जनज्योतिको ताला खुल्यो, गल्ती नदोहो¥याउने बिद्यालयको प्रतिबद्धता (यस्तो छ सहमति)

बुुलन्द न्यूज डेक्स
अर्घाखाँची
नेपाल भारत मैत्री भवन उद्घाटनको क्रममा नेपालको राष्ट्रिय स्वाभिमानमा आँच आउने खालको स्वागत गीत गाएको भन्दै जनज्योतिमा लगाईएको ताला मंगलवार खोलिएको छ । 

बिद्यालय व्यवस्थापन समिति,  प्राचार्य सहित ५ बिद्यार्थी संगठनको संयुक्त बैठकले बिद्यालय प्रशासनले क्षमा मागेपछि ताला खोल्ने निर्णय गरेको थियो । बिद्यालयले बिद्यार्थीले तयार पारेको उक्त स्वागत गीतमा कुुनै हेरफेर नगरी प्रस्तुुत गर्न दिएको र त्यसबारेमा कुुनै पनि कुुरा नसोच्दा गल्ती भएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मराज बञ्जाडेले बताउनुुभयो । उहाँले आगामी दिनमा कुुनै गल्ती हुुन नदिने प्रतिबद्धता जनाएपछि ताला खोलिएको अखिल छैटौँका जिल्ला अध्यक्ष गोपाल भट्टराईले जानकारी गराउनुुभयो ।
५ बिद्यार्थी संगठन तथा बिद्यालय प्रशासनको संयुक्त बैठकमा बिद्यालयले माफी माग्ने सहमति भएपछि पत्रकार सम्मेलन गरी बिद्यालयमा लगाईएको ताला खोलिएको हो । असार १२ गते बिहान भएको भवन उद्घाटन कार्यक्रममा उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझी र नेपालका लागि भारतीय राजदुत रन्जित रे को उपस्थित रहेको थियो । ताला भने बिद्यार्थीहरुले असार १३ गते विहान लगाएका थिए । उक्त कार्यक्रममा गाईएको गीतमा नेपाल भारत सँग मात्रै सम्बन्ध गास्नुुपर्ने, भारतले जेभनेनी मान्नुपर्ने कुरा उल्लेख गरिएको थियो । जसको सवत्र्र कडा आलोचना भएको थियो ।
 जिल्ला विकास समितिले उपप्रधान तथा उर्जामन्त्री रायमाझीको मर्यादा क्रम तयार पारिएको भन्दै बिद्यार्थी संगठनले आपत्ती जनाएका थिए ।

, ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस