टेस्ट क्रिकेटमा दुई डिभिजन बनाउने योजना, नेपालले फाइदा लिन सक्ने

टेस्ट क्रिकेट नेपालका लागि अहिलेसम्म निकै टाढाको कल्पना हो । वान डे स्टाटस पनि नपाएको नेपालले टेस्ट क्रिकेट खेल्ने सम्भावना निकट भविष्यमा देखिंदैन ।Nepali cricket1 (4)

तर, आइसीसीका कार्यकारी प्रमुख डेभिड रिचार्डसनको भनाईलाई मान्ने हो भने नेपालका लागि चाँडै भाग्यको ढोका खुल्न सक्छ । उनले दुई तहको टेस्ट क्रिकेटको कुरा गरेका छन् । पहिलो तहमा शक्तिशाली देशहरु हुनेछन् भने दोस्रो तहमा नेपाल सरहका एसोसिएट्स देशले आफ्नो भाग्य जाँच्न सक्छन् ।
रिचार्डसनले सन् २०१९ बाट टेस्ट क्रिकेटमा दुईवटा डिभिजनको कुरा गरेका छन्, जहाँ प्रमोसन र रेलिगेसन लागू हुन सक्छ । पहिलो डिभिजनका टेस्ट राष्ट्रहरुले लगातार कमजोर प्रदर्शन गरे दोस्रो डिभिजनमा झर्न सक्छन् भने दोस्रो डिभिजनको राष्ट्रले लगातार अब्बल प्रदर्शन गरे पहिलो डिभिजनमा उक्लिन सक्छ । यसबाट निकट भविष्यमै नयाँ टेस्ट राष्ट्रहरु जन्मिने समाचार क्रिकइन्फो डट कमले प्रकाशित गरेको छ ।
२०१७ माआयोउजना हुने च्याम्पियन्स ट्रफीको प्रवर्द्धनका लागि आयोजित कार्यक्रममा बोल्दै रिचार्डसनले सन् २०१८ मा अतिरिक्त विश्व टि-२० प्रतियोगिता आयोजना गर्नसक्ने संकेत पनि गरे, जसमा १६ टिमको सहभागीता रहनेछ । नेपालले यसमा पनि ढोका ढक्ढक्याउन सक्छ । यो प्रतियोगिता दक्षिण अफ्रिका, श्रीलंका वा यूएईमा आयोजना हुने सम्भावना छ ।
रिचार्डसनले टेस्ट क्रिकेटमा गर्न लागिएको परिवर्तनबाट नेपाल, आयरल्याण्ड र अफगानिस्तान जस्ता राष्ट्रहरु लाभान्वित हुन सक्ने उल्लेख गरे । उनले यो पनि चेतावनी दिए कि वेस्ट इन्डिज जस्ता लगातार खराब प्रदर्शन गर्ने टिम रेलिगेट भएर दोस्रो डिभिजनमा र्झन सक्छन् ।
‘यदी हामी टेस्ट क्रिकेटलाई जिवित राख्न चाहन्छौं भने हामीले टेस्ट टिमहरु घटाउने होइन, बढाउनुपर्छ । प्रमोसन र रेलिगेसनको प्रणाली स्थापना गर्नुपर्छ ।’
यस विषयमा धेरै कुराहरु छलफलकै क्रममा रहेको भए पनि यो महिनाको अन्त्यसम्ममा सबै टुंगो लाग्न सक्ने रिचार्डसनले बताएका छन् । अहिले गरिएको प्रस्तावमा पहिलो डिभिजनमा सात टिम र दोस्रो डिभिजनमा पाँच टिमलाई स्थान दिने कुरा छ ।
एउटा टिम प्रत्येक दुई वर्षको प्रदर्शनका आधारमा घटुवा वा बढुवा हुन सक्छ । दुई वर्षमा प्रत्येक टिमलाई ३ घरेलु र ३ बाह्य गरी ६ वटा सिरिज खेलाउने र प्रत्येक सिरिजमा ३ म्याच हुनुपर्ने प्रस्ताव गरिएको छ । त्यसैका आधारमा रेलिगेसन वा प्रमोसनको निर्धारण गरिने छ ।

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस