दुई ट्रेड युनियन निजामती कर्मचारी संगठनमा समाहित

nameकाठमाडौं, २ बैशाख । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन हुन ८ दिन बाँकी हुँदा ट्रेड युनियनहरु एकीकरणको प्रक्रिया सुरु भएको छ । २०७३ बैशाख १० गते हुन लागेको ट्रेड युनियन चुनावका लागि निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरेका दुईवटा संगठन बिहीबार नेपाल निजामती कर्मचारी संगठनमा समाहित भएका छन् । एउटा संगठन फुटेको छ भने एउटा सिंगै नेपाल निजामती कर्मचारी संगठनमा समाहित भएको छ ।
नेपाल राष्ट्रसेवक कर्मचारी संगठन सम्पूर्ण र राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रको ठूलो हिस्सा निजामती कर्मचारी संगठनमा समाहित भएका छन् । दुई संगठन समाहित भएपछि ट्रेड युनियन चुनावमा निजामती कर्मचारी संगठन शक्तिशाली हुने निजामती कर्मचारीहरुको मूल्यांकन छ । राष्ट्रसेवक कर्मचारी संगठन र मिलन केन्द्रका पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई बिहीबार संगठनको केन्द्रीय कार्यालय बबरमहलमा आयोजित कार्यक्रममा एमालेका महासचिव ईश्वर पोखरेलले संगठनमा स्वागत गरेका थिए । राष्ट्रसेवक कर्मचारी संगठनलाई उपाध्यक्ष सहित ६ केन्द्रीय सदस्य र कर्मचारी मिलन केन्द्रलाई उपाध्यक्षसहित ८ केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको निजामती कर्मचारी संगठनका महासचिव मोहन घिमिरेले जानकारी दिएका छन् । महासचिव घिमिरेका अनुसार राष्ट्रसेवक कर्मचारी संगठनबाट २२ सय कर्मचारी र मिलन केन्द्रसँग ९ हजार कर्मचारी आवद्ध रहेका छन् । महासचिव घिमिरेले भने– अरु संगठनका साथीहरुलाई निजामती सेवाको ट्रेड युनियन आन्दोलनको मूलप्रवाह संगठमा हार्दिक स्वागत र आमन्त्रण गर्न हामी आतुर छौं । निजामती कर्मचारी संगठन सबै कर्मचारीलाई उपयुक्त जिम्मेवारी दिन तयार छ ।
                            राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रका पूर्वअध्यक्ष कुमार तिमल्सिना लगायतको ठूलो हिस्सा निजामती कर्मचारी संगठनमा प्रवेश गरेपछि अध्यक्ष लगायतका केही नेताहरु बिहीबारै निजामती कर्मचारी युनियन संघमा प्रवेश गरेका छन् । सात वटा ट्रेड युनियनमध्ये पाँचवटाले निर्वाचनमा भाग लिन मनोनयन दर्ता गरेका थिए । मनोनयन दर्ता गरेकामाध्ये मिलन केन्द्र संगठन र युनियनमा समाहित भएपछि ट्रेड युनियन चुनावमा अब निजामती कर्मचारी संगठन, युनियन(संघ) र मधेशी कर्मचारी मंचमात्र रहेका छन् । एमाओवादी निकट राष्ट्रिय कर्मचारी संगठन, निजामती र मोहन वैद्य किरण निकट र राष्ट्रिय कर्मचारी संगठनले चुनावमा भाग नलिने भनी मनोनयन नै दर्ता गरेका छैनन् । दुवै संगठनले निजामती सेवा नियमावलीमा २० प्रतिशत मत नल्याउने संगठनको आधिकारिक ट्रेड युनियनमा प्रतिनिधित्व हुन नसक्नेगरी सीमा(थ्रेसहोल्ड) हटाउन र सबै संगठनको प्रतिनिधित्व हुनेगरी नियमावली संशोधन गर्न माग गर्दै घेराउ र धर्नामा छन् । तर धर्ना र घेराउ गरे पनि उनीहरुको पक्षमा कर्मचारीको संख्या नगन्य देखिएपछि ट्रेड युनियन चुनाव हुने पक्कापक्की भएको छ । यसअघिका प्रमुख निर्वाचन अधिृकत राजीव गौतमले प्रहरी राखेर चुनाव गर्न अस्वीकार गरी राजीनामा दिएपछि चुना चैत २८ बाट बैशाख १० गते सारी गीताप्रसाद तिम्सिनालाई निर्वाचन अधिकृत तोकिएपछि निर्वाचन कार्यक्रम अगाडि बढेको हो ।

, ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस