पहिरोले पुरेर गुल्मीमा ५ जनाको मृत्यु

साउन ११, काठमाडौं ।  गए रातीको अविरल वर्षाले गएको पहिरोले घर पुरिदा गुल्मीमा ५ जनाको मृत्यु भएको छ । गुल्मीको हस्तीचौरमा ३ जनाको र विशुखर्कमा २ सहित ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको  छ ।
जिल्ला प्रहरी कार्यलय गुल्मीका अनुसार हस्तीचौर–१ मल्दीका भिमबहादुर दर्जीको घर बगाउँदा उनीसहित ४९ वर्षीया श्रीमती तुल्सी दर्जी, १९ वर्षीया बुहारी अस्मिता दर्जी र ६२ वर्षीया दिदी कालिका दर्जीको मृत्यु भएको हो ।  
त्यस्तै विशुखर्क–९ का गोपाल रानाका ८ वर्षीय छोरा सुजन राना र ६ वर्षीया छोरी सिमना रानाको पनि पहिरोले पुरेर मृत्यु भएको छ । असार २९ गतेदेखि लगातार परेको अविरल वर्षा जम्मा एक दिन साउन ८ गते मात्र रोकिएको थियो ।
 रातैभर र अहिले विहानसम्म अविरल वर्षाले पुराएको क्षतिको विवरण संकलन गर्न समेत प्रहरी र सञ्चारकर्मीलाई समस्या भईरहेको छ । भने विद्युत अवरुद्ध हुनुका साथै  टेलीफोन सेवा समेत अवरुद्ध भएको छ ।  

२५ घर परिवारलाई पहिरोले बन्धक बनायो

यसैबीच गुल्मीको बडागाउँ–६को जलुके गाउँका झण्डै २५ घरधुरी चारै तिरबाट बग्दै गरेको पहिरोको बीचमा परेका छन् ।
जलुकेका दुर्गाबहादुर खड्का, पृथबहादुर खड्का गोविन्द खड्का, नरबहादुर खड्का, वलबहादुर खड्का, दानबहादुर खड्का आत्माराम न्यौपानेसहित २५ भन्दा बढि परिवारको घर पहिरोले चारै तिरबाट घेरेको दुर्गाबहादुर खड्काले बताए ।

, , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस