भृकुटीमण्डपमा लोकदोहोरीको घम्साघम्सी

हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नव प्रतिभाको प्रोत्साहन भन्ने नाराका साथ काठमाडौको भृकुटीमण्डपमा अन्तरदोहोरी साँझ स्तरीय राष्ट्रिय दोहोरी गीत प्रतियोगिता भईरहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आयोजना गरेको लोकदोहोरी प्रतियोगितामा देशभरिका विभिन्न दोहोरी साँझबाट ३२ समूहले भाग लिएका छन् समूह कतर्फ १६ समूह समूह खतर्फ १६ समूहले प्रतिस्पर्धा गरिरहेका छन् पहिलो चरणमा दुवै समूहबाट / वटा समूह छनौट हुनेछन् त्यसपछि दोस्रो चरणमा हुने प्रतियोगिताबाट दुवै समूहबाट / समूह छानिनेछन् छानिएका समूहबिच फेरि प्रतिस्पर्धा गरेपछि दुवै समूहबाट दुईदुई वटा समूह छानिनेछन् दुई समूह सेमिफाइनलका लागि भिडेपछि अन्त्यमा दुवै समूहबाट एक/एक वटा समूह फाइनलका लागि छानिनेछन् फाइनलबाट जुन समूहले बाजी मार्छ त्यही समूहले अन्तरदोहोरी साँझ स्तरीय राष्ट्रिय दोहोरी गीत प्रतियोगिताको रनिङ शिल्ड उचाल्ने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष बद्री पंगेनीले जानकारी दिनुभयो पछिल्ला समय प्रत्यक्ष बाजागाजासहितको लोकदोहोरी कम हुँदै गइरहेकाले निरन्तरता दिन, टिकट विक्रीबाट संकलित रकमबाट कलाकार कल्याणकारी कोषलाई  बढाउन, हराउँदै गएको लोकगीत संगीतको मौलिकतालाई जगेर्ना गर्न नयाँ प्रतिभालाई प्रोत्साहन गर्न लोकदोहोरी प्रतियोगिताको आयोजना गरेको पंगेनीले बताउनुभयो  प्रतिष्ठानले आयोजना गरेको दोहोरी गीतको यो दोस्रो संस्करण हो  



पछिल्ला समय लोकदोहोरी गीतहरुमा निखारता विकृति सँगसँगै भित्रिएको गायक नारायण रायमाझीको तर्क प्रतियोगिताको निर्णायक मण्डलमा समेत रहेका रायमाझी भन्नुहुन्छरेकर्डिङका सिस्टमहरु उत्कृष्ट भएकाले धेरै गीतहरु माझिएका पनि छन् यो विकास सँगै विकृतिहरु पनि भित्रिएका छन् ’  बेला बखत भईरहने दोहोरी गीत प्रतियोगिताले कलाकारहरुलाई खारिन, माझिन अगाडि बढ्न अवसर प्रदान गर्ने उहाँले बताउनुभयो  ‘बर्षमा एक पटक हुने अन्तरदोहोरी साँझ स्तरीय राष्ट्रिय दोहोरी गीत प्रतियोगिताबाट नयाँ प्रतिभाको पहिचान गर्न सजिलो हुन्छ सबै भन्दा सम्बन्धित कलाकारका लागि पनि प्रतिभा प्रस्फुटन गर्ने ठूलो अवसर हो भन्ने लाग्छ उहाँले भन्नुभयो प्रतियोगिता यही २८ गतेसम्म चल्नेछ  

,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस