कांग्रेस अर्घाखाँचीः विवाद छताछुल्ल , पार्टी कार्यालयमा तालाबन्दी


बुुलन्द संवाददाता
 आर्घाखाँची
नेपाली कांग«ेस आर्घाखाँचीमा बिवाद छताछुल्ला भएको छ । 
पाटीमा संस्थापन पक्षले एकलौटी मच्याएको भन्दै नेपाली काग्रेसको पार्टी कार्यालय बिपि स्मृति भबन अर्घाखाँचीमा काग्रेसका असन्तुष्ट पक्षले तालाबन्दी गरेका छन् । 
जिल्ला सभापति बिष्णु प्रसाद खनाल ९मुस्कान०ले पार्टीको बिधान बिपरित कार्यसमिति बिस्तार गरेको ,जिल्ला अधिबेशनको बेला गरेको सहमति कार्यन्यन नगरेको भन्दै नेपाली कागे्रसका केही नेताहरुले हस्ताक्षर संकलन गरी पार्टीको केन्द्रिय कार्यालयमा मुद्धा दर्ता गरेको र मुद्धाको छिनोफानो नभएसम्मको लागी तालाबन्दी गरीएको नेपाली कागे्रसका पूर्ब सचिब तथा महाधिबेशन प्रतिनिधि बासुदेब आचार्यले प«तिक्रिया दिनुुभयो । 

नेपाली कांग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीको सन्धिखर्कमा रहेको बिपि स्मृति भवनमा ताला लगाएको प्रति कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 



























पाटीका असन्तुस्ट पक्षहरुले कांग्रेस केन्द्रिय कार्यलय सानेपामा लिखित उजुरी दिए पश्चात हिज सोमबार पाटी कार्यलयमा गरेको तालाबन्दीले कांग्रेस जनमा अपमान गरेको जनाइएको छ । 

जिल्ला कार्य समितिको पाटी कार्यलय सन्धिखर्कमा जिल्ला सभापति बिष्णु खनाल मुस्कानको अध्यक्षतामा बसेको आकस्मीक बैठक पछि जिल्ला सचिब छबिलाल पौडेलले जारी गरेको प्रेस विज्ञप्तीमा ताला लगाउने निन्दनीय रहेको बताइएको छ । 

असन्तुस्ट पक्षहरुको बहकाउमा नलागी पाटी संगठनको काममा अगाडी बढ्न पनि कार्यक्रतालाई विज्ञप्ती मार्फत जानकारी गराइएको छ ।

,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस