बुलन्द न्युज
अर्घाखाँची – अर्घाखाँचीको पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने गाउँपालिकाको विकास तथा युवा रोजगारीको लागि दक्षिण कोरिया पुग्नु भएको छ । झण्डै १० दिने भ्रमणमा रहनु भएका अध्यक्ष न्यौपानेले दक्षिण कोरियाका स्थानीय सरकारसँग साझेदारी गर्ने गाउँपालिकाका युवाहरुलाई त्यहाको प्रबिधी सिकाई नेपालमा नै रोजगारी श्रृजना गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले युवाहरुलाई मौसमी कामदारको रुपमा कोरिया पठाउने तथा उनीहरुले सिकेको कृषि प्रबिधी तथा सिपलाई स्वदेशमा परिचालन गर्ने गरी तयारी भएको बताउनुभयो । त्यसका लागि कोरियास्थित बिभिन्न स्थानीय तहका प्रमुख तथा नेताहरुसँग छलफल भेटघाट भइरहेको बताउनुभयो । उहाँले भेटमा नेपालको जस्तै भुगोलमा कोरियाले गरेको विकास हेर्न लायक रहेको भन्दै गाउँपालिकालाई सिपयुक्त जनशक्ती र रोजगारी प्राथमिकताका साथ लिइएको बताउनुभयो ।
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाद्धारा भब्य स्वागत
पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेलाई दक्षिण कोरियामा भव्य स्वागत गरिएको छ । दक्षिण कोरियाका स्थानीय सरकारसँग भगिनी सम्बन्ध स्थापना गरी विकासमा सांझेदारी गर्ने लक्ष्य बोकेर दक्षिण कोरिया पुग्नु भएका पाणिनीका अध्यक्ष न्यौपानेलाई अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले स्वागत गरेको हो ।
उहाँसंगै चौबिसे गाउँपालिका धनकुटाका अध्यक्ष राजकुमार लिम्बुलाई पनि स्वागत गरिएको अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाका अध्यक्ष रुद्र पौडेलले जानकारी दिनुभएको छ । स्वागत पछि आयोजित अन्तरक्रिया कार्यक्रममा नेपालमा विद्यमान व्यवसायिक सम्भावना र चुनौतीका विषयमा छलफल समेत चलाइएको थियो । छलफलमा त्यहाँ रहेका नेपालीहरुले आफ्ना अनुभव र समस्याहरुको बारेमा धारणा समेत राखेको अध्यक्ष पौडेलको भनाई छ । कार्यक्रममा बोल्दै पाणीनी अध्यक्ष न्यौपानेले दक्षिण कोरियाका पालिकासँग समन्वय गरि कृषिमा मौसमी कामदार लैजाने, व्यवसायिक कृषि र आर्थिक समृद्धिको निम्ती हातेमालो गर्ने र कोरियाबाट फर्किएका कामदारलाई व्यवसायिक योजनामा सहजीकरण गर्ने पालिकाको योजना रहेको बताउनुभयो ।
कार्यक्रममा आयोजक संस्थाका उपाध्यक्ष मनोज पौडेल, सचिव सि.एन.भण्डारी लगायतले स्थानीय सरकारको प्रगति र गतिविधिका बारेमा जिज्ञासा राख्नुभएको थियो भने दुवै पालिकाका अध्यक्षहरुले जवाफ दिनुभएको थियो । कार्यक्रममा लुम्बीनी प्रदेश सम्पर्क मञ्च दक्षिण कोरियाका अध्यक्ष हिमाल खनाल, र चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बुले पनि सम्बोधन गर्नुभएको थियो । उहाँहरुले कृषि र पर्यटनलाई व्यवसायिकीकरण गरि आर्थिक समृद्धि हाँसिल गर्नुपर्नेमा जोड दिनुभएको छ । कार्यक्रम अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाका अध्यक्ष रुद्र पौडेलको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष बाबुराम पोख्रेलको स्वागत मन्तव्य र महासचिव आविश्कार घिमिरेको संचालनमा सम्पन्न भएको हो ।

बसन्त श्रेष्ठ छापेली
३० मंसिर २०७७
सन्धिखर्क नगरपालिकाको आयोजनामा नगरभित्रका टोल सुधार समितिहरुसँग छलफल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । वडा नं ६ देखि १२ सम्मका टोल सुधार समितिलाई सन्धिखर्क नगरपालिकाले टोल सुधार समितिको भुमिका, गठन, सञ्चालन तथा व्यवस्थापनका बारेमा छलफल कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नगर प्रमुख कमल प्रसाद भुसालले नगरपालिकाले टोलसुधार समितिलाई सक्रिय बनाउने पहल सुरु गरेको बताउनुभयो । प्रमुख अथिति समेत रहनुभएका भुसालले सरसफाई तथा सामाजिक विकास तथा सम्बृद्धिमा टोलसुधार समितिको महत्वपूर्ण भमिका रहने भन्दै सार्वजनिक सम्पत्तीको संरक्षणमा जोड दिनुभयो । आफ्नो टोल, छरछिमेकको गरिमा बढाउन तथा विकासलाई प्रभावकारी बनाउन टोलसुधार समिति सक्रिय बन्नुपर्नेमा जोड दिनुभयो ।
सन्धिखर्क नगर उपप्रमुख ठाकुर कुमार बिकले टोलसुधार समितिको काम, कर्तव्य तथा नीतिगत व्यवस्थाको बारेमा जानकारी गराउदै टोल सुधार समिति नगरपालिकाको साझेदार निकाय रहेको बताउनुभयो । बि.क ले नगरपालिकाले सबै टोल सुधार समितिको सञ्चालन व्यवस्थापन तथा नियमनका लागि कार्य बिधि पास गर्ने अन्तिम चरणमा रहेको बताउदै टोल सुधार समिति नगरपालिकाको सम्बृद्धिको आधार भएको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले टोल सुधार समितिले सबै नगरबासीको रहर, सुन्दर सन्धिखर्क नगरको नारालाई कार्यान्वयनमा महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । सापकोटाले टोलसुधार समितिलाई प्रोत्साहनका लागि उत्कृष्ट काम गर्नेलाई पुरस्कृत गरिने पनि बताउनुभयो ।
प्रकाश सचेतन समुह प्रागका कार्यकारी निर्देशक प्रेमनारायण गैरेले पूर्ण सरसफाईको बारेमा प्रस्तुतीकरण गरेको कार्यक्रममा सन्धिखर्क नगर प्रबक्ता लिलाराम गौतमको स्वागत मन्तब्य रहेको थियो । कार्यक्रममा सबै वडाध्यक्षको तर्फबाट वडा नं ८ का वडाध्यक्ष इश्वरी प्रसाद भुसाल, पत्रकार महासंघ जिल्ला सदस्य बसन्त श्रेष्ठ लगायत बिभिन्न टोल सुधार समितिका प्रमुख तथा प्रतिनिधीले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका शाखा अधिकृत तथा सूचना अधिकारी मञ्जु खनालले सहजीकरण गर्नुभएको थियो ।
आर्थिक क्रान्तिका माध्यमबाट मुलुकको सम्बृद्धि ः लम्बिनी प्रदेश सभा सदस्य आचार्य
बुलन्द न्यूज
१२ मंसिर २०७७
राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का उज्वलले घरेलु तथा साना उद्योग सम्बृद्धिको आधार भएको बताउनुभएको छ । अर्घाखाँची चप्पल उद्योगको सन्धिखर्क नगरपालिका वडा नं १२ भद्राचौरमा उद्घाटन गर्दै उहाँले व्यवसायिक सोचको विकासको कार्यान्वयन स–साना उद्योग धन्दाबाट सुरु हुने बताउनुभयो । नेपाल कम्युनिष्ट पाटी नेकपाका नेता समेत रहनुभएका खड्काले आत्मनिर्भरतालाई बढाउन स–साना उद्योग घरेलु उद्योगको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले अन्य युवाहरुले समेत फरक खालका व्यवसाय कम लगानीमै सञ्चालन गर्ने अभियान चलाउनुपर्नेमा जोड समेत दिनुभयो ।
लम्बिनी प्रदेश सभा सदस्य चेतनारायण आचार्यले अर्घाखाँची चप्पल उद्योगको स्थापनाबाट सिंगो नगरपालिका र जिल्लामा नयाँ आयाम थपिएको बताउनुभयो । नेकपा जिल्ला कमिटि अध्यक्ष समेत रहनुभएका नेता आचार्यले आर्थिक क्रान्तिका माध्यमबाट मुलुकको सम्बृद्धि हुने बताउनुभयो । उहाँले युवाहरु स्वरोजगार हुँदै अन्य युवालाई समेत रोजगारी दिने खालका अभियानले प्राथमिकता पाएकोले राज्यको तर्फबाट साथ सहयोगका लागि बिशेष कदम चालिने विश्वास दिलाउनुभयो ।
सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसालले सन्धिखर्क नगरपालिका भित्र नयाँ व्यवसायको सुरुवात भएको भन्दै सञ्चालक प्रकाश श्रेष्ठलाई धन्यबाद दिनुभयो । नगरप्रमुख भुसालले सन्धिखर्क नगरपालिकाले नगरको छुट्टै औद्योगिक ग्राम निर्माणको तयारीमा रहेको भन्दै नगरभित्रका उद्योगहरु सोही ठाउमा राखिने बताउनुभयो ।
नगर उप प्रमुख ठाकुर कुमार बिक किशोरले सबै युवाहरुलाई आत्मनिर्भर र स्वरोजगार बन्न आग्रह गर्दै नगरभित्र स्थापना भएको उद्योगलाई नगरपालिकाले प्राथमिकताका साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सन्धिखर्क नगरपालिका वडा नं ११ का वडाध्यक्ष धुर्वराज आचार्यले उद्योगको स्थापना भएसँगै युवाहरुलाई कम लगानीमा पनि स्वरोजगारीका अवशर श्रृजना गर्न सकिन्छ भन्ने सन्देश प्रवाह भएको बताउनुभयो ।
उद्घाटन समारोहमा समाजसेवी रामबहादुर बि.क, लोकहरी श्रेष्ठ, सूर्योदय बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जिवलाल श्रेष्ठ, राष्ट्रिय युवा परिषदका जिल्ला अध्यक्ष लिलबहादुर बि.क, पत्रकार मधुकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका जिल्ला सदस्य बसन्त श्रेष्ठ, लगायतले उद्योगको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
आफुसँगै अन्य युवाहरुलाई पनि आत्मनिर्भर बनाउन व्यवसाय सञ्चालन गरेको सञ्चालक युवा व्यवसायी प्रकाश श्रष्ठले बताउनुभयो । भण्डै ४ लाखको लगानीमा सञ्चालन गरिएको उक्त उद्योगमा दैनिक ३ जना जनशक्तिबाट २ सय थानसम्म चप्पल उत्पादन गर्न सकिने श्रेष्ठले जानकारी दिनुभयो ।

.jpg)












































