कथा जस्तै खेलकुद मन्त्रीको विगत : आफ्नै मृत्युको खबर पटक–पटक रेडियोमा सुन्थे

























महावीर विश्वकर्मा


आफ्नो फोटो टाँसेका धेरै परिचय पत्रहरु फटाइसकेका दलजीतको नाममा भर्खरै फेरी अर्को परिचय पनि थपिएको , मन्त्री काठमाडौंबाट निक्कै परको रुकुम जिल्लाको एउटा कुनामा जन्मिएकाकान्छायतिबेलामन्त्रीज्यूभएका छन् ।युवा तथा खेलकुद मन्त्रीमा यिनको नाम दर्ज भएसँगै यिनको मोबाइलले फुर्सद पाएको छैन फोन म्यासेजको भारी दलजीतसम्म ल्याइपुर्याउन निकै दौडधुप गरिरहेको त्यसले यो त्यही मोबाइल हो, जुन केही महिना अघि एकाएक निकै फुर्सदिलो बनेको थियो जतिबेला दलजीत श्रीमतीको किड्नी ट्रान्सप्लान्टका लागि टिचिङ्ग हस्पिटलमा थिए, ऋण खोजेको पैसा पनि सबै सकिइसकेको थियो ।सांसद दलजीतबाट विभिन्न काम गराउन फोन गर्नेहरु त्यतिबेला दलजीतले गरेको फोन पनि उठाउँदैनथे ती दिनहरुमा हस्पिटलमै पुगेको एक साँझ उनले बडो मन दुखाउँदै भनेका थिए, “दलजीतले ऋण माग्छ भनेरै फोन नउठाको होला नि उनको कुरा सुनेर मन भारी भएथ्यो बोल्ने शब्दै निख्रिएको महसुस भएर चुप बसेको थिएँ ।मन्त्रीको सपथ ग्रहण गरेको रात दलजीतको आँखाभरि पुराना दिनहरु तँ छाड मँ छाड गर्दै आईरहे अबेरसम्म केके सोँचेर बसिरहेका थिए उनी कुनै चलचित्रको पात्रफ्ल्यास ब्याकमा गएको दृश्य जस्तै भयो त्यो रात खुबै नोस्टाल्जिक बने

दलित भएकैले गाउँमा बुवा, आमा, दाई, दिदीहरुले गैरदलितहरुबाट अन्याय खेप्नु परेको सम्झिए उनीहरुले साहुकोमा काम गरेपनि ज्याला नपाएको सम्झिए अनि सम्झिए, बेलाबखत गाउँका चेलीबेटीहरुको ईज्जत लुटिएको भन्ने हल्लाहरु अहिले सम्झिँदा पो झसङ्ग हुन्छन्, ईज्जत लुटिनुको अर्थ बलात्कार हुनु पो रहेछ त्यतिबेला न्याय खोज्न जाने हैसियत कहाँ थियो त्यहाँका दलितहरुको, गरीबहरुको प्रहरी प्रशासन सबै ती नै ठुलाबडाको हैकममा थियो, जसले अन्याय गरिरहन्थे ।दलजीत वि.सं. २०२८ साल असोज २७ गते जन्मिएका हुन्, रुकुमको महत , गुनाममा गणेश वि.. सुकैदेवी वि..को कान्छो छोरा भएर दाईहरु जस्तै साहुकोमा गोठालो बस्नु परेको भए आजको मन्त्री गुनाम मै गुमनाम हुने थियो सायद तर बुवा आमाले एउटा छोरोलाई चाहीँ जसरी भएपनि पढाउने निधो गरेकैले उनी यहाँ आईपुगेका छन् ।उनी सँधै प्रथम हुन्थे कक्षा पास गरेपछि बाँकी पढ्न अलि परको विद्यालयमा गए विद्यालयमा शिक्षकले सबै जात समान हुन्छ भनेर पढाउँथे तर गाउँमा त्यस्तो हुन्थेन् गाउँको अन्याय देखिरहेको उनी कक्षा पढ्दै गर्दा त्यतिबेलाको मोटो मशालको विद्यार्थी संगठनमा आबद्ध भए ।संयोग कस्तो भने दलजीतलाई कोर्सको किताब पढाउँदा पढाउँदै समाजको थिचोमिचो विरुद्धमा लाग्न घच्घच्याएका शिक्षक पनि अहिले एउटै मन्त्री मण्डलमा छन् उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महरा महरा किताब पढाउँथे नै, सँगै समाजमा भईरहेका अन्यायको बारेमा पनि खुसुक्क भनिदिन्थे ।दलजीतले एस एल सि पास गरेपछि गाउँकै विद्यालयमा दरबन्दी शिक्षकको हैसियतमा पढाउन थाले त्यतिबेलै हो विवाह गरेको पनि, सुनकारी वि..सँग त्यतिबेला विद्यालयमा यस्ता शिक्षकहरु पनि थिए जसले एउटा दलित केटो आफ्नै विद्यालयमा मास्टर भएको स्वीकार्न सकेनन् प्रधानाध्यापक नै उनको विरुद्धमा लागे ।उनको कसुर केही हुन्थेन् पनि सार्वजनिक ठाउँमा अमपानजनक व्यवहार खेप्नुपथ्र्यो राती आएर घरमा ढुङ्गा हानेर सताउँथे दलजीत चोर, गाउँ छोडभन्दै नाराबाजी गर्थे कति रात उनी घरदेखी पर गएर खेतका कान्लाहरुमा सुते रुखका फेदहरुमा सुते राती केही गर्ने हुन् की भनेर परिवारले उनलाई अन्तै गएर सुत्नु भन्थे ।अन्ततः उनले पढाउन छोडे सताउन पनि छोडियो सायद हाई सञ्चो भयो सताउनेहरुलाई लाग्यो होला, अब चाहीँ दाईहरु जस्तै यो पनि अरुकोमा गोठालो बस्छ  

        तर दलजीत पछाडी हटेनन् पहिले गरिबीकै कारण पढ्न नसकेका उनीलाई जसरी पनि पढाउने भनेर आमा, श्रीमती, दाईहरुले अठोट गरे अनि मुसिकोट क्याम्पसमा भर्ना भए मुसिकोट मै बसेर पढ्थे घरबाट झोलामा हालेर पिठो लगेका हुन्थे, गुन्द्रुक लगेका हुन्थे ।उनी पढाई सँगै संगठनको काममा पनि सक्रिय भए कक्षा १२ को परीक्षा दिएर बस्दा पार्टीले (तत्कालीन नेकपा माओवादी) जनयुद्ध शुरु गर्ने निर्णय ¥यो उनी पनि सामेल भए जनयुद्धमा लाग्न घर छोड्ने दिनको दृश्य निकै कारुणिक थियो उनी अघिल्लो दिन नै आवश्यक कपडाहरु हालेर तयार गरिएको झोला भिरेर आँगनमा उभिएका थिए आमा बुवा पिँढीमा थिए ।श्रीमती मलिन अनुहारमा अब यो बच्चा कसरी पाल्ने ? भनेर सोध्दै थिइन् उनीसँग त्यो प्रश्नको जवाफ थिएन सानी छोरीले दलजीतको खुट्टामा समातेर बसेकी थिइन् आमा अघि सर्दै अबिर लगाईदिइन् भनिन्, एउटा छोरो युद्धकै लागि भयो, आँट गरेर अगाडी बढ् बुवाले पनि राम्ररी जाभनेर बिदा गरे उनी आँगनबाट हिँडे अलि पर पुगेर यसो फर्कि हेरेको, बुवा पनि एकातिर फर्किएर रोइरहेका रहेछन् मुटुमा गाँठो पारेर अघि बढे उनी ।अब उनको दैनिकी फेरियो हतियारसँगको यात्रा शुरु भयो यो यात्रा त्यति सहज कहाँ थियो पाईला पाईलामा मृत्युको सम्भावना बोकेर हिँडेका थिए उनी ।एकदिन उनी गाउँकै सेल्टरमा पुगेका थिए बम हेर्न खोज्दा हातबाट फुस्किएर अगेनामा ¥यो तत्कालै बडेमाको आवाज निकालेर पड्कियो उनी बेहोस् भएर ढले शरीरैभरि आगै आगो भयो सँगैको साथी दौडिएर अरुलाई दलजीतको मृत्युको खबर सुनाउन गए ।उनकी श्रीमतीलाई गएर भने, भाउजु प्रशान्त (भूमिगत नाम) दाईको मृत्यु भयो श्रीमती हत्तपत्त घाँस काट्न छोडेर धुँवै धुँवा भएको छाप्रोमा पुगिन्। छेउमै रहेको डुँडमा फोहोर पानी थियो त्यही पानी दलजीतको जीउमा खन्याएर आगो निभाइन् सबैलाई लाग्यो दलजीत मरे तर निक्कै बेरपछि उनको होश आयो ।त्यतिबेला उनी बाँचे तर त्यो जीवन कहिलेसम्मको लागि हो भन्ने चाहीँ कसैलाई थाहै थिएन जुनसुकै बेला जे पनि हुन सक्थ्यो ।२०६० साल मंसिर महिनाको कुरा हो, कैलालीको बन वर्षामा उनी सुरक्षा फौजको घेरामा परे चातैतिरबाट गोली बर्सियो सँगै रहेका साथी काशीराम चौधरी (सयपत्री) गोली लागेर ढले, तत्कालै उनको प्राण पखेरु उड्यो दलजीत भागेर केराको गाँज नेर पुगे बाहिरी कपडा फुकालेर गन्जी कट्टु मात्रै लगाएर अर्कै बाटो निस्किए ।सुरक्षा फौजले सर्वसाधारण भन्ने ठानेर केही गरेन अलि पर पुगेपछि उनी लामो फड्को हानेर उखु बारीमा हाम फाले अनि पो सुरक्षाकर्मीहरुले चाल पाए, उनी माओवादी लडाकु रहेछन् भन्ने ।त्यसपछि उखुबारीलाई केन्द्र बनाएर चारैतिरबाट गोली बर्सियो कसो कसो उनी लम्पसार परेर कुहिनाले टेकेर अगाडी बढ्दै त्यहाँबाट निस्किएर भागे त्यति नै बेला एउटा गोली उनको दाहिने खुट्टाको कुर्कुच्चा माथी लाग्यो उनी रन्थनिँदै एउटा घरमा पुगे आँगनमा ढले ।अन्न निफन्दै गरेकी बुढी आमैले उनी माथी पराल, सुँगुरको दिसाहरु, घाँस थोपरेर लुकाए सुरक्षाकर्मी त्यहीँ आएर सोध्दा आमैले भनिन्, यही बाटो बाट दौडिँदै गएको उनीहरु त्यही बाटो पछ्याउँदै गए घण्टा पछि दलजीतको होस् आयो ।नजिकै भिडन्तमा केही साथीहरु मारिएका रहेछन् रेडियोमा प्रसारण भएको समाचारमा उनी पनि मारिएको भनेर बज्यो त्यतिबेला उनकी श्रीमती पनि जनसेना भइसकेकी थिइन् बेलुकी मृतक साथीहरुको श्रद्धाञ्जली कार्यक्रम राखिएको थियो उनकी श्रीमती पनि त्यहीँ आएकी थिइन् ।त्यतिबेला टुकीको उज्यालोमा जब उनले दलजीतलाई जिउँदै देखिन् अनि हुत्तिएर आएर गमलङ्ग अँगालो हालेर रोईन् निकैबेर रोइरहिन् यस्तो धेरै पटक भयो, उनको मृत्युको समाचार रेडियोमा बज्थ्यो, समाचार उनी आफै सुनिरहेका हुन्थे ।दलजीतकी श्रीमती सुनकुमारी सुत्केरी भएको दिन मात्र हुँदाको एउटा स्मृति उनी घरमै थिईन पार्टीको गाउँ कमिटिका केही मान्छेहरु आएर कमरेड प्रशान्त सहित हुनुभयो भनेर सुनाए अनि सुत्केरी अवस्थामा रहेकी उनलाई सहित पत्नी घोषणा गरेर सम्मान पनि गरे ।तर केही दिनपछि एउटा पत्र आयो उनै दलजीतले पठाएको, सञ्चै छु भन्ने खबरसहितको पत्र जनमुक्ति सेनाको डिभिजन सह कमाण्डरसम्म भएका दलजीतलाई लिन आएको काल खै के सोँचेर हो, पटक पटक फर्किएर गयो ।छोरा माओवादीको सशस्त्र युद्धमा हिँडेकै कारण उनको बुवा आमाले सेना, प्रहरीको कुटाई खाए कुटाईबाट थला परे ज्यान गुमाए दलजीत त्यो दिन सम्झिँदा आज पनि आँखा भरि आँशु पार्छन, जुन दिन पर खोला छेउमा उनको बुवाको चित्ता जलिरहेको थियो, दलजीत जङ्गलबाट दुरबिनले त्यो दृश्य हेरिरहेका थिए मन थियो, बुवाको चित्ता छेउमै बसेर बेस्सरी रोउँ, बुवा जीवित् छँदाको सबै सबै कुराहरु सम्झिएर आँशु झारी रहुँ तर सुरक्षा चुनौतीकै कारण यो सबै सम्भव भएन अनि जङ्गलबाटै दुरबिनले त्यो दृश्य हेरिरहे

किड्नी ट्रान्सप्लान्टको लागि श्रीमतीलाई अस्पतालमै राखेको बेला एक दिन उनको कोठामा नै पुगेको थिएँ , एन्टेना फाउण्डेशन नेपालको रेडियो कार्यक्रममैले जे भोगेँका लागि उनीसँग कुरा गर्न मलाई उनको भोगाई सुन्नु थियो त्यो सुनाए सँगै फुकाए मनको बह, सकि नसकी बोकेको भारी चौतारीमा फ्यात्तै बिसाए झैँ गरि भने, “राजनीतिमा विचार मुख्य कुरा हो तर त्यो विचार बोक्ने भौतिक शरीरलाई टिकाउने कुरा पनि उतिकै मुख्य हो यसका लागि पनि पैसा चाहिँदो रहेछ युद्ध भूमिमा कहिल्यै नथाकेको कमाण्डर यतिबेला मेरो अघिल्तिर पटक पटक खुइइइगर्दै थिए सायद कठिन थियो, जीवन बाँच्ने युद्ध मलाई मनमा चिसो पस्यो, पैसाको अभाव पूर्ति गर्नकै लागि कतै नैतिकता नै बन्धकी राख्ने सोँचमा पुग्दैनन् यिनी ? तर विगतमा आर्थिक, साँस्कृतिक लगायतका सबै परीक्षामा निश्कलंक उत्तीर्ण भएका दलजीत त्यति कमजोर कहाँ थिए ।उनले तत्कालै थपे, “अब पैसा पनि कमाउनुपर्छ भन्ने लागेको राजनीति गर्नेहरुले वैकल्पिक पेशा गर्नुपर्ने रै पनि अब कुनै वैकल्पिक पेशा अपनाउँदै राजनीतिमा लाग्छु तर चोर बाटो बाट पैसा कमाउन लाग्ने मान्छे हैन मेरो ईमान्दारितामा अहिलेसम्म कुनै दाग लागेको छैन, अब पनि लाग्न दिन्नँ जीन्दगी संघर्ष हो, सबै यसै भन्छन् पाईलापाईलामा जोखिम मोलिरहेका हुन्छौँ हामी त्यसैले जीन्दगी संघर्ष नै हो रे तर उनको जीवन भोगाई सुनेपछि यस्तो लाग्यो की जीन्दगी संघर्ष मात्रै होईन बरु यो संघर्षहरुको पहाड नै हो, जति छिचोल्यो उति थपिन्छ ।उनी त्यही दलजीत हुन्, जसको टाउकोको मुल्य १० लाख तोकेर तत्कालीन सरकारले जताततै पर्चा टाँसेको थियो अनि उनी त्यही दलजीत हुन्, जो बमका वटा छर्रा अझैपनि शरीरभित्रै राखेर हिँडिरहेछन् त्यो निकाल्न नेपालमा सम्भव पनि छैन भन्छन् उसो भए विदेशमा गएर भए नि निकाल्नुपर्यो नि !” भन्दा उनी हाँस्दै भन्छन्, “जनयुद्ध लडेको मान्छे, यी छर्राहरु गहना भए मेरा


मन्त्री भएपछि पद तथा गाेपनीयताकाे सपथ लिँदै खेलकुद मन्त्री दलजीत श्रीपार्इली
दलजीत यही गहना साथमा राखेर एउटा परीक्षामा उत्रिएका छन् यतिबेला यो परीक्षा केही जटिल भने सँधै सँधै जस्तै यो परीक्षामा पनि उनी उत्तीर्ण भए भने त्यतिबेला बधाई दिउँला भन्ने सोँचिरहेछु सम्झिरहेछु जनवादी गायक जीवन शर्माको शब्द स्वरमा गुञ्जीरहने एउटा गीत:
जाल थापी हिँड्ने जालहारीको पासोमा कतै नपस्नु है 
दुष्टले तिमीलाई झुक्याई देला बल्छीमा कतै नफस्नु है
सागर भेट्न जाँदैछ नदी सँगैसँगै जाउ  
पानीमा खेल्ने माछी तिमी पौडी खेल्दै जाउ  
पहराले छेके पनि, पहिरोले रोके पनि…..बीचमा कतै नहराउ..
(महावीर विश्वकर्मा एन्टेना फाउण्डेशन नेपालका कार्यक्रम उत्पादक हुन् )
copy diyopost.com

, , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस