स्रष्टा सर्जकको मागलाई मध्यनजर गरी गीतसंगीतबारे सबै काम एकै ठाउँमा
विष्णु ठकुरी “रानी”
अर्घाखाँची
रेकडिङ्ग स्टुडियोको भिडभाडमा आलाप रेकडिङ्ग स्टुडियो पनि एक रेकडिङ्ग स्टुडियो हो । आलाप रेकडिङ्ग स्टुडियो कुनै नौलो रेकडिङ्ग स्टुडियो भने होईन । काठमाडौँको अनामनगरमा रहेको यो रेकडिङ्ग स्टुडियोले विगतका केहि वर्ष देखि गीतसंगितहरु रेकर्ड गर्दै आएको छ । आलाप रेकडिङ्ग स्टुडियोबाट बजारमा आएका थुप्रै गीतहरुले चर्चा पाएका छन् । नेपाली आधुनिक विधाका गीतहरु, नेपाली चलचित्र विधाका गीतहरु, नेपाली लोक विधाका गीतहरु सालैजो कौडा लगायत सम्पुर्ण नेपाली विधाका गीतहरु रेकर्ड हुने गर्दछ । पछिल्लो समयमा निकै चर्चामा आएको छ आलाप रेकडिङ्ग स्टुडियो । अहिले यस रेकडिङ्ग स्टुडियो गीत रेकर्ड देखि लिएर बजार व्यावस्थापन समेत गरेको छ । गीत रेकर्ड गरे पछि बजार व्यावस्थापन गर्न, भिडियो निमार्ण गर्न, एरेन्ज गर्न अन्य ठाउँमा जादाँ सर्जकको गुनासो आउने गर्दा पनि सबै व्यावस्था आलाप रेकडिङ्ग स्टुडियो मै भएको निर्देशक झलक संगितमले बताएका छन । साथै गीत गाउन, नृत्य तथा अभिनय गर्न , भिडियो एडिट गर्न चाहेमा पनि यस रेकडिङ्ग स्टुडियोले प्रशिक्षण व्यावस्था गरेको छ ।
यस रेकडिङ्ग स्टुडियोका प्रबन्धक हुन झलक संगतम । प्युठानमा जन्मिएर गीतसंगितको क्षेत्रमा प्रवेश गरी आफ्नो छुट्टै पहिचान बनाइसकेका संगितमले पछिल्लो क्रममा आलाप रेकडिङ्ग स्टुडियोबाट गीत रेकर्ड मात्र होईन बजार व्यावस्थापन समेत गर्न लागेको छ । अझै खुसिको कुरा त यस स्टुडियोबाट गायन, बाद्यबादन, नृत्य, भिडियो एडिट र संगित संयोजन जस्ता विधामा प्रशिक्षण समेत दिने गरेको उनले बताएका छन् । साथै स्टुडियोमा गाउन, नृत्य तथा अभिनय गर्न आउने नया कलाकारहरुलाई गाउनु तथा भिडियो गर्नु अघि वर्क सपमा लैजाने र केही आइडियाहरु दिएर मात्र स्टुडियो तथा भिडियोमा लैजाने ब्यबस्था गरिएको जानकारी स्टुडियो व्यावस्थापनका अध्यक्ष सन्जय श्रीपालले बताएका छन् । पछिल्लो क्रममा गीतसंगीतमा लाग्नेहरुको संख्या बढेको हुनाले संगीतको बारेमा ज्ञान होस गीतसंगीतमा लाग्नेहरुले संगित सिक्नु आवश्यक भएको कारणले “आलाप संगित विद्यालय”को पनि स्थापना गरेको अध्यक्ष श्रीपालले बताएका छन् । नेपाली गीतसंगीतलाई अझै सशत्त रुपमा अगाडि बढाउने उद्देश्यले सम्पूर्ण काम आलाप रेकडिङ्ग स्टुडियो मै गरेको बताइएको छ ।
आलाप रेकडिङ्ग स्टुडियो २०६७ सालमा स्थापना भएको हो । गीतसंगीतकोे जगेर्ना गर्ने उदेश्यले स्थापना भएको हो आलाप रेकर्डिङ स्टुडियो । नयाँ वर्ष २०७३ सालको शुभकामनासँगै गीतसंगितलाई अझै बढवा दिनको लागि सन्जय श्रीपालको अध्यक्षतामा १९ सदस्यीय ब्यबस्थापन समिती गठन गरिएको छ । उपाध्यक्ष रामु बिरही साथिभाइ डिजिटल, सचिब सन्तोष गन्धर्व पत्रकार रेडियो नेपालबाणी नेट्वर्क, सहसचिब गोविन्द ओलि रोल्पाली रेकर्डिष्ट, कोषाध्यक्ष चित्र अबिरल गायक, सदस्यहरुमा झलक सङीतम स्टुडियो संचालक, एकान्त मगर भिडियो डाइरेक्टर, मनिषा राई नृत्य प्रशिक्षक, मिना तामाङ(नृत्य प्रशिक्षक, सुरज परियार गिटार प्रशिक्षक, अर्जुन बिरही रेकर्डिष्ट, बिष्णु ठकुरी “रानी पत्रकार, कमल सरगम पत्रकार, केशब आचार्य अमेरिकाबाट, छबिलाल पान्डे कुवेत, कमल ज्योति इन्डिया , मनोज बिश्वकर्मा मलेसिया, जय शम्भु र ग्यामुराम सुनार रेकर्डिष्ट रहेका छन ।



0 comments
तपाइको प्रतिक्रिया दिनुहोस