ट्रेड युनियन निर्वाचन: निजामती कर्मचारी संगठनको सानदार जित

बुुलन्द संवाददाता


काठमाडौं, 
bbb
बुधबार भएको निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन निर्वाचनको परिणाम आउने क्रम जारी छ । निर्वाचन परिणाम अनुसार नेपाल निजामती कर्मचारी संगठनले फराकिलो अग्रता हासिल गरेकाले ट्रेड युनियनमा संगठन पहिलो शक्ति बन्ने भएको छ । जम्मा ११७ विभागीय र जिल्ला समितिमा प्राय: सबै परिणाम आएको छ । १ सय १७ विभागीय र जिल्ला समितिमा ८० भन्दा बढी मन्त्रालय, विभाग र जिल्लामा निजामती कर्मचारी संगठन पहिलो शक्तिका रुपमा निर्वाचित भएको संगठनका महासचिव मोहन घिमिरेले जानकारी दिएका छन् । नेपाल निजामती कर्मचारी युनियन संघ २७ वटा विभाग र जिल्लामा पहिलो शक्तिका रुपमा निर्वाचित भएको छ । मधेशी निजामती कर्मचारी मंच ७ जिल्ला समितिमा र राष्ट्रिय कर्मचारी संगठन निजामती ३ वटा निकायमा पहिलो शक्तिका रुपमा निर्वाचित भएका छन् । माओवादी केन्द्र निकट राकस भन्दा मधेशी मंच अगाडि भएको छ ।
लोकसेवा आयोग, महालेखा परीक्षकको कार्यालय, निर्वाचन आयोग, युवा तथा खेलकुद मन्त्रालय, विज्ञान प्रविधि मन्त्रालय, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय, शान्ति तथा पुननिर्माण र ऊर्जा मन्त्रालयमा निजामती कर्मचारी संगठन पहिलो शक्तिका रुपमा निर्वाचित भएको छ । त्यसैगरी, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, परराष्ट्र मन्त्रालय, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपंक्षी विकास मन्त्रालय, सूचना तथा संचार, स्वास्थ्य, कानुन तथा कानुन तथा संसदीय ब्यवस्था, शिक्षा मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, उद्योग मन्त्रालय, वातावरण तथा जनसंख्या मन्त्रालय, बाणिज्य मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, प्रधानमन्त्री कार्यालय, भूमिसुधार तथा ब्यवस्था मन्त्रालय, सहकारी मन्त्रालय, कृषि विकास मन्त्रालय, महान्यायाधीवक्ता कार्यालय, सर्वोच्च अदालत विभागीय समितिमा पनि संगठन पहिलो भएको छ । मनाङ, संखुवासभा, धादिङ, बाजुरा, भोजपुर, रसुवा, डोल्पा, बर्दिया, जाजरकोट, ताप्लेजुङ, पाल्पा, खोटाङ, उदयपुर, बझाङ, प्यूठान, स्याङ्जा, ललितपुर, धनकुटा, सिन्धुपाल्चोक, बागलुङ, सुनसरी, पर्वत, पर्सा, बारा, म्याग्दी, सोलुखुम्बु, बैतडी, कालीकोट, मुगु, मुस्ताङ, दैलेख, गोरखा, मोरङ, कास्की, रामेछाप, इलाम, भक्तपुर, दोलखा, सुर्खेत, काठमाडौं, झापा, जुम्ला, बाँके, सिन्धुली, रुपन्देही, चितवन, मकवानपुर, कपिलवस्तु, पाँचथर लगायतका जिल्लामा संगठन पहिलो भएको छ । यी विभागीय समितिमा नेपाल निजामती कर्मचारी युनियन संघ दोस्रो शक्तिका रुपमा बिजयी भएको छ ।
नेपाल निजामती कर्मचारी युनियन संघ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, योजना आयोग, गृहमन्त्रालय, सहरी विकास मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, सिंचाई मन्त्रालय, खानेपानी तथा सरसफाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लगायतका विभाग र मन्त्रालयमा पहिलो शक्ति भएको छ । युनियन संघ कन्चनपुर, ओखलढुंगा, मुगु, डोटी, अछाम, रोल्पा, रुकुम, सल्यान, लमजुङ, दार्चुला, तनहुुँ, दाङ, अर्घाखाँची, गुल्मी, काभ्रे र डडेलधुरामा पनि पहिलो शक्ति भएको छ । मधेशी निजामती कर्मचारी मंच रौतहटमा पहिलो भएको छ ।
मधेशी निजामती कर्मचारी मंच धनुषा, रौतहट, महोत्तरी, सर्लाही, सप्तरी, सिराहा र नवलपरासीमा पहिलो शक्ति भएको छ ।
माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी संगठन निजामती जुम्ला, महिला आयोग र आपूर्ति मन्त्रालय विभागीय समितिमा पहिलो शक्ति भएको छ । 

, , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस