बुलन्द न्युज
२२, भाद्र २०८०, दुर्गाफाट, अर्घाखाँची
निजामति सेवा दिवश पाणिनि गाउँपालिका दुर्गाफाट अर्घाखाँचीमा बिभिन्न कार्यक्रम गरी मनाइएको छ । व्यवसायीक र सिर्जनशील प्रशासनः विकास सम्बृद्धि र सुशासन भन्ने मुल नाराका साथ गाउँपालिकामा कार्यरत कर्मचारी, जनप्रतिनिधीले दुर्वासेश्वर गुफा परिषरमा सरसफाई गरी मनाइएको हो ।
सरसफाई कार्यक्रम पश्चात भएको कोणसभामा गाउँपालिकामा कार्यरत कर्मचारीहरुले स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई राज्यले निजामति सेवा अन्र्तगत नराखेर बिभेद गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत मार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाइएको छ । ध्यानकर्षण पत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले कर्मचारीका जायज मागहरु प्रति आफु सकारात्मक रहेको भन्दै मन्त्रालय लगायतका निकायहरुमा सकारात्मक भुमिका खेल्ने बताउनुभयो । नवआगन्तुक समेत रहनुभएका न्यौपानले सरकारल ल्याएको संघीय निजामती सेवा ऐनमा स्थनीय तहका कर्मचारीलाई निजामति सेवा अन्र्तगत नराख्दा मनोवल कमजोर बन्ने स्थिती रहेको भन्दै त्यसमा सबैले आफ्नो ठाउबाट दवाफमुलक कार्यहरुमा साथ रहेको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष नर्मदा पौडेल गौतमले दिवशको अवशरमा आयोजित सरसफाइ कार्यक्रममा कार्यालयका कर्मचारीको मनोवल उच्च राखेर सेवा दिदा मात्रै सेवाग्राहीलाई सरल, सहज र मुस्कान सहितको हुने भन्दै संघीय सरकारले समयमै सचेतता अपनाउनु पर्ने बताउनुभयो । उपाध्यक्ष पौडेलले कर्मचारी राज्यको स्थायी सरकार रहेको भन्दै पालिकाले सदैब उच्च मनोवल सहित काममा लगाउने बताउन्ुभयो ।
गाउँपालिका अध्यक्ष टेकराज न्यौपानले निजामी सेवा दिवश नमनाउने केन्द्रीय सर्कुलर हुदा हुदैपनि पाणिनि गाउपालिकामा कार्यरत कर्मचारीहरु सरसफाई लगायतका कार्यक्रममा सरीक भएको भन्दै गाउँपालिकाले अबदेखि हरेक उत्कृष्ट कर्मचारी छनोट गरी सम्मान गर्ने परिपाटीको विकास गरिने बताउनुभयो । अध्यक्ष न्यौपानेले कर्मचारीहरुलाई सदैब उच्च मनोवल गराउनका लागि गाउँपालिकाबाट हुने प्रोत्साहनका कार्यक्रममा कुनै कसुर बाकी नराख्ने बताउनुभयो ।
कार्यक्रम गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्योपानेको अध्यक्षता, शिक्षा अधिकृत तेजबहादु्र खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।
0 comments
तपाइको प्रतिक्रिया दिनुहोस