बालुवा लिन जाँदा बुढीगण्डकीमा डुबेर एकको मृत्यु, २ वेपत्ता

भूकम्पले घर भत्किएपछि नयाँ घर बनाउन नदीमा बालुवा लिन गएका एक जनाको डुबेर ज्यान गएको दुई जना हराएका छन्   भूकम्पले भत्किएको घर बनाउनका लागि वालुवा निकाल्न गएका गोरखा थूमी- का बेदबहादुर थापामगरको ज्यान गएको हो वेदबहादुर नदीमा डुबेपछि उद्दार गर्न गएका दुई जना वेपत्ता भएका हुन्   थुमी गाविसस्थित आर्खेत बजार नजिकै बालुवा निकाल्ने क्रममा मंगलबार बिहान साढे १० बजेतिर उनीहरुलाई नदीले बगाएको हो नदीले बगाएका वेदबहादुर थापामगरको शव फेला परेको दुई जनाको खोजी भइरहेको प्रहरीले बताएको नदीमा बगेका वेदबहादुरलाई बचाउने क्रममा थुमीकै साइँला भनिने पूर्णबहादुर आले टिकाबहादुर आले बगेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरिक्षक रविराज थपलियाले बताउनुभयो उनीहरु सबैको उमेर १८/१९ वर्ष  हाराहारीको रहेको स्थानीय बासिन्दाले बताएको उहाँको भनाई उनीहरु केही दिनयता नदीबाट वालुवा संकलन गरि खच्चडबाट गाउँसम्म ढुवानी गर्दै आएका थिए  स्थानीय बासिन्दाका अनुसार भूकम्पले घर भत्किएपछि पक्की घर बनाउन वेदबहादुर साथीहरु सहित नदिमा गएका थिए  


,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस