अर्घाखाँची, जेठ ६ गते
चिरपरिचित कलाकार लेखनाथ आचार्यको माया मिठो अर्घाखाँचीको बोलको गित सार्वजनिक भएको छ । गितले कला, संस्कृति र संगीतको गतिशील यात्रामा अर्घाखाँची जिल्लाले पछिल्लो समय उल्लेखनीय पहिचान बनाउँदै आएको छ । अर्घाखाँची जिल्लाका पाखा पखेरा कुलो पहाड ताल लगातयको समग्र प्रकृतिलाई समेटेर आएको गितले यतिवेला बजारमा नयाँ तरगं छाएको छ । सांगितिक यात्रामा थपिएको ‘माया मिठो अर्घाखाँचीको’, जसले अर्घाखाँची जिल्लाको प्राकृतिक सुन्दरता, सांस्कृतिक मौलिकता र आत्मीय भावनालाई संगीतमा पिरोने प्रयत्न गरेको छ ।
गीतको लय, शब्द र स्वर अर्घाखाँचीकै प्रतिभाशाली गायक–सर्जक लेखनाथ आचार्य को रहेको छ । अर्घाखाँची जिल्लाको सुपा देउराली, ठाडाताल, रक गार्डेन लगायतका मनमोहक पर्यटकीय स्थलहरूमा छायांकन गरिएको यस गीतमा स्थानीय सौन्दर्य मात्र होइन, त्यहाँको जीवनशैली, प्रेम र सामाजिक आत्मीयतालाई समेत समेटिएको छ ।
गीतको निर्देशन पनि जिल्लाकै कुशल निर्देशक लोकेन्द्र शाह ले गरेका छन् । छायांकन र सम्पादनको जिम्मेवारी मनिष पन्थले सम्हालेका छन् । भिडिओको सम्पूर्ण निर्माण श्रीनगर फिल्म्स प्रोडक्सन प्रा. लि. को ब्यानरमा गरिएको हो ।
गीतकार तथा गायक लेखनाथ आचार्यका अनुसार यो गीत केवल मनोरञ्जनको माध्यम मात्र होइन, आफ्नो जन्मथलोप्रतिको श्रद्धा र माया पनि हो उनी भन्छन्,
“माया मिठो अर्घाखाँचीको मेरो जीवनकै भावना समेटिएको प्रस्तुति हो । म अर्घाखाँचीको माटोबाट जन्मिएको सन्तान हुँ । यही माटोले मलाई हुर्कायो, यही माटोले मलाई स्वर दियो। त्यसैले यो गीत अर्घाखाँचीकै माटोलाई समर्पण हो ।” गीतको भिडियोमा देखिने पहिरन, श्रृङ्गार र दृश्यहरू अर्घाखाँचीको मौलिक संस्कृतिलाई झल्काउने खालका छन् । यसले विशेषगरी अर्घाखाँचीबासीहरूमा गर्वको भावना पैदा गर्नेछ भन्ने विश्वास लिइएको छ ।
दृश्य–विधान र स्थानहरूको महत्व
सुपा देउराली, अर्घाखाँचीको धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको स्थल हो । उता ठाडाताल र रक गार्डेन प्राकृतिक सौन्दर्यले भरिपूर्ण क्षेत्रहरू हुन्, जहाँ छायांकन गर्दा दृश्यले गीतलाई अझ जिवन्त बनाएको छ । यी स्थलहरूका कारण गीतले पर्यटकीय प्रवद्र्धनमा पनि योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
अर्घाखाँचीको सांगीतिक पहिचानतर्फ
‘माया मिठो अर्घाखाँचीको’ गीत एक किसिमले अर्घाखाँची जिल्लाबाट उदाएका कलाकारहरूको पहिचानलाई राष्ट्रिय स्तरमा उजागर गर्ने अभियान पनि हो । विगत केही वर्षयता गाउँका आवाजहरू मिडियाको पहुँचबाट टाढा रहेका बेला, लेखनाथ आचार्य जस्ता कलाकारहरू भने स्थानीयता बोकेर राष्ट्रिय ढोका ढक्ढक्याउने प्रयासमा अग्रसर देखिएका छन् ।
🎶 गीतः माया मिठो अर्घाखाँचीको
🎤 लय, शब्द, स्वरः लेखनाथ आचार्य
🎬 निर्देशनः लोकेन्द्र शाह
🎥 छायांकन÷सम्पादनः मनिष पन्थ
🏞 लोकेशनः सुपा देउराली, ठाडाताल, रक गार्डेन
📺 प्रस्तुतिः श्रीनगर फिल्म्स प्रोडक्सन प्रा.लि.
निष्कर्षमा, ‘माया मिठो अर्घाखाँचीको’ केवल एउटा गीत नभई, यो अर्घाखाँचीको आवाज हो, अर्घाखाँचीको आत्मा हो । यस्ता सिर्जनाहरूले नेपालको स्थानीय संगीत, संस्कृति र पहिचानलाई संरक्षण र प्रवद्र्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछन् ।
0 comments
तपाइको प्रतिक्रिया दिनुहोस