के कुनै कागले रेललाई रोक्न सक्ला ?

 झ्वाट्ट सुन्दा कुनै बकम्फुसे प्रश्न जस्तो लाग्नसक्छ किनकी जाबो कुनै कौवाले रेल रोक्नसक्ने भन्ने कुरा नै आउँदैन तर भारतको मुम्बइमा भने हालै एउटा मामुली कागले रेल रोकिदिएको त्यो पनि थोरै समय कहाँ हो ? पूरै घण्टा

Crow-Stopped-the-Trainभारतको आर्थिक राजधानी मुम्बइको लाइफ लाइन भनिने लोकल ट्रेनको हार्बर रुटमा सोमबार बिहान बासीबाट ठाणे आउने स्थानीय रेल एउटा कागका कारण तीन घण्टासम्म रोकिनु परेको
रेलवेको हाइटेन्सन लाइनमा पर्ने बिजुलीको तारमा काग बसेपछि त्यहाँ करेन्ट शर्ट भई झिल्का निस्कियो रेलवेको तार बिग्रिएपछि रेल रोकिन पुगेको हो रेल उक्त समय गनसोली तथा राबाले स्टेशनको बीचमा पुगेको थियो

घटनापछि सबै रेलसेवा ठप्प हुन पुगेका थिए लगत्तै रेलवे सेवाका प्राविधिकहरु त्यहाँ पुगेर टुटेको तार मर्मत गरी घण्टापछि रेलसेवा सुचारु भएको थियो

,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस