मन्त्रीको गाडी तरकारी बजारको हिलोमा घ्याच्च !




२१ असार, काठमाडौं यो कुनै ग्रामीण सडकको दृश्य होइन राजधानीमै मन्त्री चढेको गाडी हिलो फोहोरमा फसेर चल्न नसकेको यो दृश्य हेर्दा सामान्य लागे पनि सामान्य परिघटना होइन आपूर्तिमन्त्री गणेशमान पुनले मंगलबार कालीमाटी तरकारी एवं फलफूल बजार निरीक्षण गर्न जाँदाझण्डावालगाडी फसेपछिडण्डावालप्रहरीको गाडीमा लिफ्ट माग्नुपर्‍यो तरकारी बजार आसपासको सडक कस्तो थियो भन्ने तस्वीरबाटै स्पष्ट हुन्छ मन्त्री चढेको गाडी हिलोमा फसेपछि उनी फोहोरको थुप्रो छेउमा निस्किए छेउछाउमा कुहिएका फलफूहरुहरुको दुर्गन्ध थियो मन्त्रीका चिल्ला जुत्तासमेत ग्याज-ग्याज गर्ने हिलोमा आधाउधि डुबे  अन्ततः कुहिएका आँप टेक्दै मन्त्री प्रहरीको गाडीतर्फ लम्किए सेनाको सहारामा प्रहरीको गाडीभित्र चढे हिलो फोहोर टेक्दै मन्त्रीले यसरी जनताको सरोकारको विषयमा अनुगमन गर्नु सकारात्मक कार्य नै हो तर, मन्त्री सरकारी उच्च आहोदामा बस्नेहरुले काटो हिँड्दा यस्तो सास्ती भोग्नुपरेको घटना भने दुर्लभ मानिन थालेको मन्त्रीले एक दिन पाएको यस्तो सास्ती सर्वसाधारण नागरिकले दिनहुँ भोग्दै आइरहेका छन् एक दिन गन्हाउने हिलोमा डुबेका मन्त्री पुनले राजधानीमै देखिएको सडकको यस्तो दुरावस्था हटाउन सरकारी तवरबाटै पहल पनि गर्ने हो पो कि ? राजधानीको सडक निर्माणमा सरकारी अधिकारीहरु ठेकेदारले अनियमितता लापरवाही नगरेको भए मन्त्रीकै गाडी हिलोमा फस्नुपर्ने अवस्था आउने थिएन कि मन्त्रीज्यू ?

, ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस