डा.चित्र वाग्लेको चित्कार पुस्तकको रुपमा सार्वजनिक

जनार्जन पौडेल
काठमाडौको माइतीघरस्थित मण्डला थिएटरमा आज दिउँसो एक्कासि सन्नाठा छायो । त्यहाँ उपस्थित  प्रमुख अतिथि,विशेष अतिथि लगायत आगन्तुकहरु कसैका पनि आँखा ओभाना रहेनन् । कोही कोही त भक्कानिएरै रुन लागे । जव डा.चित्रपत्नी पूजा सबैका सामु भक्कानिएर रोइन् । आफ्ना पतिको अधुरो सपनाको रुपमा रहेको पुस्तक बिमोचनको कार्यक्रममा पुस्तकका बारेमा दुई शव्द बोल्न खोज्दा उनी अधैर्य भइ सबैसामु भक्कानिएर रोएकी थिइन् । बोल्दा बोल्दै उनका गला यसरी अवरुद्ध भए कि उनी सबैसामु भक्कानिएर रुन थालिन । आफ्ना पतिले दुर्गमका गरिव जनताप्रति देखाएको सेवा भावना र अल्पायुमै एपेन्डिक्सको क्यान्सर लागेर  बचाउन नसकेको प्रसंग  कोट्याउँदा उनी भक्कानिएर रोएकी हुन् । यसै क्रममा उनी भन्दै थिईन, ‘जीवन भोगाई हो अनुभव हो',  तर मैले जस्तो भोगाई कसैले पनि भोग्नु नपरोस, यस्तो अनुभव कसैले बटुल्नु पनि नपरोस ।’ 
 
डाक्टर चित्र प्रसाद वाग्लेको निधन भएको करिव ३  बर्ष पुग्नै लाग्दा उक्त पुस्तक सार्वजनिक गरिएको छ । एपेन्डिक्सको क्यान्सरका कारण निधन भएका डा.वाग्लेले आधा लेखेको पुस्तकलाई उनकी पत्नी पुजा वाग्लेले पुरा गरेकी हुन् ।  । पुस्तकको सम्पादन  कान्तिपुरका वरिष्ठ पत्रकार पारस प्रकाश नेपालले गरेका छन् ।  पुस्तकमा दुई अध्यायहरु रहेका छन । पहिलो अध्यायमा डा.चित्रको चित्कार लेखिएको छ जसमा डा.चित्रले म को हुँ, मैले चिकित्सा पेशामा लागेर के गरें, क्यान्सरको रोगले थलिएपछि राज्यले कति बेवास्ता गर्यो भन्ने जस्ता कुराहरुलाई प्रष्ट पारेका छन् ।उनले आफूले स्वास्थ्य क्षेत्रमा गरेको योगदान र क्यान्सर लागेपछिका पीडा प्रस्तुत गरेका छन् । दोश्रो अध्यायमा पूजाको डा.चित्रसँगको पहिलो भेटदेखि ,प्रेम प्रसंग र विवाहपछिका संघर्षका क्षणहरुका बारेमा उनकी पत्नी पूजाले लेखेकी छिन् । ‘डाक्टर चित्र’ नामको पुस्तकको अन्तरवस्तु र डा.चित्रको व्यक्तित्वका बारेमा कान्तिपुर दैनिक डा.चित्रको व्यक्तित्वका बारेमा दिल्ली व्युरोका देवेन्द्र भट्टराई र प्रमुख अतिथि एवं नेपाल सरकारका पूर्व मूख्य सचिव लिलामणी पौडेलले उजागर गरेका थिए । 
 
कार्यक्रममा बोल्दै लिलामणी पौडेलले  एकलाख राष्ट्रसेवक मध्ये एकजना मात्र डा. चित्र  जस्ता सेवा भावना भएका व्यक्ति पाइने बताएका थिए । उनले आफूले आफ्नो कार्यकालमा आफ्नो बलबुँताले भ्याएसम्म डा चित्र वागलेलाई सहयोग गरेको समेत बताएका थिए । डा.वाग्लेको उपचारमा राज्य किन उदासिन थियो भन्ने प्रश्नको कौतुहलतामा पौडेलले उपचार खर्च दिदा बिभिन्न नजिर बस्ने डरले स्वास्थ्य मन्त्रालय पछि हटेको खुलासा गरेका थिए । नेताहरुले आफ्ना कार्यकर्ता र आसेपासेका लिष्टमात्र खल्तिमा बोकेर हिडिदिदा डाक्टर वाग्ले जस्तो साँच्चिकै पीडितले न्याय पाउन नसकेको तितो यथार्थलाई सबैसामु प्रष्ट्याएका थिए । आफूलाई डा. चित्रले पुस्तक मार्फत अर्को जन्ममा सँगै काम गर्न पाउ भनेर खुलासा गरेकोमा आफू आभारी  रहेको समेत बताएका थिए । उनले डा. वाग्लेको छोरीहरुलाई आफ्नै छोरीहरु सरह ठानेर वाग्लेको सपना पुरा गर्न आफूले सक्दो सहयोग गर्ने समेत बताएका थिए ।
 
कार्यक्रममा डा. वाग्लेको उपचारमा मिडिया र सामाजिक सञ्जालको प्रयोग गरेर ठूलो योगदान दिएका देवेन्द्र भट्टराइले आफूले पत्रकारिताको यात्रामा थुप्रै राम्रा मानिस भेटेको तर ती राम्रा मानिसमध्ये सबैभन्दा अविश्मरणिय र सबैका सहयोगी पात्र चाहिँ डा.चित्र मात्र भेटेको बताएका थिए । पुस्तकको समालोचना गर्ने क्रममा उनले उक्त पुस्तकलाई सबैले सिरानीमा राख्नु पर्ने पुस्तकको रुपमा रहेको बताएका छन् । कार्यक्रममा वरिष्ठ हाँस्य कलाकार मदन कृष्ण श्रेष्ठ,फिनिक्स बुक्सका सिइओ कुमार ढकाल, गणेश सुवेदी लगायत अन्य गन्यमान्य व्यक्तिहरु उपस्थित भएका थिए ।अर्घाखाँची लगायत देशका बिभिन्न दुर्गम स्थानमा लामो समय काम गर्दागर्र्दै आफ्नो शरिरमा क्यान्सर जस्तो प्राणघातक रोग लागेको पनि पत्तो नपाइ अनाहकमा मृत्युको मुखमा पुगेका थिए । स्मरण रहोस सरकारले पर्याप्त सहायता नगरेपनि जनस्तरबाट डा. वाग्लेको नाममा थुप्रै व्यक्ति एवं संस्थाहरुले सहयोग गर्नुका साथ उनको जीवन रक्षाको समेत अपिल गरेका थिए । 
 
पुस्तकको नाम : डाक्टर चित्र
लेखक : स्व.डा.चित्र पसाद्र वाग्ले/पूजा वाग्ले
सम्पादक : पारसप्रकाश नेपाल
प्रकाशक : :फिनिक्स बुक्स
मूल्य : ३९९  
 
- See more at: http://nepalpati.com/news/30439/dr-chitra-prasad-wagle#sthash.ssITexCW.dpuf

, ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस