घामको किरण वरको छायामा लोकगीत बजारमा
घामको किरण वरको छायामा लोक गीत यति बेला बजारमा आएको छ । लाल सहयात्री परियारको स्वरमा रहेको यो गीतमा महिला आवाजमा मुना थापाले स्वरमा साथ दिएकि छन् । लक्ष्मण मगर र मातप सिंह मगरको संयुत्त प्रस्तुती रहेको यो गीतमा शब्द पनि
दुवैको रहेको छ भने लय विरेन्द्र कठायतले गरेका छन् । यो गीत आलाप रेकडिङ्ग स्टुडियोबाट बजारमा आएको छ । गीतसंगितलाई सानै देखि गाउन र सुन्न मन पराउने गायक परियारले घामको किरण वरको छायामा आज भोली कता छौ मायालु पागल
भाछु म तिम्रै मायामा लोकगीत आफैले गाएका छन् । यो गीतसँगै स्वरमा पहिलो पटक स्वर भरेका हुन् । सानै उमेर देखि गीत गाउने र नाच्न समेत मन पराउने उनी अहिले यसरी आफ्नै गीत सुनेर पहिला आफू नाचेका ति दिन याद आएको बताउछन् ।
रोल्पा जिल्लाको ओतमा जन्मिएका लाल सहयात्री परियारको स्वरमा रहेको गीतले बजारमा चर्चा कमाउन थालेको छ । गीतसंगितमा लाग्न उनलाई घर परिवार र साथीहरुको साथ र सहयोग रहेको उनको भनाई रहेको छ । । विशेष त गीतसंगितमा लाग्नको लागि साथी विरेन्द्र कठायत र आलाप रेकडिङ्ग कै
स्टाफ रेकडिस्ट गोविन्द वली रोल्पाली को सहयोग रहेको उनले बताएका छन् ।जसरी साथ र सहयोग मिल्यो यसै गरी आगामी दिनहरुमा पनि गीतसंगित बजारमा लिएर आउने बताएका छन । उनले लय शब्द गरेका गीत तिम्रै भलोको चाहन्छु भन्ने गीतले थप हौसला मिलेको हुना अन्य गीत बजार लिएको बताएका छन् । तिम्रो खुशी मात्रै चाहे , चोखो माया दिएकै थिए सिन्दुर दिन पाइन, तिम्रै भर परेर लगाएतका गीतहरु बजारमा आई सकेका छन् । आगामी दिनहरुमा श्रोता तथा दर्शकको माया ममता मिले अन्य गीत पनि बजारमा लिएर आउने उनको भनाई रहेको छ ।
0 comments
तपाइको प्रतिक्रिया दिनुहोस