छत्रदेब गाउँपालिका ३ बलकोट
छत्रदेब गाउपालिका वडा नं ३ बलकोटका दलित समुदायका किशोरी महिलाहरू उनीको धागोबाट गलबन्दी, नागशल, शल सक्षम भएसँगै आत्मनिर्भर बन्ने गति लिएका छन । घरेलु तथा साना उद्योग विकास समिति अर्घाखाँची र छत्रदेब गाउँपालिकाको दलित लक्षित कार्यक्रमबाट गलबन्धी, शल बुन्ने तालिम लिएपछि आत्मनिर्भर बन्न थालेका छन ।
घरेलु तथा साना उद्योग अर्घाखाँची र छत्रदेब गाउपालिकाको सहयोगमा २ महिना सम्म सञ्चालन भएको तालिमबाट सिप सिकेपछि आत्मनर्भर बन्ने गतिमा अगाडि बढेको प्रशिक्षार्थी सुस्मिता नेपालीको भनाई छ । तालिममा शल, झोला, नागशल लगायतका सामग्री बुन्न सक्षम भएपछि गाउँमै घरेलु तथा साना उद्योग खोल्ने लक्ष्य रहेको तालिममा सहभागी अमृता ताम्राकारले बताउनुभयो । वडार्यालयले तालिमको लागि पहल गरेपछि आफुहरुले सिम सिकेको उहाँको भनाई छ । घरमै खाली समयमा आर्कषक सामग्री तयार गर्न सकिनेभएपछि तालिममा सिकेको सीपलाई प्रयोग गर्ने लक्ष्य रहेको अर्की सहभागी पवित्रा सुनारको भनाई छ । तालिमबाट जीवनोपयोगी सिप सिकेको भन्दै उत्पादिन सामग्रीलाई बजारीकरणको सहज व्यवस्था मिलाइए घरमै व्यवसायिक उत्पादन गर्ने सुनारले दोहो¥याउनुभयो ।
गाउँपालिकाले बिदेशबाट आयात गरिएको खादालाई निरुत्साहित गरिएको भन्दै छत्रदेब गाउँपालिका वडा नं ३ का वडाध्यक्ष तेजप्रसाद खनालले अबदेखि गाउँपालिकाले स्थानीय तहभित्रै उत्पादित खादा तथा शलको प्रयोगमा प्रोत्साहन गर्ने बताउनुभयो । वडाध्यक्ष खनालले घरेलुले सुरु गरेको तालिमलाई दलित लक्षित कार्याक्रम अन्र्तगत गाउँपालिकाबाट समेत रकम बिनियोजन गरी प्रशिरक्षर्थीलाई पूर्ण सीप प्रदान गरिएको बताउनुभयो । उहाँले महिला, दलित तथा जनजाति समुदायलाई बिभिन्न सेवा तथा अवशरहरु आगामी दिन समेत प्रदान गर्दै लगिने बताउनुभयो ।
0 comments
तपाइको प्रतिक्रिया दिनुहोस