरीलाई गायीका बनाउन मैले सक्छु कि सक्दिन, उहाको सपना पुरा गराउनकै लागि पनि मैले संघर्ष त गर्नेपर्ने भयो ।
छोराछोरीलाई बाबाको कमि महसुस हुन दिने छैन भन्ने प्रण मनमनै गरेकी छु । भगवान मलाई जसरी लुट्यौ मेरो खुशी जसरी हरेर मलाइ अथाह पीडाको भुमरीमा सहाराबिहिन बनाएर छाड्यौ त्यसरी नै अब मलाई बाच्ने साहस पनि त पक्कै देलान नि । अरु केहि गर्न नसके पनि बाबुनानीहरुलाई अभिभाबकको कमि नभएको महसुस गराउन सक्ने बनाइदेउ ।
मेरी श्रीमती टाठी छ । मलाइ दु:ख हुदैन भन्दै गर्व गर्नुहुन्थ्यो । आफ्नी श्रीमती संचारकर्मी भएकोमा गर्व गर्ने उहाँले मैले पढेका समाचार, संचालन गरेका कार्यक्रमहरू सुनेर प्रतिकृया दिने र राम्रो भए प्रसंशा गर्ने र कमि कमजेारी भए सल्लाह सुझाब दिएर मार्गनिर्देश गर्नुहुन्थ्यो । अशल श्रीमान मात्र होइन उहा असल श्रोता पनि हुनुहुन्थ्यो मेरो । व्यवसाय गरे पनि समय निकालेर संचारक्षेत्रमा काम गर्नुपर्छ भन्दै मेरो इच्छा र चाहानमा हौसला दिएर संचारकर्मी र स्थानीयस्तरको समाचारवाचिकाको परिचय बनाउने काममा उहाँले दिएको साथ नै अबको मेरो बाच्ने आधार भएको छ ।
अब सन्तानको भविष्यलाई सुरक्षित गर्ने उनीहरुका इच्छालाई पुरा गर्ने जिम्मेवारीसँगै मेरो संचार क्षेत्रमा काम गर्ने इच्छालाइ पनि पुरा गर्नु छ । थाहा छैन समयले कति साथ दिन्छ । छ महिना पुरा भयो अहिलेसम्म हजार कोशिश गर्दा पनि बाहिर निस्कन सकि रहेकी छैन । २०६१ फागुन १८ गते हामी बिबाह बन्धनमा बाधिएका थियैाँ । बिबाह भएकेा १४ बर्ष पुग्दा नपुग्दै मैले उहाँलाई गुमाएकी छु । जुगौं जुग सँगै जिउने कसम खाए पनि दैबले हामीलाई धेरै समय सँगै जिउन दिएन ।
श्राद्द सकियो, लाख बत्ति बाल्ने काम पनि सकियो, अन्तिममा लाखबत्तिको खरानी सेलाउन दाजुभाईहरु नारायणी किनारमा उभिनु भएको रहेछ । अचानक मेरो श्रीमानले टेकेको ठाउँको बालुवा भासिएर वहाँ डुब्नु भएछ । धेरैबेर लगभग चार पांच मिनेट पानीभित्र हराएपछि वहांको एउटा हात देखिएछ र त्यहि हात पच्छ्याउदै देवर बाबु आफ्नो दाजुलाई बचाउन जानुभएछ । देवर बाबु पनि डुब्नु भएछ त्यसपछि लगातार चार जना अरु दाजुभाईहरु भाइहरुलाई बचाउन पानीमा पस्नुभएछ । प्रहरीले नजान सचेत गराउदा समेत दाइलाई बचाउन सकिन्छ कि भनेर आफ्नो प्राणको वास्ता नगरी नारायणीमा फाल हालेका मेरा चार जना देवर जेठाजुहरुलाई डुंगा चलाउने बोटेको समूह आएर उद्दार गरेछ । त्यतिन्जेल सम्म नारायणीले मेरो संसार उजाडीसकेको थियो । प्राणप्रिय श्रीमान र मेरो प्यारो देवरलाई धेरै पर पुर्याईसकेको रहेछ । यसरि २०७४ साल कार्तीक दुई गते मेरो सम्पूर्ण खुशी नारायणीले निल्यो ।
मैले कहिल्यै नसोचेको र मेरो कल्पनाभन्दा बाहिरको प्रलय बनेर आयो । जसले मेरो सिउदो मात्र उजाड पारेन । मेरा फुल जस्ता बाबु नानीको शिरबाट बाबुको छाया समेत खोसेर लग्यो । वृद्द आमाको सहारा चुँडेर लग्यो । मेरो सिउदो पखालेर मात्र उसलाई शान्ती मिलेन मेरो भाई जस्तै मेरो आफ्नै सन्तान सरहको मेरो देवरलाई समेत हरेर लग्यो ।
पीडामा सान्त्वना, सहयोग र सदभाब प्रस्तुत गर्ने सम्पुर्ण इष्टमित्र, आफन्त र शुभचिन्तकहरूका आशिर्वाद र निष्ठुरी भगवानका कृपाले अब मैले आफ्नो गुमेको मनोवल पुनः प्राप्त गर्न सक्नेछु भन्ने बिश्वाश मनमा पलाउन भर्खरै सुरु गरेको छ ।
प्रहरीको बन्दुक खोस्न खोज्दा गोली हानियो, एकको मृत्यु
– फ्रान्सको पेरिसस्थित ओर्ली विमानस्थलमा प्रहरीले गोली हानेर एकजनाको हत्या गरेको छ । विमानस्थलमा रहेका प्रहरीको हतियार खोस्न खोजेपछि उनलाई गोली हानिएको अधिकारीहरुले बताएका छन् ।

गोली चलेको आवाजपछि विमानस्थलमा रहेका यात्रुलाई सुरक्षित स्थानतर्फ सारिएको र विमानस्थलभित्र कसैलाई पनि प्रवेश गर्न नदिइएको बिबिसीले जनाएको छ । ओर्ली पेरिसमा रहेको दोस्रो ठूलो विमानस्थल हो । अहिले बम डिस्फोजल टोलीसहित प्रहरीले विमानस्थलको निरिक्षण गरिरहेको छ । ओर्ली विमानस्थल भएर यात्रा गर्ने तयारी गरेकालाई अर्को उपाय खोज्न अनुरोध गरिएको छ ।
मंसिर १४ – विमान दुर्घटनामा ८१ जनामध्ये पाँच जनाको ज्यान बचेको छ । स्थानीय प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ, ‘पाँच जना बचेका छन् बाँकीको ज्यान गएको बुझिएको छ ।’

ब्राजिलको एक फुटबल क्लबका खेलाडीसहित ७२ जना यात्रु र चालक दलका ९ सदस्य गरी ८१ जना रहेको विमान कोलम्बियामा दुर्घटना भएको हो । कोलम्बियाको मेडेल्लिन शहर नजिक ब्राजिलको फुटबल क्लब चापेकोएन्सेका खेलाडीसहितका यात्रु रहेको विमान दुर्घटना भएको हो । बोलिभियाबाट उडेको चाटर्ड जहाज दुर्घटनामा परेको कोलम्बियाको नागरिक उड्डयन विभागले जनाएको छ ।

टिमले साउथ अमेरिकी क्लब कपको फाइनलमा कोलम्बियाको टिम एथ्लेटिको नेसिओनलसँग बुधबार खेल्न बाँकी थियो । दुर्घटनापछि फाइनल खेल स्थगित गरिएको छ ।

पहाडी क्षेत्रमा नेपाली समय अनुसार मंगलबार बिहान पौने ११ बजे विमान दुर्घटना भएको हो । घटनाको विस्तृत विवरण आउन अझै बाँकी छ ।
९० वर्षको उमेरमा पूर्व राष्ट्रपतिको निधन भएको छ । क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको निधन भएको छ । क्युवाको कम्युनिष्ट क्रान्तिका नेता क्यास्ट्रोको ९० वर्षको उमेरमा निधन भएको क्युवाको राष्ट्रिय टेलिभिजनले जानकारी दिएको छ ।

उहाँको निधन बारे थप जानकारी भने दिइएको छैन । क्यास्ट्रोले आधा शताब्दी अर्थात ५० वर्ष क्युवाको नेतृत्व सम्हाल्नु भएको थियो । उहाँ सन् १९५९ देखि १९७६ सम्म क्युवाको प्रधानमन्त्री र सन् १९७६ देखि २००८ सम्म क्युवाको राष्ट्रपति हुनुहुन्थ्यो । त्यसपछि उहाँका भाइ राहुल क्यास्ट्रोले सत्ता सम्हाल्दै आउनुभएको छ ।फिडेल क्यास्ट्रोले २०११ को अप्रिल १९ मा क्युवा कम्युनिष्ट पार्टीको नेताबाट राजीनामा दिनुभएको थियो । त्यसपछि उहाँका भाइ राहुल क्यास्ट्रो पार्टीको नेता बन्नुभएको छ ।समर्थकले फिडेल क्यास्ट्रोलाई क्युवाका नागरिकलाई आफ्नो देश फिर्ता दिलाउने व्यक्तिको रुपमा परिभाषित गर्छन् । तर विरोधीले भने विपक्षीलाई क्रुद रुपले दबाएको आरोप लगाउने गरेका छन् ।गएको अप्रिलमा फिडेल क्यास्ट्रोले कम्युनिष्ट पार्टीको कांग्रेसलाई सम्बोधन गर्नुभएको थियो । उहाँले क्युवाका नागरिक विजयी नागरिक रहेको भन्दै प्रशंसा गर्नुभएको थियो । फिडेल क्यास्ट्रोको जन्म सन् १९२६ को अगस्ट १३ मा भएको हो ।
मंसिर ९ – चीनको जियान्शी प्रान्तको एउटा उर्जा उत्पादन केन्द्रमा भएको दुर्घटनामा ४० जनाको ज्यान गएको छ । अन्य केही घाइते भएको र केही फसेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

पूर्वी चीनको एक निर्माणाधिन उर्जा उत्पादन केन्द्रमा दुर्घटना भएको हो । उर्जा उत्पादन केन्द्रको कुलिङ टावरमा काम भइरहेका बेला भत्किएको थियो । दुर्घटनामा घाइते भएकालाई अस्पताल पुर्याइएको छ ।

दुर्घटनामा फसेकाहरुको उद्धारका लागि दमकलसहित सेना खटिएको छ । चीनमा औद्योगिक दुर्घटना प्रायाः हुने गरेका छन् । दुर्घटना भएका बेला त्यहाँ ६८ जना कामदार थिए ।
कात्तिक २९ – न्युजिल्याण्डमा शक्तिशाली भूकम्प गएको छ । न्युजिल्याण्डको दक्षिणी आइल्याण्ड केन्द्रविन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।

क्राइष्टर्चचको उत्तरपूर्वी क्षेत्र भूकम्प गएको हो । भूकम्पको धक्का राजधानी वेलिङटनसहित क्षेत्रमा पनि महसुस गरिएको थियो । भूकम्पमा परि अहिलेसम्म दुईजनाको ज्यान गएको छ ।

भूकम्पले पुर्याएको क्षतिका बारेमा अहिलेसम्म विस्तृत जानकारी नआएको प्रधानमन्त्री जोन कीले बताउनुभएको छ । भूकम्प गएको दुई घण्टापछि सुनामी आएको छ । भूकम्पपछि पाँच मिटर अग्लो सुनामीको छाल आउन सक्ने चेतावनी दिइएको थियो ।

तर साढे दुई मिटर अग्लो सुनामी छाल आएको छ । भूकम्पका कारण प्रभावित क्षेत्रमा हेलिकप्टर मार्फत उद्धार तथा राहत साम्रगी लगिएको छ ।

यसअघि सन् २०११ मा क्राइष्टर्चचमा गएको भूकम्पमा परि एक सय ८५ जनाको ज्यान गएको थियो । भूकम्पका कारण भवन भत्किएका छन् भने बाटो चिरा परेको छ । मानिसहरु खुला चौरमा बसेका छन् ।


(२०७३ कार्त्तिक २४, बुधवार)

भारतले मंगलबार रातिदेखि भारु ५०० र एक हजारदरका नोट बजारमा चलाउन रोक लगाएपछि त्यसको प्रत्यक्ष असर नेपाली मुद्रा बजारमा पर्ने भएको छ ।
भारत सरकारको निर्णयले भारतसँग जोडिएका सीमा क्षेत्रका लाखौं नेपाली नागरिक एवं भारतमा रोजगारी गर्ने नेपालीमा त्यसको प्रत्यक्ष असर पर्नुका साथै नेपालमा रहेको अर्बौं भारतीय रुपैयाँको व्यवस्थापनमा चुनौती सिर्जना भएको हो ।
भारतसँग एक हजार ८०० किलोमिटर खुला सीमा क्षेत्रमा बस्ने नेपालीसँग रहेका भारु नचल्ने भएका छन् । भारतसँग परम्परागतदेखि कारोबार भारतीय रुपैयाँमा नै हुने भएकाले त्यहाँका लाखौं नेपाली नागरिकसँग अर्बौं रकम भएको अनुमान छ ।
त्यस क्षेत्रका नागरिकले दैनिक कारोबारका लागि राखेका भारु एक हजारदेखि लाखसम्म रह्यो भने पनि त्यसको ठूलो असर पर्छ ।
त्यसैगरी, भारतले यही नोभेम्बर १० देखि डिसेम्बर ३० सम्ममा साट्नसक्ने भने पनि त्यसका लागि राखिएको प्रावधान नेपालीका लागि जटिल हुने देखिएको छ ।
भारतले राहदानी र स्थायी लेखा नम्बर (प्यान)सहित उक्त दरका नोट साट्नसक्ने प्रावधानले नेपालीलाई नराम्रो असर पार्ने देखिएको छ ।
नेपाल राष्ट्र बैंकले बुधबारै निर्देशन जारी गरेर बैंक, वित्तीय संस्था एवं मुद्रा सटही केन्द्रलाई उक्त दरका नोटको कारोबार नगर्न भनेको छ ।
त्यसैगरी, भारतीय केन्द्रीय बैंकलाई नेपालमा रहेको भारुको व्यवस्थापनका विषयमा पत्राचार गर्ने निर्णय गरेको छ ।
त्यस्तै, सुदूरपश्चिम र मध्यपश्चिममा लाखौं नेपाली नागरिक भारतमा रोजगारीमा छन् । उनीहरुलाई पनि भारतको पछिल्लो निर्णयले ठूलो असर पुर्याउने भएको छ ।
सबै क्षेत्रमा त्यसको असर पर्ने नेपाल राष्ट्र बैंक विदेशी मुद्रा विनिमय तथा विश्लेषण महाशाखाका पूर्वनिर्देशक कल्याणबन्धु अर्याल बताउँछन् ।
उनका अनुसार सर्वसाधारण एवं अनौपचारिकरुपमा कसैले भारतीय रुपैयाँ जम्मा गरेर राखेको भए ती सबै रुपैयाँ बेकाम हुने भयो । यसले पनि समग्र मुद्रा बजारमा असर पार्छ ।
नेपालका व्यापारी कसैले भारतीय मुद्रा ठूलो मात्रामा राखेको भए त्यसले समस्या निम्याउनसक्ने अर्यालको भनाइ छ । उनका अनुसार साधारणतया बलियो मुद्रामा कालोधन राख्ने भएकाले पनि भारतले गरेको अमौद्रिकीकरणको असर नेपालमा पर्छ ।
भारतीय मुद्रा अपरिवर्तीय भएकाले नेपाल र भुटानमामात्र भारतीय मुद्रा चलन-चल्तीमा छ । त्यसका लागि यी दुई मुलुकले भारतबाटै मुद्रा ल्याउँदै आएका थिए ।
नेपालमा पहिले रेलमार्फत् ल्याइन्थ्यो भने अहिले हवाई जहाजबाट ल्याउने गरिएको छ ।
भारतीय कानुनले नेपालमा भारु ५०० र एक हजारदरका नोटको कारोबारमा सन् २००२ देखि प्रतिबन्ध लगाएको भएपनि सन् २०१५ पछि भारु २५ हजारसम्म उक्तदरका नोट व्यवहारतः कारोबार गर्न पाउने व्यवस्था गरेको थियो ।
राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलका अनुसार भारतीय सरकारले भारतीय पैसा नचलाउ भनेपछि नेपालमा उक्त दरका नोट पूर्णरुपमा प्रतिबद्ध हुन्छ ।
उनले नेपालको बैंकिङ प्रणालीमा रहेका उक्त दरका नोटका विषयमा भने नेपाल राष्ट्र बैंक र सरकारले नै कूटनीतिक तवरले समाधान गर्नुपर्छ भने ।
नेपाली बजारमा पर्ने असरलाई समाधान गर्ने विषयमा बुधबारैदेखि राष्ट्र बैंकले छलफल सुरु गरेको भन्दै प्रवक्ता पौडेलले चाँडै भारतीय रिजर्भ बैंकलाई पत्राचार गरिने जानकारी दिए ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगबार राष्ट्रको नाममा सम्बोधन गर्दै जाली नोटलाई निरुत्साहित गर्न भारु ५०० र एक हजारका नोट पूर्णप्रतिबन्ध लगाउने घोषणा गरेका थिए ।
उनले सम्बोधनका क्रममा सर्वसाधारणले यही नोभेम्बर १० देखि डिसेम्बर ३० सम्ममा आफूसँग भएका उक्त दरका नोट बैंक तथा हुलाकमार्फत् जम्मा गर्न आग्रह गरेका छन् ।
बजारमा रहेको कालोधनलाई शुद्धीकरण गर्ने उद्देश्यले त्यस्तो गर्नुपरेको प्रधानमन्त्री मोदीको धारणा छ ।
सम्बोधनका क्रममा भारतका केन्द्रीय बैंकले चाँडै भारु ५०० र दुई हजारका नयाँ नोट बजारमा ल्याउने पनि जानकारी दिँदै उनले यसले मुलुकको अर्थतन्त्र सुदृढीकरण हुने बताएका छन् ।
सोही सम्बोधनअनुसार भारतका सबै बैंकका बुधबारैदेखि एटीएम बन्द गरिएको छ भने सरकारी अस्पतालमामात्र कारोबार गर्न दिइएको छ । यसले गर्दा विश्व मुद्रा बजारमा पनि असर पर्ने बताइएको छ ।
सीमा क्षेत्रमा असर
भारत सरकारले भारु ५०० र एक हजारको नोटको कारोबार बन्द गरेसँगै झापालगायत सीमा क्षेत्रका नेपाली नागरिक मारमा परेका छन् ।
सीमा क्षेत्रका होटल, पसल, सटही काउन्टर र सर्वसाधारणसँग रहेको भारु व्यवस्थापन गर्न कठिनाइ भएको उनीहरुको गुनासो छ ।
झापाको पूर्वीनाका काँकडभिट्टा तथा मेचीनगर नगर क्षेत्रमा रहेका नेपाली नागरिक भारु ५०० र एक हजारका नोट जम्मा गर्न बुधबार बिहानैदेखि दौडधुप गरिरहेका छन् । इमेजखबरमा समाचार छ ।
बोलेको कुरा पूरा गरे नेपालमा समेत असर पर्न सक्छ
खगेन्द्र जिसी (अधिवक्ता, न्युयोर्क)
डोनाल्ड ट्रम्प आप्रवासी विरोधीका रुपमा चिनिन्छन् । चुनाव प्रचारका क्रममा उनले जस्ता एजेण्डा अगाडि सारेका छन्, त्यसका आधारमा भन्दा त उनी नेपालीमात्र हैन, सबै आप्रवासीका लागि विपत्ति नै सावित हुनेछन् ।
अरु देशका आप्रवासीजस्तै नेपालीहरु पनि हजारौंको संख्यामा अमेरिकामा अवैधानिक रुपमा कार्यरत छन् । एचवानवी भिषामा काम गर्ने नेपालीहरु पनि छन् । अब ट्रम्पको जीतले उनीहरुलाई सिधा असर गर्न सक्छ ।
अमेरिकामा अहिले एक करोडभन्दा धेरै अवैधानिक आप्रवासीहरु बसोबास गरिरहेका छन् । ट्रम्पले उनीहरुलाई देश निकाला गर्ने वाचा मतदाता माझ गरेका छन् ।
यस्तै, ट्रम्पले विदेशी आप्रवासीहरुले अमेरिकीहरुको रोजगारी खोसिदिएको हुँदा कामदार भिषा (एचवानवी) पनि बन्द गर्ने र विदेशीलाई अमेरिकामा काम गर्न आउन नदिने बताइरहेका छन् ।
उनी राष्ट्रपति बनिसकेपछि एचवानवी भिषामा आप्रवासीहरु अमेरिकामा काम गर्न आउन समस्या हुन सक्छ । कतिपय अमेरिकी कम्पनीहरुले आउटसोर्सिङ गरी चीन वा भारतमा काम दिएकोमा पनि ट्रम्पले विरोध गरेका छन् । अमेरिकी कम्पनीले अमेरिकाभित्रै काम दिनुपर्ने भन्दै आउटसोर्सिङ गर्न नपाउने गरी उनले नीति बनाउन सक्छन् ।
समग्रमा ट्रम्प विदेशीहरुप्रति निकै नै अनुदार छन् । विदेशीलाई अमेरिकाभित्र काम दिने वा आउटसोर्सिङ गर्ने काममा उनको बिरोध छ ।
उनका एजेण्डाहरु त यति धेरै उग्र छन् कि उनी राष्ट्रपति भएर आफुले बोलेअनुसारको काम गर्न खोजे भने विश्वले नै विपत्ति भोग्ने छ ।
अरु देशका आप्रवासीजस्तै नेपालीहरु पनि हजारौंको संख्यामा अमेरिकामा अवैधानिक रुपमा कार्यरत छन् । एचवानवी भिषामा काम गर्ने नेपालीहरु पनि छन् । अब ट्रम्पको जीतले उनीहरुलाई सिधा असर गर्न सक्छ ।
नेपालमै बस्ने नेपालीलाई असर
ट्रम्पको नीति लागू भएमा अमेरिका बस्नेमात्र हैन, नेपालमै बस्ने नेपालीलाई पनि असर गर्ने छ । ट्रम्पले विदेशीलाई विकाश सहयोगका नाममा पैसा दिनु हुँदैन भनिरहेका छन् । उनले त राष्ट्रसंघलाई पनि डोनेसन दिनुहुँदैन भन्दैछन् ।
सम्भवतः अब नेपालले पाउँदै आएको ऋण वा अनुदान सहयोग ट्रम्पका पालामा कम हुन सक्छ । हिलारीले जितेको भए चाहिँ नेपाल र नेपालीलाई फाइदा हुन्थ्यो । उनी नेपाल पनि गइसकेकी थिइन् नेपालसँग उनको सम्बन्ध थियो ।
गरी पुर्याउन गाह्रो छ ।
तर, ट्रम्पले बोलेको कुरा गर्न सक्छन् र अमेरिकी नीति एवं कानुन सजिलै परिवर्तन गर्न सक्छन् भन्नेचाहिँ मलाई लाग्दैन । किनकि कानुन बनाउन दुबै सदनको साथ चाहिन्छ । सदनमा डेमोक्र्याटले जिते भने ट्रम्पले चाहेर पनि कानुन बनाउन सक्दैनन् ।
ओबामाका पालामा पनि त्यस्तै भएको थियो, हाउस रिपब्लिकनको बहुमतमा थियो । त्यसैले ओबामाले चाहेका धेरै कानुन पास हुन सकेनन् । दुबै हाउसमा रिपब्लिकनले जिते भने पनि ट्रम्पलाई आफुले चाहेअनुसारको कानुन बनाउन सजिलो हुने छैन । किनभने रिपब्लिकनका धेरै सिनियर लिडरसँग ट्रम्पको सम्बन्ध राम्रो छैन, त्यसले हाउसको मत ट्रम्पकै पक्षमा नहुन सक्छ ।
हिजो रिपब्लिकन राष्ट्रपति हुँदा पनि उनीहरुका अभिब्यक्ति आप्रवासी विरोधी नै थिए । तर, हाउस र राष्ट्रपतिवीचको शक्ति बाँडफाँडका कारण आप्रवासी विरोधी नीति बनी हाल्न सकेको थिएन । रिपब्लिकनका रोनाल्ड रेगन राष्ट्रपति हुँदा त अबैध आप्रवासीलाई आममाफी नै दिइएको थियो, जुनबेला हाउसमा डेमोक्रेटिकहरुको होल्ड थियो ।
सारमा म के भन्छु भने ट्रम्प चुनावी अभियानमा आप्रवासीप्रति जति असहिष्णु देखिन्थे, राष्ट्रपति भइसकेपछि त्यही अडानमा रहन र कानुन पास गराउन सक्दैनन् । यति ठूला निर्णय लिन उनलाई संसदको साथ चाहिन्छ नै । त्यसले अमेरिकी अर्थतन्त्रमा पर्ने असर के हुन्छ, त्यो पनि पक्कै हेरिन्छ । यदि ट्रम्पको पोलिसी लागू भयो भने त अमेरिकी अर्थतन्त्र दुर्घटनामा पर्छ जस्तो लाग्छ ।
हाम्रो रोजीरोटी बिदेशीले खाइदिए भन्दा त्यो अमेरिकी भोटरका लागि पपुलर नारा भयो र अमेरिकी जनता त्यसकै पछि लागे । तर, यो अवस्था परिवर्तन गर्न सक्ने स्थितिमा अमेरिका अहिले नै पुगिसकेको छैन ।
त्यसैले अहिले के विश्वास गरौं भने ट्रम्प विश्वव्यापीकरण, खुला सीमाना र उदार अर्थव्यवस्थाको विरुद्धमा जान सक्दैनन् । आप्रवासीलाई अप्ठेरो पार्ने गरी नीतिहरु त आउन सक्लान् । तर, ट्रम्पलाई त्यति सजिलो भने छैन ।
काठमाडौं । डेमोक्रेटिक हिलारी क्लिन्टनमाथि शानदार जित हात पार्दै डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचित भएका छन् ।

निर्वाचन अघि सबै मत सर्वेक्षणहरुलाई गलत सावित गर्दै रिपब्लिकन उम्ममेदवार ट्रप अमेरिकाको ४५ औं राष्ट्रपति बने । ७० वर्षका उनी अमेरिकी इतिहासका सबैभन्दा पाका राष्ट्रपति पनि हुन् ।
५३८ इलेक्टोरल अलेजमा राष्ट्रपति बन्न २७० मत चाहिन्छ । ट्रम्पले २७६ मत पाएका छन् । र, मत गणना अन्तिम तरणमा रहेको एरिजोना र मिसिगनमा उनकै अग्रता छ । एरिजोनाको ११ र मिसिगनको १६ मत थपियो भने ३०३ मत हुनेछ ।
यो परिणाम धेरेका लागि अप्रत्यासित हो । मतदान पूर्व भएका सबै मत सर्वेक्षणमा ट्रम्प कमजोर देखिएका थिए र हिलरी नै हृवाइट हाउसमा जाने देखाएको थियो ।
तर, निर्णायक मानिएका मुख्य राज्यहरु ओहायो, फ्लोरिडा, पेन्सलभेनिया लगायतमा ट्रम्पले बाजी मारे, जसले उनलाई हृवाइट हाउस प्रवेश गरायो । विस्कन्सिनमा ट्रम्पले हात पारेको जित पनि डेमोक्रेटहरुका लागि अर्को झड्का थियो ।
सस्कृतिको जगेर्ना र सांगठनिक संरचनालाई बलियो बनाउन एमालेको द्यौसीँ भैलो
बसन्त श्रेष्ठ ‘छापेली’
कार्तिक ८ गते, अर्घाखाँची
नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष चेतनारायण आचार्यले आगामी तीन वटै निर्वाचनमा एमालेलाई पहिलो बनाउने गरी लाग्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

नेकपा एमाले सन्धिखर्क बिशेष नगर समन्वय कमिटि अर्घाखाँचीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आगामी तीन वटै निर्वाचनमा एमालेलाई पहिलो पार्टीको रुपमा स्थापित गर्ने गरी लाग्न आग्रह गर्नुभयो । राष्ट्रिय राजनीतिको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष आचार्यले एमाले नेतृत्वको नौँ महिने सरकारले गरेको कार्य देखेर एमालेमा प्रवेश गर्नेको ओइरो लागेको बताउनुभयो । नेकपा एमाले सन्धिखर्क बिशेष नगरसमन्वय कमिटि सन्धिखर्कको आयोजनामा द्यौसीँ भैलो आयोजना गर्न लागेकोमा खुसी व्यक्त गर्दै आचार्यले द्यौसीँ भैलोलाई सस्कृतिको जगेर्नासँगै सांगठनिक संरचनालाई बलियो बनाउन सदुपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले कार्यकर्तालाई उच्च मनोवलका साथ लाग्न आग्रह गर्दै आवश्यक सहयोग गर्न जिल्ला कमिटि तयार रहेको जानकारी गराउनुभयो ।
कार्यक्रममा नेकपा एमाले पाँच नम्बर प्रदेश कमिटि सदस्य रामजी प्रसाद घिमिरेले मोदी र देउवाको अबैध सम्बन्धबाट प्रचण्ड सरकार जन्मिएको भन्दै नेपालको हितमा सरकारका कुनै पनि कदम नहुने जिकिर गर्नुभएको छ । नेपालको असंलग्न परराष्ट्र नीति तथा आन्तरीक मामिलामा प्रचण्डकै कारण आन्तरिक समस्या दुबै देशको साझा मामिलाको रुपमा आउने गरेको भन्दै आपत्ती जनाउनुभयो । घिमिरेले नेपालको संबिधानको बारेमा बिदेशीले समर्थन गर्न पर्ने अन्यथा बोल्न नहुने उहाँले तर्क गर्नुभयो ।

नेकपा एमाले बिशेष नगर समन्वय कमिटि संयोजक युवराज श्रेष्ठले नगरकमिटिले द्यौसीँ भैलो आयोजना गर्ने भन्दै सहयोग गर्न जिल्ला कमिटि तथा सम्पूर्ण वडा कमिटिलाई आग्रह गर्नुभयो । श्रेष्ठले द्यौसीँ भैलोले कार्यकर्ताको बिचमा एकताबद्ध तथा सस्कृतिको जगेर्ना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेकपा एमाले सन्धिखर्क बिशेष नगर समन्वय कमिटिले यस वर्ष द्यौसीँ भैलो आयोजना गर्ने भएको छ । दौसीभैलो आयोजना गर्नका लागि नेकपा एमाले बिशेष नगर समन्वय कमिटि सचिव श्रीकृष्ण भुसालको संयोजकत्वमा एक सय एक सदस्सिय द्यौसीँ भैलो मूल समारोह समिति गठन गरेको छ ।

जसमा पार्टी जिल्ला कमिटि सचिवालय सदस्यहर जर्नादन खनाल, शम्भु पोख्रेल, मोतिजंङ्ग रायमाझी, बिजुला रायमाझी, प्रेस चौतारी जिल्ला कमिटि अध्यक्ष हिमबहादुर जिसी ‘लेकाली’ जनसास्कृतिक महासंघका जिल्ला अध्यक्ष खगिश्वर केसी, बिष्णु बस्याल, डिल्ली भुसाल, लक्ष्मण पराजुली लगायतका रहनुभएको छ । नगरकमिटि संयोजक यवराज श्रेष्ठको अध्यक्षता, सचिव श्रीकृष्ण भुसालको सञ्चालन रहेको उक्त कार्यक्रममा पाटी जिल्ला कमिटि सचिव रामबहादुर चौहान, उपसचिव प्रेमनारायण गैरे, पार्टी स्कूल बिभाग सदस्य बुद्धि रायमाझी, लगायत पार्टीका नेताहरुको आथित्यता रहेको थियो ।
युबराज के सि , बहराइन
नेपाली राजदुतावास बहराइनको आयोजनामा बहराइन कार्यरत नेपालीले बिजया दशमी भब्यताका साथ मनाएका छन् ।
उक्त्त कार्यक्रम नेपाली राजदुतावास सम्पुर्ण परिवारको उपस्थितिमा एम्बेस्सी भवनको सभाहलमा भगवतीको प्रतिस्थापना गरि पुजा आर्चना गरी एम्बेस्सी महामहिम कार्यवाहक राजदुत खगराज पान्डे एवम उहाँकी धर्म पत्नीद्धारा शुभकामना दिदै उपस्थित बहराइनमा कार्यरत सम्पुर्ण प्रवासीलाई टीका तथा प्रसाद प्रधान गर्नुभएको थियो ।
नेपाल जस्तै गरि टीका लगाउन पाउँदा अत्ति हर्सित देखिन्थे । प्रत्यक्ष दर्शककाअनुसार उक्त कार्यक्रममा बिगत भन्दा बाक्लो उपस्थिति भएको महसुस गरिएको थियो ।

असोज २६ – भारत प्रशासित काश्मिरको पन्पोरमा सुरक्षाकर्मी र बिद्रोहीबिच सोमबार बिहानदेखि भएको भिडन्त रोकिएको छ । पन्पोराको सात तले भवनमा लुकेका बिद्रोही र सुरक्षाकर्मीबिचको भिडन्त झण्डै ६० घण्टापछि रोकिएको हो । भिडन्तमा दुई जना बिद्रोही मारिएका छन् ।

मारिका दुई बिद्रोहीले भारतीय सुरक्षाकर्मीलाई ६० घण्टासम्म रोकका हुन् । बिद्रोही लुकेको भवनलाई सेनाले आफ्नो नियन्त्रणमा लिएको छ । सुरक्षाकर्मी भवनमा प्रवेश गरेका छन् । सेनाले दुई बिद्रोहीसँगको भिडन्तमा ५० रकेट, मेसिन गन र तथा एक सय भन्दा धेरै ग्रेनेड बम प्रयोग गरेको थियो ।

एकजना बिद्रोही सोमबार नै मारिएको र एक जना बुधबार मारिएको भारतीय सेनाले जनाएको छ । कारबाही अभियानमा सेना, सीमा सुरक्षा बल, केन्द्रिय रिजर्व प्रहरी बल र प्रहरीसहित संयुक्त टोली सहभागी भएको थियो ।
श्रीनगर–जम्मु राजमार्गमा पर्ने आन्त्रपेन्योर डेभलपमेन्ट इन्स्टिच्युडको यो भवनमा गएको फेब्रुअरीमा पनि बिद्रोही घुसेका थिए । त्यसबेला झण्डै ४८ घण्टासम्म भएको भिडन्तमा एक नागरिक, चार बिद्रोही र तीन जना सुरक्षाकर्मीको ज्यान गएको थियो ।