कलिला लालाबालालाई छाडेर जानुपर्नाको पिडा समेटिएको पुस्तक छिट्टै प्रकाशन हुने
डा.चित्र प्र. वाग्ले नेपाली समाजको लागि परिचित पात्र हुन् । नेपाल सरकारले बिर्सेपनि नेपाली समाजले भने डा.वाग्लेलाई सदैव सम्झिरहनेछ । नेपालमा चित्र वाग्ले एउटा यस्ता पात्र हुन जसलाई सरकारद्धारा बेवास्ता गरिएको र जनस्तरबाट धेरै ठूलो सहयोग पुगेको थियो । लामो समय दुर्गममा सेवा गर्दा गर्दै आफ्नै शरिरमा एपेन्डीक्सको क्यान्सर भएको पत्तो नपाई अनाहकमा ज्यान गुमाएका डा.चित्रको निधन भएको दुई बर्ष पुगिसकेको छ । उनको स्मरणलाई ताजा बनाउन र उनी जस्ता हजारौ स्वास्थ्यकर्मीलाई चित्रपथमा हिडाउनकालागि उनकी पत्नीले उनैले लेखेर छाडेको पुस्तक प्रकाशन गर्न खोजिरहेकी छिन् । डा.चित्र नामको उक्त पुस्तक प्रकाशनको अन्तिम चरणमा पुगेको छ । डा.वाग्लेको सेवाभाव र उनीजस्ता कर्मठ डाक्टरलाई आफुलाइ रोग लाग्दाखेरीको असह्य पिडा समाजसेवामा लाग्ने उनका प्रेरणादायी बिचार र कलिला लालाबालालाई छाडेर जानुपर्नाको पिडा समेटिएको पुस्तक छिट्टै नै पाठकले पढ्न पाउने भएका छन् ।
नेपाल सरकारले उपचारमा सहायता पुराउन बेवास्ता गरेपनि जनस्तरबाट लाखौको सहयोग जुटेको थियो । तैपनि भाग्यको लेखा कसले टार्न सक्छ र भनेझै आवश्यक उपचारबिना नै उनले यस धर्तीबाट बिदा लिए ।एक श्रीमती, दुई छोरी र एक अशक्त छोरालाई छाडेर डा.वाग्ले यस सन्सारबाट उनले बिदा लिएको दुई बर्ष बितिसकेको छ । यो बिचमा वाग्ले पत्नीको पिडा के कति भयो ? त्यो उनलाई थाहा होला ,कि यो धरतीलाई । तैपनि साहश निकालेर उनले आफ्नो पतिको जिम्मेवारी पुरा गरेर बसेकी छिन् उनी । पूजा भन्छिन –वहाँले छाडेर जानु भएको जिम्मेवारी पुरा गर्नु नै मेरो जीवनको प्रमुख उद्येस्य हो । नेपालपार्टीसँग कुरा गर्ने क्रममा उनले भनिन “आफुलाई माया गर्ने श्रीमानले आधी बाटो नपुग्दै छाडेर गएपनि मेरा अगाडि वहाँले छाडेर जानु भएको जिम्मेवारी पुरा गर्नु छ, साना नानीहरुको मुख हेरेर आफुलाई चित्त बुझाउँदै आएकी छु । मेरो श्रीमानले जसरी विना स्वार्थ समाजसेवा गर्नु भएको थियो तिनै पाइलाहरुलाई पछ्याएर उहाको सपना साकार पार्ने इच्छा छ । श्रीमानको अन्तिम ईच्छा पुरा गर्दै उहाँले नै देखाएको बाटोमा लाग्नु मेरो अन्तिम इच्छा हो । यसैले मात्र मेरो पिडा र चोटमा मलम लगाउछ यो वाहेक मसंग अरु केही विकल्प पनि त छैन ।' डा.वाग्ले पत्नी पूजाले आखाभरी आशु पार्दै भनिन । वहाँको जीवनबाट सबैलाई प्रेरणा मिलोस भन्नको लागि रोगले चापेको बेलामा पनि मृत्युसँग जुध्दा जुध्दै वहाले लेख्नुभएका कुराहरुलाइ आम पाठकमाझ ल्याउनको लागि अहोरात्र खटिएकी खटिएकी थिएँ जुन जिम्मेवारी लगभग पुरा हुन लागेको छ ।
। डा.वाग्ले नामको पुस्तक अव केही समयमै बजारमा आउनेछ । जेठ महिनाको दोश्रो सातामा बजारमा आउन लागेको उक्त पुस्तकमा डा.वाग्लेले आधा आफ्ना जीवन भोगाई आत्मवृतान्त लेखेका थिए उनको निधन पश्चात भएको अपुरो कितावलाई पूजाले पूर्णता दिएको बताउछिन पत्नी पूजा ।
पूजा वाग्लेले निरन्तर आठ महिना लगाएर आफ्ना जीवन भोगाइ र अनुभव राखेर पुस्तकलाई पूर्णता दिएकी छिन । 'दिनहरु बित्दै गए अनि आफ्नो मनलाई बलियो बनाउदै गएँ । के गर्नु आत्महत्या गर्ने सम्म बिचार मनमा आयो तर यि स-साना नानीहरुको मुख हेरेर बाच्ने प्रेरणा लिदै गएँ । केही समय पछि वहाको नाममा ट्रस्ट खोलेर वहा जस्तै क्यान्सर पिडीतलाई सहयोग गर्ने बिचार लिएको छु ।” वाग्ले पत्नी पूजाले भनिन् ।
। डा.वाग्ले नामको पुस्तक अव केही समयमै बजारमा आउनेछ । जेठ महिनाको दोश्रो सातामा बजारमा आउन लागेको उक्त पुस्तकमा डा.वाग्लेले आधा आफ्ना जीवन भोगाई आत्मवृतान्त लेखेका थिए उनको निधन पश्चात भएको अपुरो कितावलाई पूजाले पूर्णता दिएको बताउछिन पत्नी पूजा ।
पूजा वाग्लेले निरन्तर आठ महिना लगाएर आफ्ना जीवन भोगाइ र अनुभव राखेर पुस्तकलाई पूर्णता दिएकी छिन । 'दिनहरु बित्दै गए अनि आफ्नो मनलाई बलियो बनाउदै गएँ । के गर्नु आत्महत्या गर्ने सम्म बिचार मनमा आयो तर यि स-साना नानीहरुको मुख हेरेर बाच्ने प्रेरणा लिदै गएँ । केही समय पछि वहाको नाममा ट्रस्ट खोलेर वहा जस्तै क्यान्सर पिडीतलाई सहयोग गर्ने बिचार लिएको छु ।” वाग्ले पत्नी पूजाले भनिन् ।
डा.वाग्लेको मृत्युपछि छोरीहरुलाई दिन लेखेको पत्र
तिमीहरु असल वन्नु, दुखि गरिवको सेवा गर्नु । त्यसले तिनीहरुलाई आत्मसन्तुष्टिको जिन्दगी दिन्छ । नानी हो, उमेरले तिमीहरुको दाई भए पनि उसले सबैको सहारा लिनुपर्ने जिन्दगी पाएको छ उसलाई भाई सरह माया गर्नु । छोरीहरु माया तौलेर गन्न सकिदो रहेनछ तिममीहरुलाई म धेरै माया गर्छु । एउटै कुरा तिमिहरुलाई राम्रो गार्जनशिप दिएर यो देशको शुशिल र सभ्य नागरिक वनाउने ईच्छा तिमिहरुले आफैले पुरा गरौला । भविष्यमा डाक्टर ईन्जिनियर जे बनेपनि तिमीहरु राम्रो मान्छे बन । मेरो इच्छा सुन्छौ भने तिमिहरु शिक्षक वन्दा राम्रो । आज मेरो आफ्नो वा तिमिहरुको आमाको भन्दा पनि बढी तिमिहरुको भविष्यको चिन्ता छ । जीवनमा हरेक मोडमा सहपाठी वन्नु ,सहयोगी वन्नु, घमण्डी कहिल्यै नवन्नु यसमा मात्र तिमीहरुले जीवनको अर्थ पनि सिक्ने छौ, यो मेरो अन्तर इच्छा हो ।


0 comments
तपाइको प्रतिक्रिया दिनुहोस